बेलायतमा व्यवसायी र समाजसेवीको रुपमा परिचित हुनुहुन्छ, सुमन राई । चलचित्र निर्माता, आरोहीका रुपमासमेत चिनारी थपिरहेका राईले सन् २०१३ मा अल्डरसट भिक्टोरिया रोडस्थित अनुग्रह ज्वेलर्स यूके सञ्चालनमा ल्याउनुभएको हो । गुणस्तर सेवा प्रवाहका कारण अनुग्रह समूहअन्तर्गत अहिले ज्वेलर्स, बुलियन, ट्राभल, हाउस तथा वाच कम्पनीहरू सञ्चालनमा छन् । ती व्यवसायहरुबाट आर्जित नाफाको १० प्रतिशत भने उहाँले समाजसेवामा लगाइरहनुभएको छ । मुख्यगरी नेपालमा सहयोग पठाउँदै आउनुभएका राईले सामाजिक सेवाको माध्यम अनुग्रह फाउन्डेसनलाई बनाउनु भएको छ । फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य, खानेपानी, वृद्ध र बालबालिकासम्बन्धी सामाजिक काममा सहयोग दिँदै आएको उहाँले बताउनुभयो ।
व्यवसाय र सामाजिक सेवालाई सँगसँगै अगाडि बढाइरहेका अनुग्रह गोल्ड हाउसका म्यानेजिङ डाइरेक्टर तथा अनुग्रह फाउन्डेसनका निर्देशक सुमन राईसँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानीको सम्पादित अंश :
अनुग्रह ज्वेलर्स सञ्चालनमा ल्याउनुभएको कति वर्ष भयो ?
सन् २०१३ मा सुरु भएको अनुग्रह ज्वेलर्स अहिलेसम्म निरन्तर छ ।
अनुग्रह ज्वेलर्सबाहेक अरु कुन-कुन व्यवसाय सञ्चालन गर्नुभएको छ ?
हाम्रो अनुग्रह बुलियन, अनुग्रह वाच, ट्राभल पनि छन् । अल्डरसटबाहेक लन्डनमा पनि शाखा छ ।
अहिले विवाहको सिजन सुरु हुँदैछ । अनुग्रह गोल्ड हाउसमा के-कस्ता गरगहना पाइन्छ, बताइदिनुहोस् न ?
अनुग्रह मौलिक ज्वेलर्स पसल हो । नेपाली समुदायमा विवाह, व्रतबन्धका लागि जति पनि गरगहना चाहिन्छ, ती सामान हामी सुपथ मूल्यमा शुद्ध सुनको ग्यारेन्टीका साथ उपलब्ध गराउँछौं । हाम्रा ग्राहक र शुभचिन्तकहरुलाई १२/१४ वर्षदेखि निर्धक्क रुपमा सेवा दिँदै आएका छौं । हामी अझै निरन्तर सेवा गर्न सकम्, तपाईंहरुलाई स्वागत छ ।
तपाईंहरुको दोकानमा देखिएका हमेला माला, औंठी, हारलगायत गरगहना आफैं बनाइ बेच्नुहुन्छ कि रेडिमेट ?
हाम्रो आफैले बनाउने हो । इन हाउस बनेको गहना ग्राहकलाई बेच्छौं । डिलरबाट काँचो सुन आउँछ, यहाँ बनाएर बेच्दै आएका छौं ।
गहना किनबेचमा छुटको सुविधा कस्तो छ ?
हामी सबै गहनामा यत्ति-उत्ति छुट छ भनेर लोभ देखाउन चाहँदैनौं । ग्राहकहरुसँग १२/१५ वर्षदेखिको सम्बन्ध छ । अनुग्रह के हो, कस्तो छ भन्ने सबैले चिन्नु भएको छ । बेस्ट एन्ड बेस्ट प्राइस गर्छौं ।
ग्राहकवर्गलाई यहाँको सन्देश के छ ?
सबैलाई धेरै-धेरै स्वागत छ । अनुग्रह ज्वेलर्सबाट शुद्ध सुनको ग्यारेन्टीसहित सेवा दिन सकौं ।
कतिपय व्यवसायीले अडर दिएका गरगहना समयमै दिन सक्दैनन्/दिँदैनन् भन्ने गुनासो सुनिन्छ नि ?
हामी आफ्नो स्ट्यान्डर्डमा त रहनै पर्यो । अनुग्रह ज्वेलर्सले दिएको डेटभित्रै उपलब्ध गराउँछौं । कथंकदाचित भएन भने उहाँहरु (ग्राहक) लाई आग्रह गरेर पोस्टपोन्ड गरी सर्भिस दिँदै आएका छौं ।
सुनको ग्यारेन्टीचाहिँ ?
सुनको ग्यारेन्टी हुन्छ । बिल पनि हुने भइहाल्यो ।
सुनको भाउ कस्तो छ ?
अलिकति डाउन छ । केही दिनअघि पिकमा पुगेको थियो । तर फेरि माथि जान्छ ।
अनुग्रह ज्वलर्सबाहेक के-के सेवा छन् ?
हामी अनुग्रह ट्राभल एजेन्सी पनि चलाउँछौं । हामी रिया मनी ट्रान्सफरको एजेन्ट पनि हो । पैसा नेपाललगायत देशमा पठाउन पाइयो । एयर टिकेट, होलिटे टिकेट पनि पाइन्छ । उक्त सुविधा हामीले चाँदी बेच्दै आएको पसलबाट दिँदै आएका छौं ।
थप अरु ?
हामी व्यापार, व्यवसायमात्रै गर्दैनौं । विजनेसबाट आएको १० प्रतिशत जति नाफा जम्मा गरेर अनुग्रह फाउन्डेसनमा लगाउँछौं । त्यसबाट नेपालको पूर्वदेखि पश्चिमसम्म जहाँ आवश्यक पर्छ, त्यहाँ सहयोग गर्छौं । नेपालमा खानेपानी योजनाका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई बेलायत आउनुहुँदा अनुग्रह फाउन्डेसनमा झन्डै २२ हजार पाउन्ड जम्मा भएको थियो । फाउन्डेसनबाट सहयोग गर्नेमा प्राथमिकता नेपाललाई नै दिएका छौं । यो ठूलो संस्था होइन, हाम्रो गच्छेअनुसार सहयोग पुर्याउँदै आएका छौं ।
फाउन्डेसन स्थापनाको उद्देश्य पनि प्रस्ट पारिदिनुहोस् न ?
हामीले पैसा कमाएर मर्दाखेरी कसैले लगेर गइँदैन । हामीलाई बिजनेस गरेर यहाँ खाना, लाउन पुगेको छ । उब्रेकोलाई मुठी खोल्न सकियौं भने, जहाँ आवश्यकता छ, त्यहाँ सहयोग गरौं भन्ने उद्देश्यले अनुग्रह फाउन्डेसन स्थापना गरेका हौं । यो फाउन्डेसन च्यारिटी संस्थाको रुपमा दर्ता गरेपछि काम सुरु गरेका हौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
मलाई अवसर दिनुभएकोमा हिँड्दा हिँड्दै शृंखलाका सञ्चालक मिलन तमु र गोर्खा मिडियालाई धन्यवाद । अनुग्रहलाई माया, सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछु । सुन, गरगहनाका लागि अनुग्रह गोल्ड हाउसलाई सम्झनुहोस् ।