भीम राई
अक्सफोर्ड – बेलायत । मैले यस धर्तीमा पाइला टेक्नुअगावै मेरो बाबुको अघिल्लो घरबारबाट पाँच भाइ छोरा र पाँच बहिनी छोरीहरू जन्मिसकेका थिए। तीमध्ये माइला दाजुको अल्पायुमै देहावसान भएकाले मैले उहाँको मुहार देख्न पाइनँ। बाँकी सबै दाजुदिदीहरू जीवितै हुनुहुन्थ्यो, त्यसैले उहाँहरूसँग मेरो आत्मीय भेटघाट भयो।
दाजुहरूमध्ये कान्छा दाजु अविवाहित भएकाले हामी एउटै छानोमुनि सगोलमा बस्थ्यौँ। बिहेबारी भइसकेका अरू दाजुहरू आ(आफ्नै घरजम गरेर छुट्टिइसक्नुभएको थियो। दिदीहरू पनि आ(आफ्नो कर्मघर सम्हाल्न गइसक्नुभएको थियो।
बाबुको उमेर करिब ५७ वर्ष पुग्न लागेको थियो। हाँसीखुशी चलिरहेको त्यो रमाइलो परिवारमा एक दिन अचानक बज्रपात पर्यो। दैवको लीला पनि कति निष्ठुरी हुँदो रहेछ१ मेरी ठूली आमाको अकस्मात् निधन भयो।
सायद मृत्यु नै यस संसारको एउटा यस्तो अटल सत्य हो, जुन मानिसको वशभन्दा निकै पर हुन्छ।
ठूली आमाको वियोगले बाबुलाई भित्रैदेखि विक्षिप्त बनायो। सांसारिक मायामोहबाट विरक्तिएर उहाँ एक दिन गाउँ नै त्यागेर मुग्लान भासिनुभयो। दार्जिलिङ, सिक्किम र भोटाङका डाँडाकाँडामा करिब दुई वर्षसम्म आरा काट्दै र सुन्तलाको भारी बोक्दै भौँतारिएपछि बल्ल उहाँ जन्मथलो फर्किनुभयो।
बाबु गाउँ फर्किनुभएपछि जेठा दाजुले सम्झाउँदै भन्नुभयो, ( “अब यसरी एक्लै विरक्तिएर कहाँ हुन्छ र बाबुरु बरु अर्को बिहे गर्नुपर्छ। म हजुरका लागि सानीआमा खोजिदिन्छु।”
दाजुको यही आग्रह स्वीकार्दै बाबुले करिब ५९ वर्षको पाको उमेरमा मेरी आमाको सिउँदो भर्नुभयो। त्यही मिलनबाट मेरी एउटी बहिनी र मेरो जन्म भएको थियो।
बाबुसँग झन्डै ६० वर्षको उमेर अन्तरालमा जन्मिएपछि मेरो जीवनको वास्तविक संघर्ष सुरु भयो। त्यतिबेला बाबुसँग ६० वर्षे जीर्ण शरीरबाहेक अरू कुनै सम्पत्ति बाँकी थिएन। आफूसँग भएको सारा जायजेथा उहाँले पहिल्यै दाजुहरूलाई अंशबन्डा गरिसक्नुभएको थियो।
“अब मलाई केही चाहिँदैन। एकदमै सरल जीवन बिताउँछु। केवल अलिकति जिउनी खेत राख्छु,” भन्दै बाबुले अरू कुनै मोह राख्नुभएन।
म त्यतिबेला निकै सानो थिएँ। संसारका जटिल हिसाबकिताब बुझ्ने भइसकेको थिइनँ। तर पेट भर्न अन्न चाहिन्छ र अन्न फलाउन माटो चाहिन्छ भन्ने यथार्थ भने मैले बुझ्न थालिसकेको थिएँ। जब अलिअलि चेत खुल्न थाल्यो, बाबुको त्याग र सादगीपूर्ण निर्णयले मेरो कलिलो मस्तिष्कमा गहिरो चोट पुर्याउन थाल्यो। किनभने, मेरो नाममा एक चपरी माटो पनि थिएन। हामीले रगत(पसिना बगाएर जे जति कमाउँथ्यौँ, त्यो सबै कान्छा दाजुको भागमा पर्थ्यो।
दिनपछि रात र रातपछि दिनको चक्रसँगै गाउँका मेरा पाँच–छ हिउँदहरू आमाको पछि लागेर बाख्रा गोठालो जाँदै बिते। वास्तवमा ती बाख्राहरू पनि आमाले आफ्नै माइतीघरबाट दाइजोस्वरूप ल्याउनुभएको थियो। आमाको माइतीघर हाम्रो गाउँ बुईपा छिप्तीबाट निकै टाढा, हलेसीको रातमाटेमा पर्थ्यो।

मलाई सम्झना भएसम्म हरेक दसैँमा आमा, बहिनी र म मावलीघर जान्थ्यौँ। बहिनी र म सानै थियौँ, त्यसैले मावली जाने कुरा सुन्नासाथ हाम्रो खुसीको सीमा नै रहँदैनथ्यो। तर त्यहाँ पुग्ने बाटो भने पटक्कै सहज थिएन।
बिहानको मिर्मिरे उज्यालोमै घरबाट हिँड्दा झमक्क साँझ परेपछि मात्र बास बस्ने बेला मावलीको आँगनमा पुगिन्थ्यो।
मावलीघरमा आमालाई प्राणभन्दा प्यारो मान्ने उहाँका एकजना दाजु हुनुहुन्थ्यो। मामाघर पुग्नेबित्तिकै ती ठूलो मामाले मेरी आमाकी खुट्टामा ढोगेर मायाले ‘पके’ भन्दै बोलाएको दृश्य मेरो मानसपटलमा आज पनि ताजै छ। तर, दुर्भाग्य नै भन्नुपर्छ, आज उहाँहरू दुवैजना यस संसारमा हुनुहुन्न। समयले उहाँहरूलाई हामीबाट धेरै टाढा लगे पनि मेरो स्मृतिमा उहाँहरूको छवि अझै उत्तिकै जीवन्त छ। ९चाम्लिङ भाषामा ‘पके’ भन्नाले माइली बहिनीलाई बुझिन्छ०
आमाका दाजुलाई हामीले “दिकु” भनेर सम्बोधन गर्थ्यौँ। मेरो दिकुको वास्तविक नाम चन्द्रबहादुर राई थियो। तर, रातमाटेका गाउँलेहरूमाझ उहाँ उनन्चास ९४९० का नामले परिचित हुनुहुन्थ्यो। तत्कालीन इस्ट इन्डिया कम्पनीमा कार्यरत रहँदा उहाँले पाउनुभएको सैनिक रेजिमेन्टल नम्बरको अन्तिम दुई अङ्क ‘४९’ भएकाले उहाँलाई त्यसै नामले चिनिन्थ्यो। हरेक बेलायती गोर्खा सिपाहीलाई दिइने आठ अङ्कको सैनिक परिचय नम्बरमध्ये अन्तिम दुई अङ्कले नै प्रायः उनीहरूको परिचय बनाउने चलन थियो।
तर, दोस्रो विश्वयुद्ध समाप्त भएपछि “अब हामीलाई तिम्रो आवश्यकता छैन, घर फर्केर जाऊ” भन्दै उहाँलाई रित्तो हात घर फर्काइएको थियो। सेनाबाट त्यसरी ‘रिडन्डेन्सी’ मा परेर फर्किएपछि उहाँ आफ्नै गाउँ हलेसीमा खेतीपाती गर्दै बस्नुभयो।
कुरो वि।सं। २०२७ सालको हो। बडादसैँको रौनक सेलाएसँगै खोटाङको बुईपामा फेरि चिसो सिरेटो चल्न थाल्यो। तर, हिउँदले आफ्नो पूर्ण रूप देखाउन नपाउँदै कान्छा दाजुले गाउँकै एकजना युवतीलाई दुलहीका रूपमा घर भित्र्याउनुभयो।
भाउजू घरमा आएको एक(दुई महिनासम्म सबै कुरा ठीकठाक चल्यो। तर बिस्तारै परिवारभित्र सानातिना खटपट सुरु हुन थाले। कतिपय रातहरूमा उहाँहरूबीचको गल्याङमल्याङ र चर्काचर्कीका आवाजहरू आज पनि मेरो कानमा गुन्जिरहन्छन्।
अरू दाजुहरूसँगको अंशबण्डा नमिलेको विषयलाई लिएर बाबु र कान्छा दाजुबीचको झगडा दिनप्रतिदिन बढ्दै गयो। घरभित्रको कलह “दिन दुई गुना, रात चौगुना” का दरले फैलिँदै गाउँभरि चर्चाको विषय बन्न पुग्यो।
अन्ततः बाबुछोराको मन नमिलेपछि हामी मूलघर छाडेर नजिकैको मतान ९टहरो० मा सर्न बाध्य भयौँ।
त्यो मतान मूलघरदेखि धेरै टाढा थिएन। भनौँ, घर र मतानको आँगन एउटै थियो। हामी छुट्टिएर बस्न थाले पनि दाजुभाउज्यूसँगको सामाजिक दूरी भने खासै बढेको थिएन। केवल चुलोचौको र ओछ्यानमात्र अलग भएको जस्तो लाग्थ्यो।

ढुङ्गा र माटोको गारो तथा खरको छानोले बनेको त्यो मतान निकै सानो र एकतले थियो। माथिल्लो भागमा हामी बस्थ्यौँ भने तल बाख्राको खोर थियो। तर, हामी त्यहाँ बसेको पनि दाजु र भाउजूलाई सह्य भएन जस्तो लाग्थ्यो। त्यसैले घरभित्रको झगडा पूर्ण रूपमा साम्य हुन सकेन।
यथार्थमा, हामी त्यहाँ बस्नु उचित पनि रहेनछ। किनभने त्यो घरबारी त कान्छा दाजुकै अंशमा परिसकेको रहेछ भन्ने कुरा मैले पछि मात्र थाहा पाएँ।
गाउँमा पुस महिना सकिन लागिरहेको थियो। माघ लाग्नुअघि नै जाडोले आफ्नो रौद्र रूप देखाउन थालेको थियो। पुसको अन्तिम सातातिर रातभरि परेको तुषारोले बारीमा काटिएका कोदोका नलका ठुटाहरू सिसाझैँ कडा र धारिला बनेका थिए।
त्यही तुषारो जमेको नलबारीमा नाङ्गा पैतालाले टेक्दा निस्किने “चुरुम(चुरुम” आवाजसँगै एक बिहान जुमेम्पा दाजु हाम्रो आँगनमा आइपुग्नुभयो। एकपटक ख्वाक्क खोक्दै घाँटी सफा गरेपछि उहाँ हामी बसिरहेको मतानको माथिल्लो तलामा उक्लिनुभयो।
म त्यतिबेला भर्खरै उठेको थिएँ। बिहानीपखको जाडो छल्न अगेनाको छेउमा बसेर आगो तापिरहेको थिएँ। आमाले कहिले खाजा दिनुहोला भनेर भुल्भुली उम्लिरहेको कोदोको खोले हेर्दै बसेको थिएँ। तर, जुमेम्पा दाजु अचानक आइपुग्नु भएपछि मेरो सारा ध्यान उहाँतिर मोडियो।
माथि उक्लिने बित्तिकै उहाँले भुइँमा पलेँटी मारेर बसिरहनु भएका बाबुलाई सम्बोधन गर्दै भन्नुभयो, (
“बाबै१ होइन, के गर्दैछौरु” भन्दै जुमेम्पा दाजुले एकपटक बाबुतिर हेर्नुभयो। ९चाम्लिङ भाषामा ‘बाबै’ भन्नाले काकालाई बुझाइन्छ।० त्यसपछि उहाँले नजिकैको काठे पिरा तानेर थपक्क बस्नुभयो।
“जेठा, केही छैन। जिन्दगीमा जे गर्नुपर्थ्यो, सबै गरियो। अब त काल पर्खेर बसेको छु। तर के गर्नु, भगवानले दिएको परीक्षा सहनै पर्यो। यी दुई साना छोराछोरी जन्मेका छन्। अब यिनीहरूले के खाएर जीवन चलाउँछन् होला भन्ने पिर मात्र लागेको छ,” फुलेर सेताम्मे भएका जुँगा हलाउँदै बाबुले त्यति भन्नुभयो।
जुमेम्पा दाजुले केहीबेर बाबुतिर हेर्नुभयो अनि भन्नुभयो, ( “तिमीहरू बाबुछोरा धेरै बाझ्यौ। म तिमीलाई मेरो पुर्खेम्पा बारीको एक गह्रा जग्गा दिन्छु। त्यसको छेउछाउका दुई(चार घना बाँस र पाँच–छ पाता भकारी पनि दिन्छु। एउटा सानो गोठ बनाएर बस। जम्माजम्मी छ सय रुपैयाँ पर्छ। जुन बेला सक्छौ, त्यही बेला तिरिदिए हुन्छ। आखिर तिमी मेरो बाबुको कान्छो भाइ हौ। के गर्नु, बाबै१ समयमै सोच्न सकेनौ, अहिले बुढेसकालमा दुःख पाइरहेका छौ।”
ऋणमै भए पनि बस्ने ठाउँ दिन्छु भन्ने कुरा सुन्दा उहाँका शब्द बाबुलाई अमृतसरह लाग्यो।
“हुन त हो। तर म तिम्रो ऋण के तिर्न सक्छु होला ररु तैपनि बुढेसकालमा यो एउटा छोरो जन्मेको छ। कतै भाग्यमानी पो हुन्छ कि१ पछि ठूलो भएर भर्ती गयो भने त तिम्रो छ सयको सट्टा बाह्र सय रुपैयाँ पनि तिर्ला,” बाबुले भन्नुभयो। यति भनिसक्दा उहाँको चाउरी परेको अनुहारमा हल्का मुस्कान झल्कियो।
आमाले भावुक हुँदै भन्नुभयो, ( “जुमेम्पा१ तिमीले कति ठूलो गुन गर्यौ। गोठमै भए पनि अब हामीले बस्ने ठाउँ त पायौँ। साइनोले भतिजो भए पनि हाम्रो लागि तिमी भगवान सरह भयौ। तिमीलाई धेरै–धेरै आशीर्वाद छ,” त्यति भन्दै आमाका आँखाबाट हर्षका आँसु झरे। तर मन सम्हाल्न उहाँ एकछिन मतानको भित्तातिर फर्केर बस्नुभयो।
आमा रोएको देखेर मलाई नरमाइलो लाग्यो।
“छ्या हौ आमा, नरुनु न१ किन रुनुभएकोरु”
बालमनका लागि आमाभन्दा ठूलो मानिस संसारमा कोही हुँदैन। म पनि आमालाई असाध्यै माया गर्थें। त्यही बेला मैले मनमनै प्रण गरेको थिएँ, “ठूलो भएपछि आमाको आँखाबाट एक थोपा आँसु पनि झर्न दिने छैन।”
आमाले खोले चलाउँदै भन्नुभयो, ( “छोरा, तिमी अहिले सानो छौ, धेरै कुरा बुझ्दैनौ। पछि ठूलो भएपछि सबै कुरा बुझ्नेछौ।”
जुमेम्पा दाजु बसिरहेको स्थानदेखि उठ्दै भन्नुभयो, ( “ल बाबै, भोलि–पर्सि पुर्खालाई एक दिन सघाउन खेताला माग्छु। ऊ फुर्सद भएन भने अर्को साथी ल्याउँछु। दुई–तीन दिनमै सानो गोठ बनिहाल्छ। गोठ बनेपछि अर्को हप्तातिर सर्नुपर्छ। अब म लागेँ है।”
“जुमेम्पा, तिमी जाँड खान्थ्यौ होला, तर हाम्रोमा जाँड पनि छैन। हामी गरिब छौँ भन्ने तिमीलाई थाहै छ। साँचो भन्नुपर्दा, अहिले घरमा मान्छेलाई खान दिनसम्म केही छैन। अलिकति कोदो थियो, त्यो पनि हिजो पल्लोघरको जाँतोमा पिसेर ल्याएको हुँ। त्यसैको खोले बनाएर नानीहरूलाई खुवाइरहेकी छु। जम्मा चार पाथी कोदो भागमा परेको थियो। तर चिन्ता छैन। पछि जुन बेला सक्छु, जाँड पकाएर खान बोलाउँला नि है,” उहाँ हिँड्न लाग्दा आमाले भन्नुभयो।
आमाको कुरा सुनेर जुमेम्पा दाजु मुस्कुराउनुभयो। “हुन्छ, हुन्छ। पछि खाउँला नि। अहिले मलाई अलि हतार पनि छ। गोठमा गाईवस्तुलाई घाँस हालेर सीधै यता आएको हुँ,” भन्दै उहाँ आफ्नो बाटो लाग्नुभयो।
“हुन्छ, हुन्छ, पछि खाउँला नि। अहिले मलाई अलि हतार पनि छ। गोठमा गाईवस्तुलाई घाँसपात हालेर सीधै यता आएको हुँ,” भन्दै जुम्मेम्पा दाजु बाबुसँगको कुराकानी टुङ्ग्याएर आफ्नो बाटो लाग्नुभयो।
दाजुको वास्तविक नाम लगनध्वज राई थियो। उहाँकी जेठी छोरीको नाम जम्मासरी भएकाले चाम्लिङ राईहरूको बोलिचालीमा उहाँलाई ‘जुम्मेम्पा’ भन्ने गर्थे। चाम्लिङ भाषामा ‘जुम्मा ं उम्पा’ को अर्थ ‘जुम्माको बाबु’ हो। नातामा उहाँ बाबुको जेठा दाजुका एक्ला छोरा हुनुहुन्थ्यो। एक्लो सन्तान भएकाले उहाँसँग प्रशस्त जग्गाजमिन थियो। अब उनै दाजुको सद्भावले ऋणमै भए पनि हामीले आफ्नै खुट्टामा उभिन मिल्ने अलिकति जमिन र ओत पाउने भएका थियौँ। उहाँको त्यो आश्वासनले उजाडिएको हाम्रो परिवारमा एकाएक खुसीको सञ्चार गरायो।
जुम्मेम्पा दाजु फर्किएपछि आमाले बटुकामा कोदोको खोले पस्किदिनुभयो। अगेनाको डिलमा बसेर तात्तातो खोले सुर्काउँदै गर्दा बहिनीले अचानक सोधी, ( “कोदोको भन्दा त चामलको खोले नै मीठो हुन्छ हगि, दाइरु”
बहिनीको त्यो बालसुलभ प्रश्नले आमाको मुटुमा सिधै चोट पुर्यायो जस्तो लाग्यो। थरथर काँपिरहेका ओठ सम्हाल्दै उहाँले भन्नुभयो, ( “छोरी१ भान्सामा जे पाक्छ, त्यही मीठो मानेर खानुपर्छ। घरमा चामल हुँदो हो त खोले होइन, सेतो भातै पकाइदिन्थेँ नि। छैन, त्यसैले पकाइनँ।
अनि एउटा कुरा सधैँ सम्झेर राख्नू। हरेक आमाको रहर आफ्ना सन्तानको खुसीमा अडिएको हुन्छ। भविष्यमा तिमी पनि एक दिन आमा बन्नेछौ। कुनै पनि आमाले आफ्ना छोराछोरीले नमीठो खाऊन् वा नराम्रो लाऊन् भनेर कहिल्यै सोच्दिनन्। तर, यो संसारका सबै आमाहरू भाग्यमानी कहाँ हुन्छन् ररु तिनै अभागी आमाहरूमध्येकी म पनि एक हुँ।”
आमाको अवरुद्ध गलाबाट निस्किएका ती शब्दहरूले त्यसबेला मेरो कलिलो हृदय भतभती पोलेको महसुस भयो।
त्यस दिन नाकेडाँडाको जङ्गलमा बाख्रा चराउन जाँदा आमासँग यस्तै दुःख–पीडाका कुरा साट्दै दिन बित्यो। साँझपख गोठालोबाट फर्कँदा दम्कु खोलाको किनारमा रहेको वाचिप्पा खेतछेउ वनमारा, तितेपाती र सिस्नुका झ्याङहरू हलक्क बढेका देखिए।

त्यो देख्नेबित्तिकै आमाले भन्नुभयो,
“तँ बाख्रा धपाउँदै गर है१”
यति भन्दै उहाँले एकैछिनमा बेलुकाको छाक टार्न आधा डोको सिस्नु र गाईबाख्राका लागि आधा डोको वनमाराको घाँस काटेर ल्याउनुभयो।
दम्कु खोलाको किनारमा सित्तैमा पाइने त्यो कलिलो सिस्नु मलाई पनि निकै मीठो लाग्थ्यो। किनभने, सिस्नुबाहेक अरू जे खाँदा पनि पैसा तिर्नुपर्थ्यो। पैसा नभएपछि ऋणको भारी झन् बढ्दै जान्थ्यो।
भोलिपल्टदेखि नै आमाले नयाँ ठाउँमा सर्न मतानका सरसामान कुम्लो–कुटुरो पार्न थाल्नुभयो। हुन त हामीसँग त्यति धेरै सामान थिएनन्। जे जति थिए, सबैलाई उहाँले पोको पार्न थाल्नुभयो। उमेरले सानै भए पनि म आमाका हरेक काममा सघाइरहेको थिएँ।
तर खै किन हो, मूलघरबाट मतान र मतानबाट गोठमा सर्न लाग्दा मेरो मन असाध्यै भारी भइरहेको थियो। भित्रभित्रै म धुरुधुरु रोइरहेको थिएँ।
एक दिन, दुई दिन, तीन दिन गर्दै गोठमा सर्ने दिन गन्दै जाँदा समय बितेको पत्तै भएन। एक साँझ खाना खाने बेलामा बाबुले गोठ लगभग तयार भइसकेको खुसीको खबर सुनाउनुभयो।
त्यसपछि हामी भान्सामा बस्यौँ। तर खाना खाँदाखाँदै मेरो शरीर असह्य गरी चिलाउन थाल्यो। चिलाइ थाम्न नसकेर मैले छेउमै रहेको आगो फुक्ने बाँसको ठेलुवा समाएँ र त्यसैले आफ्नै ढाड कन्याउन थालेँ।
मैले ढुङ्ग्रोले ढाड कन्याएको देख्नेबित्तिकै बाबुले चिन्तित हुँदै भन्नुभयो, ( “ए१ यसलाई त जुम्राले खाएर मार्ने बेला भयो कि क्या होरु खै, खै भोटो खोल त१”
बाबुको स्वर सुन्नेबित्तिकै मैले जीउमा उनिरहेको थोत्रो भोटो फुकालेर उहाँको हातमा थमाइदिएँ। बाबुले अगेनामा हुरहुर बलिरहेको आगोमाथि भोटो सेक्दै जुम्राहरू डढाएर आगोमै झारिदिनुभयो। त्यसपछि आगोको रापले तातेको भोटो मैले फेरि लगाएँ।
माघ महिनाको कठ्याङ्ग्रिँदो जाडो थियो। अगेनाको छेउमा सुत्दा अलि न्यानो हुन्छ भनेर आमाले भुइँमा एउटा जुटको बोरा ओछ्याइदिनुभयो। आखिर सानो बालक नै थिएँ, म त्यही बोरामाथि कुकुरको पुच्छरझैँ गुजुल्टिएर सुतेँ। तर निदाउन खोज्दाखोज्दै पनि भोलि सर्ने नयाँ गोठ कस्तो होला भन्ने खुलदुलीले मेरो बालमनमा उथलपुथल मच्चाइरह्यो।
भोलिपल्ट बिहान धर्तीमा मिर्मिरे उज्यालो खस्न नपाउँदै आमाले हल्लाखल्ला मच्चाउँदै भन्नुभयो,
“अब उठ है१”
आमाको आवाज सुनेर म झिसमिसेमै बिउँझिएँ। बेलुकी अगेनामा जोसिएको दाउराको मूढो रातभरिमा जलेर खरानी भइसकेको थियो। ओछ्यान छोड्नेबित्तिकै माघे सिरेटोले मेरो शरीर थरथर काँप्न थाल्यो। बहिनी सानी भएकाले उसले ओढ्नका लागि मावलीबाट ल्याएको एउटा न्यानो खास्टो पाएकी थिई। त्यसैले ऊ अगेनाको कुनामा न्यानो मानी अलि अबेलासम्म मस्त निदाइरही।
मझुवागढीको डाँडाबाट घाम झुल्किएर एक टाङ्गोमाथि आइपुगेपछि डोकोभरि सरसामान बोकेर आमा हाम्रो अघि–अघि हिँड्न थाल्नुभयो। आमाको ठीक पछाडि म थिएँ। मैले खाँडीको बर्कीमा पोको पारेर दुई थान सिलाबरे थाल, एउटा कराही, एउटा डाडु, एउटा काठको दाबिलो, एउटा काठे पिरा र एक–दुई माना चामल पकाउन पुग्ने दुईवटा माटाका भाँडा ९बुछालु० बोकेको थिएँ।
परिवारमा हामी जम्मा चार जना सदस्य थियौँ। तर विडम्बना, हामीसँग जम्मा दुईवटा मात्र सिलाबरे थाल थिए। हरेक साँझ खाना खाने बेलामा थरथर ओठ कमाउँदै बाबुले भन्नुहुन्थ्यो,
“छोरा१ तिमीले खाइसकेपछि म तिम्रै थालमा खान्छु, त्यसैले तिमी अलि चाँडै खाऊ है। बहिनी अलि सानी छे, उसले बिस्तारै खाँदै गर्छे। आमाले त कराहीमै खाँदा पनि भइहाल्छ।”
बाबुका ती विवश शब्दहरू सुन्दा मलाई लाग्थ्यो, सायद गरिबीभन्दा ठूलो पीडा संसारमा अरू केही हुँदैन होला।
त्यो पुरानो आँगन छोडेर केही बेर हिँडेपछि हामी ‘शिकारी थान’ आइपुग्यौँ र मनमनै त्यहाँबाट बिदा माग्यौँ।
हरेक उधौली र उभौलीमा बाबुले किराँती पुर्खाहरूको सम्मानमा यही थानमा शिकारी पूजा गर्नुहुन्थ्यो। पूजाका बेला गाउँभरिका भालेहरूको बलि चढाइन्थ्यो। त्यतिबेला ठूला दाजुहरूले पोलेका कुखुराका खुट्टा र पखेटा हामी केटाकेटीलाई बाँडिदिनु हुन्थ्यो। हामी शिकारी थाननजिकैको बकैनाको रुखमुनि टुक्रुक्क बसेर छिप्पिएका कुखुराका खुट्टा टोक्थ्यौँ र पखेटा लुछ्थ्यौँ।
गाउँमा माछामासु खान पाउनु दुर्लभजस्तै थियो। त्यसैले कहिलेकाहीँ मासुको स्वाद चाख्न पाउँदा हाम्रो खुसीको सीमा नै रहँदैनथ्यो।
शिकारी थानको ठीक अगाडि एउटा विशाल आँपको रुख थियो। सम्भवतः त्यो रुख मेरा हजुरबुबा निर्धक राईले रोप्नुभएको हुनुपर्छ। यद्यपि मैले हजुरबुबालाई यस जन्ममा देख्न पाइनँ, तर उहाँको चिनोका रूपमा उभिएको त्यो आँपको रुखलाई भने आजसम्म देखिरहेको छु।
आज पनि त्यो बूढो आँप हरेक हिउँद र बर्खामा मजस्तै घरिघरि मर्दै र बाँच्दै गरिरहेको छ। कहिले लटरम्म फल्छ, त कहिले फल्नै बिर्सन्छ। पुर्खाको नासो बनेको त्यसै दुःखी आँपको शीतल छहारीलाई भारी मनले बिदाइ गर्दै हामी क्रमशः उकालो–ओरालो नाप्दै अगाडि बढ्यौँ।
तर आँपको रुखमुनि खेलिरहेका तीन–चार जना केटाकेटीहरूमध्ये एउटी सानी नानीले हामीलाई देख्नेबित्तिकै सानो तर मुटुमै बिझ्ने स्वरमा भनिन्,
“बिचरा बजू१ यति बूढी हुनुहुन्छ, ‘माछाक्मा’ भइसक्नुभएको छ। अब कहाँ गएर बाँकी जिन्दगी बिताउनुहुन्छ होलारु”
नातिनीको मुखबाट अकस्मात् निस्किएको त्यो करुण प्रश्नले एकसुरमा अगाडि बढिरहेका आमाका पाइला गल्लीको दर्शनढुङ्गामा ठोक्किएझैँ एकाएक रोकिए। ती नानीको कुरा सुने पनि डोकोभरिको भारीले थिचिएर असिनपसिन हुनुभएकी आमाको मुखबाट केहीबेर बोली नै फुटेन।
हुन त त्यसबेला हामी न कुनै बिहेको जन्ती थियौँ, न कुनै शवको मलामी। केवल यस विशाल धर्तीमा ओत लाग्ने छानो नपाएपछि एउटी बेसहारा आमा, छोरा र छोरी पङ्क्तिबद्ध भएर एउटा अनिश्चित गन्तव्यतिर बसाइँ सरिरहेका थियौँ।
एकछिनपछि खरबारीको डिलमा डोको अड्याउँदै आमाले लामो सुस्केरा हाल्नुभयो।
“खुइय्य।।।”
कम्मरमा बाँधिएको पटुकाको फेरले अनुहारको पसिना पुछ्दै उहाँले गम्भीर स्वरमा भन्नुभयो, ( “खै नातिनी, यो भाग्यले जहाँसम्म डोर्याएर लान्छ, त्यहीँसम्म त जाने हो। आखिर हामीले आफ्नो रहरअनुसार जिन्दगी जिउन कहाँ पाएका छौँ ररु”
आमाले यति भनिसकेपछि हाम्रो अनिश्चित यात्रा फेरि सुरु भयो। साँच्चै भन्ने हो भने, हाम्रो यात्राको गन्तव्य मात्र होइन, भविष्य नै अनिश्चित थियो। जीवन र यात्रालाई गहिरिएर हेर्ने हो भने अनिश्चित यात्राले मानिसलाई कतै पुर्याउँदैन। तर के गर्नु र१ जिन्दगी सधैँ आफ्नै इच्छाअनुसार कहाँ चल्दोरहेछ ररु समयको चक्रले डोर्याएपछि मानिस कहिलेकाहीँ आफ्नै चाहनाविरुद्ध पनि हिँड्न बाध्य हुँदोरहेछ। मेरो कलिलो मनले त्यतिबेला यही यथार्थ महसुस गरिरहेको थियो।
उकालो–ओरालो नाप्दै केही बेर हिँडेपछि हामी थाकेर लखतरान भयौँ। तर मनमा एउटा झिनो आशा बोकेर अन्ततः नयाँ गोठमा आइपुग्यौँ।
त्यहाँ पुग्नेबित्तिकै झिसमिसे बिहानीदेखि एक्लै खटिएर हामीभन्दा कैयौँ गुणा बढी थकित देखिनुभएका बाबुलाई देख्दा मेरो कलिलो छातीभित्र आँधीबेहरी उठेजस्तो भयो। तर हामीलाई नयाँ आँगनमा देख्नेबित्तिकै उहाँको थकित मुहारमा सुस्तरी उज्यालो छायो।
आमातिर हेर्दै बाबुको मुखबाट मसिनो तर तिर्खाएको स्वर निस्कियो, ( “बिहानदेखि खटिएको हुनाले भोकले हुरुक्कै भएको छु। यसो केही खानेकुरा पो ल्यायौ कि, बुढियारु”
“हन, के भन्नुहुन्छ हजुर पनि१ घरमा के पो थियो र ल्याउनुरु हिजो बेलुकी जाँतोमा पिसेको अलिकति मकैको सातु छ, त्यही पोको पारेर ल्याएकी छु,” आमाले विवश हुँदै जवाफ दिनुभयो।
“त्यही भए पनि खाऊँ न त। तर सुक्खा सातु कतै घाँटीमा अड्किन्छ किरु अनि, पानी पनि ल्याएकी छौ निरु” यति भन्दै दुवै हातमा लागेको माटो र धुलो टक्टक्याउँदै बाबु थचक्क भुइँमा बस्नुभयो।
बाबुको कुरा सकिएपछि म सुस्तरी उहाँको नजिकै गएर बसेँ र टुलुटुलु उहाँको अनुहार नियाल्न थालेँ। त्यसबेला मलाई पसिनाले निथ्रुक्क भिजेको अनुहारभन्दा पनि आँसुले टिलपिलाएका ती राताम्मे आँखाहरूले बढी छोए। बेलाबेलामा झिम्किँदै र खुल्दै गरेका उहाँका थाकेका नयनहरूमा मेरो नजर गहिरिएर अडियो।
मैले मनमनै सोचेँ, ( “बाबु यति वृद्ध हुनुहुन्छ, म यति कलिलो छु। भोलि कतै मेरो भाग्य चम्किएर मैले सुख पाएँ भने पनि, मैले उहाँलाई कति नै समय सुख दिन सकूँला ररु”
अग्लो कदको जीर्ण शरीरमा आधा च्यातिएको खाँडीको दौरा, बाहिरबाट फाटेर भित्री अस्तर देखिन थालेको मैलो भोटो, दुवै घुँडामा आमाले बारम्बार टालो हालिदिनुभएको सुरुवाल र घेरो नै च्यातिएर स्वरूप बदलिएको सेतो कटनको टोपी। बाबुको आङमा यिनै वस्त्र थिए।
टोपीमा जमेको मैलोको कालो तह मात्र होइन, झन्डै सात दशकसम्म जुत्ता–चप्पलको स्पर्श नपाएर चिराचिरा परेका उहाँका पैताला देख्दा जोकोही संवेदनशील मानिसको मन पग्लिन्थ्यो। म त झन् उहाँकै रगत, उहाँकै छोरा। त्यसबेला मेरो बालमन कति पोलेको थियो होला, आज पनि शब्दमा बयान गर्न सक्दिनँ।
मेरो मनमा एउटै विचार बारम्बार खेलिरह्यो। “बाबुको शरीर ढाकिरहेका यी झुत्रा कपडा नै गरिबीका जिउँदा प्रमाण हुन्। यसभन्दा ठूलो दुःख मानिसले अझै के भोग्न बाँकी छ ररु”
यिनै अनुभूतिहरू मेरो स्मृतिमा अमिट अक्षरझैँ कोरिँदै गए। तर बाबुको त्यो दयनीय अवस्थाको साक्षी बन्नुसिवाय म गर्न नै के सक्थेँ ररु म त एउटा अबोध बालक थिएँ। केवल टुलुटुलु आफ्नो विवश बाबुको पीडा हेरिरहेँ।
एकछिनपछि बाबुले सातुको खाजा सिध्याउनुभयो। त्यसपछि गोठबाहिर गएर डोकोले छोपेर राखिएको एउटा सानो कुखुराको चल्ला ल्याउनुभयो। उता आमाले बुकीफूलबाट बनाइएको झुलो र दल्छिन ढुङ्गामा चकमक ठोकेर चुल्हामा आगो सल्काउनुभयो।
म भने चुल्हाको डिलमा बसेर ती सबै गतिविधि एकटकले हेरिरहेँ।
दाह्री–जुँगा मात्र होइन, आँखीभौँसम्म फुलेर पूरै हिउँझैँ सेताम्मे भइसक्नुभएका बाबुले नयाँ गोठको चुल्हा पूजा सुरु गर्नुभयो। उहाँको त्यो गम्भीर र पवित्र अनुष्ठान म निशब्द भएर नियालिरहेँ।
प्रकृतिपूजक किराँतीहरूमा एउटा गहिरो विश्वास छ। मानिस मरेपछि पनि उसको आत्मा आफ्नै चुल्हामा आएर बास बस्छ भन्ने मान्यता रहिआएको छ। त्यसैले वर्षमा दुई पटक यही चुल्हाअगाडि बसेर पितृहरूको नाम पुकार्दै सम्मान अर्पण गरिन्छ।
बाबुले कुखुराको चल्लाको बलि चढाएर सर्वप्रथम ‘पापालुङ’ ९आपा०, ‘मामालुङ’ ९आमा० र ‘रामीलुङ’ ९समाज० गरी तीन चुल्हालाई भोग दिनुभयो। आमाले भने डोकोबाट एउटा सानो माटोको गाग्रो निकाल्नुभयो र चुल्हाको कुनामा ‘बुढीबजू’ भन्दै ‘माछाक्मा’ को पूजा गर्नुभयो। अरूले छुन नमिल्ने त्यो माछाक्माको पवित्र गाग्रो ९लुम्बु० राखिएको स्थानलाई चाम्लिङ समुदायले अत्यन्त श्रद्धा र आस्थाका साथ पुज्ने गर्दछ।
नयाँ गोठको गृहप्रवेश र चुल्हा पूजा सकिएपछि दिन, हप्ता र महिनाहरू सुस्तरी बित्न थाले। गोठमा सरेको करिब दुई महिनापछि एक दिन अचानक लालेम्पा दाजु हाम्रो आँगनमा आइपुग्नुभयो। मतिर औँल्याउँदै उहाँले बाबुलाई गम्भीर स्वरमा भन्नुभयो,
“काइँला बाबै१ अब गाउँका सबै केटाकेटीलाई स्कुल पठाउनुपर्छ। यो केटोले पनि अब अक्षर चिन्न स्कुल जान सुरु गरोस् है१”
लालेम्पा दाजु नातामा बाबुको साइँला दाजुका दुई छोरामध्ये कान्छा हुनुहुन्थ्यो। उहाँ सानैदेखि समाजसेवा र राजनीतिमा रुचि राख्नुहुन्थ्यो। पछि पञ्चायतकालमा बुईपाको प्रधानपञ्चसमेत बन्नुभएको थियो।

दाजुको कुरा सुनेर बाबुले भारत गएर पण्डित बनेर फर्किएका ढकालगाउँका डिल्लीराम पण्डितको पुरानो भनाइ सम्झनुभयो।
“होइन, तैँले पण्डित डिल्लीराम ढकालले भनेको कुरा सुनेको छैनस् र, कान्छारु”
“पण्डित बाजेले के भन्नुहुन्थ्यो र, बाबैरु” दाजुले उत्सुकतापूर्वक सोध्नुभयो।
जिन्दगीभर निरक्षर रहनुभएका बाबुले पण्डितको उक्ति दोहोर्याउँदै भन्नुभयो,
“उहाँले त ‘अना काइँला१ पढी–गुनी के काम, हलो जोती माम’ पो भन्नुहुन्थ्यो त।”
हुन पनि, ठूली आमाबाट जन्मिएका बाबुका दसै जना सन्तानमध्ये कसैले पनि स्कुलको दैलो देख्न पाउनुभएको थिएन। ती सबै दाजुदिदीहरूको अवस्था सम्झेर लालेम्पा दाजु एकछिन फिस्स हाँस्नुभयो। त्यसपछि गम्भीर हुँदै भन्नुभयो, (
“बाबै१ पण्डित आफू चाहिँ पढेर पण्डित बन्ने, आफ्ना भाइभतिजालाई शास्त्री र गुरु बनाउने अनि हामीलाई चाहिँ ‘पढ्न हुँदैन’ भन्नेको कुरा पत्याएर हुन्छ ररु”
त्यसपछि आमाको मुख खुल्यो, ( “हो, हो१ कान्छाको कुरा एकदमै मनासिब छ। अलिअलि सावाँअक्षर मात्रै चिन्यो भने पनि छोरो कतै लाहुर पो गइहाल्थ्यो कि१ त्यसैले अब छोरो स्कुल जान थालोस्। बरु बहिनीले बाख्रा गोठालो गर्न सुरु गर्छे। यति ठूली भइसकेकी छे, गोठालो गर्न सक्छे के सक्दिन ररु”
लालेम्पा दाजु र बाबुका अगाडि आमाले गर्वका साथ आफ्नो प्रस्ताव राख्नुभयो।
दाजुको सल्लाह र आमाको यही आडभरोसामा म अर्को हप्तादेखि स्कुल जान थालेँ। तर हाम्रो स्कुल कुनै भव्य भवनमा थिएन। घरनजिकैको मूलबाटोमा रहेको विशाल पीपलको रुखमुनि नै हाम्रो कक्षा लाग्थ्यो। सयौँ वर्षको इतिहास बोकेर आजसम्म उभिएको त्यो पीपलको चौतारी दिखुवा खोलादेखि बुईपा बजारसम्म जाने बाटोको ठीक बीच भागमा अवस्थित थियो।
केहि महिनापछि भकारिले बारेर सानो स्कुल बन्यो । जसको नाम श्री सहयोगी प्राथमिक विधालय, बुईपा छिप्ती भनेर रहन गयो।
स्कुल समेम्पा काकाको घरनजिकै पर्थ्यो, र आजसम्म पनि त्यहीँ छ। समेम्पा काका गाउँकै सबैभन्दा ठूला बिजुवा धामी हुनुहुन्थ्यो। उहाँ धामी बस्न गाउँका विभिन्न ठाउँमा जाँदा एक्ले पीपलको फेदमा रन्काएर ढोल बजाइन्थ्यो। दुईजना ढोलेहरूले भाका फेर्दै ढोल बजाउँदा त्यसको गडगडाहट दिखुवा खोलापारिको रातोडाँडासम्म सुनिन्थ्यो। धामीका ती ढोल बजाउने सहयोगीहरूलाई चाम्लिङ भाषामा ‘कछारिपा’ भनिन्थ्यो।
रातभरि जाग्राम बसेर धामी बन्दा कछारिपाहरूले धामीसरह पारिश्रमिक नपाए पनि केही पैसा हात पार्थे। कसैको मृत्यु हुँदा गरिने ‘ठूलो चिन्ता’ को रात्रिकालीन अनुष्ठान सकिएपछि उनीहरू धामीको घरमा फर्किन्थे। त्यसपछि आफूसँगै ल्याएको जाँड–रक्सी पिउँथे। धामीको शिर उभ्याउनका लागि राखिएको सुँगुरको पाठोको टाउको ९शाहम० अगेनामा पर्रर भुटेर खान्थे। खानपिन सकिएपछि कोही थकाइ मारेर आराम गर्थे भने कोही तासको खाल जमाउँथे।
हामी स्कुले केटाकेटीहरू पनि बेलाबेलामा कक्षा छोडेर ढोल बजाएको रमिता हेर्न धामीको घर पुग्थ्यौँ। त्यहाँ पुगेर परेड खेल्न लहरै उभिएका सिपाहीहरूझैँ बारीको डिलमा पङ्क्तिबद्ध भएर बस्थ्यौँ र कछारिपाहरूले मासु खाएको हेरेर रमाउँथ्यौँ। उनीहरूले मासु खाएको देख्दा मेरो मुखमा पनि पानी रसाउँथ्यो र भित्रैदेखि मासु खाने तीव्र रहर जागेर आउँथ्यो।
आज फर्केर सोच्दा लाग्छ, सायद भोको पेटले विज्ञानका सिद्धान्तहरू सोच्न सक्दैन रहेछ। उसले त केवल गाँस र खानाको मात्र कल्पना गर्न सक्दो रहेछ।
तर ती कछारिपाहरू त्यति निष्ठुरी पनि थिएनन्। कहिलेकाहीँ सालको पातदेखि बनेको दुनामा अलिअलि मासु राखेर हामीलाई पनि चाख्न दिन्थे। मासु र रक्सीको नशा चढेपछि भने उनीहरू तास खेल्ने क्रममा सानोतिना निहुँमा झगडा गर्थे। रिसको झोंकमा तासका पत्तीहरू च्यात्थे। कोही–कोहीले त कम्मरको पटुकामा भिरेको खुकुरी निकालेर तासलाई टुक्राटुक्रा पारिदिन्थे।
उनीहरू हिँडेपछि हामी केटाकेटीहरू तिनै च्यातिएका तासका टुक्रा बटुल्थ्यौँ र ‘ढ्यामको जुटपत्ती’ खेल्थ्यौँ। जसले सबैभन्दा छिटो तीन जुट बनाउन सक्थ्यो, उसले हार्नेको ढाडमा बल पुगुन्जेल मुड्कीले हिर्काउन पाउँथ्यो।
तर एक दिन नसोचेको घटना भयो।
हामी आँगनको कुनामा बसेर मस्तसँग तास खेलिरहेका थियौँ। अचानक मेरी आमाले मलाई देख्नुभयो। उहाँले तुरुन्तै घरभित्र बोलाउनुभयो। साँझको छाक टार्न भनेर टिपेर ल्याएको सिस्नुलाई पानीमा चोपल्दै आमाले कड्केर भन्नुभयो,
“तेरो तास खेल्ने हात यही होरु” यति भन्दै उहाँले मेरो हात र जीउमा सिस्नुपानी लगाउन थाल्नुभयो।
“हाम्रो बुढेसकालको सहारा बन्ला भनेर यति मायाले हुर्काएको, तँ त तीनतासे पो हुन थालिस्१ अबदेखि स्कुल–सिस्कुल जानु पर्दैन।”
यति भन्दै आमाले मलाई बेस्सरी चुट्नुभयो। सिस्नुपानी र पिटाइको त्यो असह्य पीडा सहन नसकेर म बेलुकी अबेलासम्म हिक्का छोड्दै रोइरहेँ। आमाले त्यसरी निर्ममतापूर्वक हिर्काएको देखेर बाबुले भन्नुभएको एउटा वाक्य मेरो कानमा निकै बेरसम्म गुन्जिरह्यो,
“हलेसिनी आइमाईहरूको रिस कडा हुन्छ भन्ने सुनेको थिएँ, साँच्चै पो रहेछ। तर मार्न त मार्दैन होलारु”
त्यस दिनदेखि मेरो लागि स्कुल जाने ढोका बन्द भयो।
स्कुल छोडेको करिब एक महिना बितिसकेको थियो। एक दिन गाउँमा ‘संसारीमाई’ को पूजा गर्ने सल्लाह भयो। हामी अरू गाउँलेहरूजस्तै मूलघरमा बस्दैनथ्यौँ। गाउँभन्दा अलि परको एउटा सानो गोठमा बस्थ्यौँ। त्यसैले गाउँका खबरहरू अरूका घरमा छिटो पुगे पनि हाम्रो गोठसम्म भने निकै ढिलो आइपुग्थे। त्यसपटक पनि पूजाको खबर ढिलै थाहा पायौँ। खबर पाउनेबित्तिकै आमाले मलाई,
“तँ पनि पूजामा जा है,” भन्नुभयो।
मेरो गाउँ बुईपा छिप्तीको ठाँटीडाँडाभन्दा अलि पर एउटा फराकिलो फाँट छ, जहाँबाट लेक्पा र टारीगाउँका मनमोहक दृश्यहरू छर्लङ्ग देखिन्छन्। त्यही फाँटमा बिहान ठीक दस बजे जल्पाइँ काकाले संसारीमाईको पूजा सुरु गर्नुभयो। पूजामा शिर पलाएका एकजोडी ठूल्ठूला भालेहरूको बलि चढाइयो। केही बेरपछि जुमेम्पा दाजुले ठूलो कराहीमा भालेको मासु पर्रर भुट्नुभयो र अन्त्यमा झोल हाल्नुभयो।
हामी गाउँका केटाकेटीहरू पनि एक हुल भएर पूजामा गएका थियौँ। सबैजना थुक निल्दै–निल्दै मासु पाकेको हेरिरहेका थियौँ।
एकछिनपछि पूजामा आएका सबैलाई खाना खान बस्नू भनेर उर्दी जारी भयो। संसारीमाईको थानमा भात पकाउने चलन थिएन। त्यहाँ भालेको मासु मात्र पाक्थ्यो। त्यसैले सबैले आ–आफ्नो घरबाट बासी भात बोकेर लैजानुपर्थ्यो।
हामी सबै केटाकेटीहरू लहरै बसेपछि जुमेम्पा दाजुले डाडुले मासु पस्किँदै आउनुभयो। जब उहाँ मेरो अगाडि आइपुग्नुभयो, मेरो टपरीतिर हेर्दै भन्नुभयो,
“ए१ तैँले त मकैको भात पो ल्याइछस्, केटा१ पूजामा त मासुसँग सेतो धानको भात खानुपर्छ। ल, मेरो भागको आधा भात तँलाई दिन्छु। मीठो मानेर खा है१”
आफ्नै बाबुका सन्तानमध्ये सबैभन्दा जेठा दाजुले माया मानेर दिनुभएको धानको भात मैले खुसीसाथ स्वीकार गरेँ। तर त्यसपछि उहाँले मेरो टपरीमा रहेको मकैको भात नजिकै उभिएको कुकुरतिर फ्यात्त फालिदिनुभयो।
कुकुरले पहिले भात सुँघ्यो। त्यसपछि ‘ख्याङ–ख्याङ’ भुक्दै त्यहाँबाट तर्कियो। उसले त्यो भात खानै मानेन।
कुकुरले समेत भात नखाएको देखेर जेठा दाजुको मुखबाट फेरि शब्द निस्कियो,
“छ्या१ यसले ल्याएको भात त कुकुरले पनि खाँदै खाएन। होइन, यसले के खान्थ्यो रहेछ हँरु”
कुकुरले समेत खान नमानेको खाना खाएर हुर्किएको मान्छे म। आखिर ती जेठा दाजुलाई जवाफ फर्काउने सामर्थ्य मसँग कहाँ थियो ररु
त्यसै पनि गाउँभरिका धेरै मानिसका आँखामा म केवल ‘सौतिनी आमाको छोरो’ मात्र थिएँ।
म टुलुटुलु त्यो अपमानको दृश्य हेरिरहेँ। मेरो मुखबाट एउटा शब्द पनि निस्केन। अरू बेला मलाई अन्नको अभावले पिरोल्थ्यो। तर त्यस दिन जीवनमा पहिलोपटक मलाई शब्दहरूको अनिकाल लागेको थियो।