लन्डन । गोर्खा इन्टेक १९८५ ले विनचेस्टरस्थित गोर्खा म्युजियम गरिरहेको प्रोजेक्ट काइदा योजनाका लागि आर्थिक सहयोग गरेको छ ।
सोमबार, २१ जुलाईका दिन प्रोजेक्ट काइदाको फन्ड राइजिङ टिमका डाइरेक्टर डा. ड्यारेन बोवर र भिक्टोरिया अनास्तासीलाई १ हजार ९८५ पाउन्डको चेक हस्तान्तरण गरेको हो । चेक लिएर इन्टेक १९८५ का संस्थापक अध्यक्ष शेर सुनार, हालका अध्यक्ष लालबहादुर लिम्बू, उपाध्यक्षक मेजर नारायण भण्डारी एमभीओ, पूर्वअध्यक्षहरु योगकुमार फगामी, नेपालधन राई, महासचिव विजय गुरुङ, कोषाध्यक्ष धिरेन चेम्जोङलगायत गोर्खा म्युजियममा पुगेका थिए ।


सहयोग गरेकोमा प्रोजेक्ट काइदाको टोलीले खुसी व्यक्त गरेको थियो । आफूहरूलाई पैसा अभाव भएको समयमा आर्थिक सहयोग गरेकोमा इन्टेक १९८५ को टोलीलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका थिए । साथै प्रोजेक्टको तर्फबाट डाइरेक्टर डा. ड्यारेन बोवरले गोर्खा इन्टेक १९८५ लाई प्रमाणपत्र दिएको थियो ।
अझै रकम अपुग भइरहेकाले अन्यबाट पनि प्रोजेक्ट टिमले सहयोगको अपेक्षा गरेको महासचिव विजय गुरुङले जानकारी दिए ।
गोर्खा संग्रहालयको पुनर्निर्माण कार्य प्रोजेक्ट काइदा योजनाअन्तर्गत भइरहेको छ । यस योजनामार्फत संग्रहालयलाई नयाँ स्वरूपमा निर्माण गरिँदै छ ।

जसले गोर्खाहरूले बेलायत तथा विश्व शान्तिमा पुर्याएको योगदानलाई जीवन्त ढंगले देखाउने जनाइएको छ ।
