परशु गुरुङ
बरिष्ठ उपाध्यक्ष तमुधी यूके
बेलायत । तमुधीं यूकेले आयोजना गर्दै आईरहेको बेलायतको सबैभन्दा ठूलो अनि बालबालिका युवादेखि बृद्धहरु समेत यस कार्यक्रममा सहभागी हुन उत्सुकता राख्ने बिशेष कार्यक्रम गोरखा कपले २३औं बसन्त पार गरीसकेर २४औ संस्करणको रुपमा यही मे महिनाको २४ तारिक आईतबार क्विन्स एभ्न्यू अल्डर्सट ग्यारिजनको खेल मैदानमा आयोजना हुन गईरहेको छ ।
तमुधी यूकेका अध्यक्ष श्री जुमकाजी गुरुंग लगायत सम्पूर्ण सदस्यहरुको सकृयतामा पूर्ब तयारी धमाधम भईरहेको अवस्था छ । तमुधी यूकेका खेलकुद सचिब तथा यस कार्यक्रमको (चौथौं बर्ष) संयोजक क्याप्टेन श्री दिपक घले कार्यक्रमको लागि कैयौं महिना अघिदेखी अहोरात्र खटीरहनु भएको छ । खेलकुद व्यवस्थापन, सुरक्षासम्बन्धी, अतिथिव्यवस्थापन, प्रबेष द्वार तथा बाहिरगमन व्यवस्थापन, गाडी पार्किंग व्यवस्थापन आदि बिभिन्न बिभागमा जिम्मेवारी पाएका ट्र्ष्टीहरु, पूर्बाध्यक्षहरु, पदाधिकारीहरु, सल्लाहकारहरु अन्य सदस्यहरु उत्तिकै व्यस्त अवस्थामा छन् । एक दिने कार्यक्रममा युवाको ३२ टिम, बयस्क(Veteran) को १६ टिम र महिलाको २ टिम गरी ५० वटा टिम बीच प्रतिस्पर्धा रहने सम्भवतः अन्त कतै यस्ता कार्यक्रमको आयोजना गरिएको बिरलै होलान् । यस मानेमा पनि यस कार्यक्रमको एक बिशेषता छ । रेष्टुरेण्ट, लताकपडा, गरगहना , भांडावर्तन, खेल खेलौना, बिज्ञापन, च्यारिटी आदिका दुकान (Stalls) हरु डेढसय भन्दा बढी रजिष्ट्रर भईसकेका छन् ।
बिभिन्न पत्रकार, समाचार दाता, भ्लगर, टिकटकर यूट्युबरले आफ्नो क्यामरामा कैद गर्दै विश्वव्यापी प्रत्यक्ष प्रसारण गर्नेगर्दछन् । पंचेबाजा, श्रीमती कबिता गुरुंग घर्तीमगरको कोरियोग्राफमा सयपत्री कल्चरल ग्रुप यूकेका साना नानीहरुको उत्कृष्ट नृत्य, बृटिश सैनिकको सिपाहीहरुको प्यारासुट आवतरण (Parachute Jump) को मनमोहक दृश्य अवलोकन गर्ने अवसर जो कोहीले पनि गुमाउॅंन चाहंदैन । त्यसैले पनि गोरखाकप सबैको प्यारो बनेको छ बेलायतमा । कार्यक्रमको भोलीपल्ट अर्थात् सोमबार बेलायतको सार्बजनिक बिदा हुनाले यस कार्यक्रममा आउन सहज ठान्छन् धेरै जना । यस कार्यक्रमकाे अर्को बिशेषता यो पनि हो । म परशु गुरुंग तमुधीं यूकेको बरिष्ठ उपाध्यक्षको हैसियतले मेरो व्यक्तिगत र संस्थाको तर्फबाट सबै नेपाली, गैर नेपाली बाबआमा दाजुभाई दिदीबहिनी युवानानीहरुलाई यसकार्यक्रममा सहभागी भई मनोरंजन गर्न, साथी संगीसंग भेटघाट गर्न, कुशल खेलाडीहरुको उत्कृष्ट खेल अवलोकन गर्न उपस्थित भईदिनको लागि हार्दिक निमन्त्रणा गर्दछु । यहांहरुको उपस्थितिको लागि हामी आभारी हुनेछौं । धन्यबाद ।
जय तमुधीं यूके जय गोरखा कप ।