लन्डन । द क्वीन्स गोर्खा इन्जिनियर्स (क्यूजीई)का ३१ ट्रेनिङ पार्टी समूहका नम्बरीहरुको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
मिचेटस्थित तमुधीं यूकेको भवनमा शनिबार १९ जुलाई २०२५ मा उक्त कार्यक्रम भएको हो । धन गुरुङले सञ्चालन गरेको कार्यक्रममा नम्बरीका सिनियर सदस्य गंगा राईले धन्यवाद मन्तव्य दिएका थिए भने इन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
भेटघाट कार्यक्रममा वेल्स, आसफोर्ड, मेडस्टोन, इस्ट लन्डन, क्याट्रीकलगायत टाढा टाढा बस्ने नम्बरीहरुको समेत उपस्थिति थियो । आफ्नो दुःख, सुख, पीडाका भावनाहरुसँग जोडिएका नम्बरीहरु सँगको भेटघाट कार्यक्रम अति नै रोचक र भव्यरुपमा सफल भएको कार्यक्रम संयोजक नम्बरी धन गुरुङले जानकारी दिए ।
राम्रो मौसमका कारण पनि कार्यक्रम अति रमाइलो भएको सहभागी नम्बरीहरुले बताए । भेटघाटमा नम्बरी बुद्ध हर्क लिम्बुले भेलामा पहिलो पटक सहभागिता जनाएका थिए । यस्तै नम्बर्नीहरुको उल्लेख्य सहभागिताले पनि कार्यक्रमलाई विशेष बनाएको आयोजकको भनाइ छ ।
मनोरञ्जनका लागि नम्बर्नीहरूले धमाकेदार सामुहिक नृत्य देखाई सारा नम्बरीहरुको मन जित्न सफल भए ।

कार्यक्रममा राफल ड्र साथै दिदीबहिनीहरुको खेल पनि आयोजना गरिएको थियो । राफल ड्र को लागि आकर्षक पुरस्कारहरु रहेकाले कार्यक्रम झनै रोचक बनेको थियो । राफल ड्र को पहिलो पुरस्कार सुनको चन्द्रमा रेवन्त थापाले हात पार्न सफल भए भने दिदीबहिनीको खेलमा ३२१३ बहिनीले पहिलो पुरस्कार जितिन् ।
कार्यक्रमको दोस्रो चरणमा सम्पूर्ण नम्बरी साथै नम्बर्नीहरु सामुहिक नृत्यमा भाग लिई भरपूर्ण मरोरन्जन लिएका थिए । यसै क्रममा नम्बरीहरू रविन थापा, मोतीराम थापा,टेक खपाङ्गी साथै प्रेमकुमार राईका परिवारका सदस्यहरुको सहभागिताले वार्षिक भेलाको माहोल झनै राम्रो बनेको आयोजकको भनाइ छ ।
कार्यक्रममा टेक खपाङ्गी मगर नम्बरीकी छोरीज्वाइँ शिगल लिम्बू आरएएफ अफिसर्स क्याडेटमा छनोट भई हाल आरएएफ क्रानविलमा अफिसर क्याडेट गर्दै गरेकोमा खुसीयालीमा उनीहरुलाई बधाई र शुभकामना दिइएको थियो ।

कार्यक्रममा खानाको व्यवस्थापन AM O’ZONE रेस्टुरेन्टले गरेको थियो । कार्यक्रम प्रभावकारी बनाउन नम्बरीहरूबीच जिम्मेवारी बाँडफाड गरिएको थियो । पेय पदार्थ साथै बार संचालन, फोटो र भिडियोको कार्यभार बुद्धिराम गुरुङले सम्हालेका थिए भने पार्टी हल तयारीका लागि चन्दसिं गुरुङ, कृष्ण घले, नेत्र गुरुङ,प्रेम गुरुङ साथै म्युजिक साउन्ड सिस्टममा मोतीराम थापाले जिम्मेवारी लिएका थिए ।
संयोजक धन गुरुङले कार्यक्रम सफल पार्नका लागि धेरैजना नम्बरीहरुको प्रत्यक्ष-अप्रत्यक्ष सहयोग रहेको भन्दै आयोजकको तर्फबाट धन्यवाद दिएका छन् ।
कार्यक्रमको अन्त्यमा संयोजक धन गुरुङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन दिनुका साथै गोर्खालीहरुको पेन्सन मुद्दासम्बन्धी पनि छोटो जानकारी गराएका थिए ।
लेखक : धन गुरुङ

