डोनाल्ड ट्रम्पले आफू दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनासाथ धेरैले अनुमान गरेझैं विश्वव्यापी अमेरिकन ट्रेड वारको नीति लिए । ट्रम्पको यो ट्रेड वार नीतिलाई उनीलगायत उनका कट्टर समर्थकहरुले अमेरिकाको लिबरेसनको रुपमा लिएका छन् ।
ट्रम्पले यो नीति उनका कोर भोटर्सको दीर्घकालीन भलाईका लागि नै ल्याएका हुन्, जुन प्रतिबद्धता उनले आफ्नो चुनावी क्याम्पेनमा बारम्बार गरेका थिए । ट्रम्प र उनका कोर भोटर्स अमेरिकामा म्यानुफ्याक्चरिङ ईन्डस्ट्री ब्याक भएको हेर्न चाहन्छन्, जसले उनका भोटर्स ग्रुपमा ईम्प्लोयमेन्ट क्रिएट भई आर्थिक आम्दानीको स्रोत बढाओस् । तथ्यांकले देखाएअनुसार, उनका भोटर्स ग्रुपमा तुलनात्मक रुपमा ग्रामीण क्षेत्रमा बस्ने, विश्वविद्यालयको शिक्षा नलिएका, कन्जरभेटिभ, गोरा जातिका पुरुषहरुको बाहुल्यता रहेको छ।
ट्रम्पको यो ट्रेड वार नीतिले विश्व अर्थव्यवस्थालाई नराम्रोसँग डिसरप्ट गरेको छ। यो नीतिले सामान्य अमेरिकन नागरिकको जनजीवनलाई पनि नकारात्मक नै प्रभाव पारेको देखिन्छ । यद्यपि ट्रम्पले अमेरिकन नागरिकलाई ‘ह्याङ्ग टफ’ भनेका छन्। ट्रम्प र उनका समर्थकहरु विश्वस्त छन् कि यस ट्रेड वार नीतिले दीर्घकालीन रुपमा उनका भोटर्स र अमेरिकालाई फाइदा पुर्याउँछ ।
तर, ट्रम्पको यो ट्रेड वार नीति अलि बढी नै एग्ग्रेस्सिभ भयो र ट्रम्पको यो नीति अमेरिकाकै लागि पनि निकै जोखिमयुक्त छ भन्ने लाग्छ मलाई । यो ट्रेड वारलाई एग्रेस्सिभ बनाउँदै गएमा अमरिकाको सर्भिस सेक्टरमा काम गर्ने ८५ प्रतिशत मानिस नै उनको यो पोलिसीको विरोधमा निस्कने प्रबल सम्भाबना छ। आफ्नो कन्स्टिच्यूएन्समा ट्रेड वारको नकारात्मक असर परेपछि आफ्नै रिपब्लिकन पार्टीका अन्य नेताहरु नै ट्र्म्पको यो नीतिको विरोधमा नउत्रेलान् भन्न सकिन्न ।
ट्र्म्पको यो नीतिले अमेरिकाको मल्टिन्यास्नल कम्पनीलाई पनि निकै क्षति पुर्याउन सक्नेछ। अझ, ट्रम्पले चिढाएका विश्वका प्रायः सबै देशहरुले अमेरिकन सबै प्रोडक्ट/सर्भिसहरु ब्वोईकोट गरिदिए भने उनको यो नीतिले अमेरिकालाई पुर्याउने आर्थिक घाटा फाइदाभन्दा धेरै गुणा बढी हुन सक्नेछ ।
उदाहरणका लागि, धेरै क्यानेडेलीहरुको ट्रम्प राष्ट्रपति रहुन्जेल अमेरिका भ्रमण नगर्ने भन्ने प्रतिबद्धताले अमेरिकाको टुरिजममा केही नकारात्मक असर पार्न सुरु गरिसकको छ । यूरोपका देशहरुमा घटिरहेको टेस्ला सेल पनि यसैका उपज हुन् ।
टेस्ला मालिक, ईलोन मस्क र ट्रम्पका ट्रेड एड्भाईजरबीच चर्काचर्की भइसकेको छ र यो ट्रेड वारले ट्रम्प र मस्कबीच पनि रिफ्ट हुने सम्भावना प्रबल देखिएको छ ।
अझ कल्पना गरौं त, यो ट्रेड वारमा अन्य शक्ति रास्ट्रहरु ट्रम्प शासित अमेरिकाको विरुद्ध गई आफ्नो सबै ट्रेड अमेरिकन डलरद्वारा नगरी अरु नै करेन्सीमा गर्ने निर्णयमा पुगे के हुन्छ ? अमेरिकाको विश्व आर्थिक दबदबाको त्यहींबाट अन्त हुने देख्छु म । ट्रम्पलाई ट्रेड वारमा हराउने कठिन तर एक राम्रो उपाय बन्न सक्छ यो । यसले अमरिकन डोलरको हेजेमनिलाई समाप्त गरिदिनेछ । धेरै अर्थशास्त्रीहरु यो कार्य त्यति सहज देख्दैनन् तर ब्रिक्स कन्ट्रीहरु चाईना, रसिया, ईन्डिया, ब्राजिल र साउथ अफ्रिकाले यो बाटोतिर पाईला चाल्न सुरु गरिसकेका छन् ।
ट्रम्प शासित अमेरिकाविरुद्ध ईकनमीकली एकत्रित हुने कसरतमा चाईना र यूरोप पनि पुगिसकेका छन् । त्यस्तैगरी, राजनैतिक रुपमा ट्रम्प प्रशासित अमेरिकाले विश्वमाझ आफ्नो ब्राण्ड भ्याल्यु र विश्वसनियता गुमाइसकेको छ।
ट्रम्प प्रशासनको विदेश नीति पनि निक्कै कमजोर देखिएको छ। यो प्रशासनको क्यानडा, ग्रिनलान्ड, पनामा कनालजस्ता देश/ठाउँहरुप्रतिको एग्रेसनलाई अमेरिकाका ट्राडिसनल एल्लाएजले नै निकै नकारात्मक रुपमा लिएका छन्। क्यानडामा मार्क कार्नेय र अस्ट्रेलियामा एन्थोनी अल्बानिजको भर्खरै भएको चुनावी जित यिनै ट्रम्प ईफेक्ट र यस्ले पार्न सक्ने क्षतिलाई मध्यनजर गरेर आएको परिणाम हो भन्ने ठान्छु म, नत्र उनीहरुले यी चुनावहरु जित्ने सम्भाबना न्यून थियो। यूरोपको लागि पनि ट्रम्प भरपर्दो ब्यक्ति रहेनन् अब।
साथै, ट्रम्प प्रशासित अमेरिकाको सफ्ट पावरका धेरै टुलहरु बन्दप्राय: भएका छन् । यूएसएईड मात्र होइन, केही समयअघि भूकम्पग्रसित म्यानमारलाई लगाएको टारिफले यही बुझाउँछ कि उनलाई जोसेफ नायेईको नोसन —अमेरिकन ‘सफ्ट पाव़र’ — प्रति कुनै चासो छैन ।
आफ्नै देश अमेरिकाको यस्ता नेसनालिस्ट नीतिहरुबाट बिल गेट्स जस्ता ग्लोबल फिलान्ट्रपिस्टहरु पनि दुखी देखिएका छन्, यद्यपि यूएसएईड धेरै हदसम्म मिसयुज भएको बलियो तर्क र प्रमाणहरु ट्रम्प पक्षधरहरुको छ।
अनि, ट्रम्प र अमेरिका पक्कैपनि चाईनाको प्रगतिलाई रोक्न चाहन्छन् तर आफ्ना एल्लाएज देशहरुलाई चाईनाको पोल्टामा घसेटेर ट्रम्पले चाईनाको प्रगतिलाई रोक्ने सपना देखेका हुनभने त्यो सपना चाहिँ उनको दिवास्वप्न मात्र बन्ने देख्छु म। यो भने पक्का हो कि विश्वका पहिलो र दोस्रो ठूलो ईकनमी-- अमेरिका र चाईना -- बीचको ट्रेड वार जस्ता प्रतिस्पर्धाले अरु देशहरुको ईकनमिक भविष्यलाई पनि निकै असर पुर्याउने छ। यू एन सेक्रेटरी जनरल, एन्टोनिओ गुटेरेस, ले यो चासो देखाइसकेका छन् कि यो ट्रेड वारबाट कम विकसित मुलुकहरुसमेत अझ बढी मारमा पर्ने सम्भाबना छ।
त्यसमाथि, डेमक्रसीले पनि कसरी अउथोरिटरिएन शासक उत्पन्न गर्न सक्छ भन्ने बलियो प्रमाण डोनल्ड ट्रम्प हुन् । हुनतः जर्मनीमा हिटलर पनि डेमक्रटिक पद्दतिबाट नै उदाएका थिए । त्यसैले होला शायद, ट्रम्पका बर्तमान भाईस प्रेसिडेन्ट जे डि भान्सले बिगतमा ट्रम्पलाई हिटलरको संज्ञा दिएको भनेर ट्रम्पका विरोधीहरु उद्यत गर्छन्।
यसर्थ, ट्रम्पको क्रियाकलाप र व्यवहारले अमेरिकन डेमक्रसीमा नै नकारात्मक असर पार्ला कि भन्ने चिन्तामा धेरै अमेरिकनहरु देखिएका छन्। दोस्रो विश्वयुद्धपछि आफ्नो पहिलो सय प्रेसिडेन्टल दिनमा ५० प्रतिसतभन्दा कम अमेरिकनको अप्रुभल पाउने ट्र्म्प मात्र एक प्रेसिडेन्ट हुन,जबकि अरु सबै प्रेसिडेन्टहरुको अप्रुभल ५० प्रतिशतभन्दा बढी थियो।
अमेरिकाको डेमक्रटिक ईन्स्टिच्युसनहरु निकै स्ट्रोङ्ग भएकोले यो सम्भव त नहोला, तर ट्रम्प एक ‘आई एम दि वर्ल्ड किङ्ग’ माईन्डसेट भएका व्यक्ति र आफूलाई भगवान्ले अमेरिका बचाउन पठाएको ठान्ने हुँदा विगतमा झैं उनले त्यति सजिलै सत्ता छोड्लान् भन्ने कुरामा पनि धेरैलाई शंका छ। यसका लागि उनले आफ्नो तेस्रो प्रेसिडेन्सी टर्मको मिडिआ ट्राएल शुरु गरिसकेका छन्। उनका समर्थकहरुले उनको तेस्रो टर्मको लागि अमेरिकन कन्टिच्युसनमा केही लुपहोल छन् कि भनी खोजि कार्य सुरु गरिसकेको देख्न सकिन्छ।
उनको आफ्नै ब्यापारिक कम्पनी-- ट्रम्प अर्गनाईजेसन -- ले ‘ट्रम्प २०२८’ भन्ने ह्याट बिक्रीबितरण गरिरहेको दृश्यहरुबाट पनि यो बुझ्न सकिन्छ। साथै, उनले एआई निर्मित क्याथलिक पोपको भेषभुषामा आफ्नो तस्वीर आफैले आफ्नै ट्रुथ सोसिअल नामक सामाजिक सन्जालमा सार्बजनिक गर्नुबाटै पनि उनको यस्ता माईन्डसेट बुझ्न गाह्रो छैन।
फेरि,अमेरिकामा ट्रम्पको दोस्रो जितले, एकातिर, विश्वका अन्य देशहरुमा पनि नेसनालिस्ट/कन्जरभेटिभ शक्तिहरुलाई निकै हौसला बढाईदिएको छ। बेलायतको भर्खरै भएको लोकल ईलेक्सनमा ट्रम्पका विश्वासपात्र नाईजेल फराज नेतृत्वको नेसनालिस्ट रिफर्म पार्टीको ल्यान्डस्लाईड भिक्ट्री यस्को एक उदाहरण हो। यो क्रम यूरोप र विश्वका अरु देशमा पनि देखिइँदै जाने सम्भावना प्रस्ट छ।
अर्कोतिर,ग्लोबालिस्ट शक्तिहरुलाई ट्रम्प फेनमेनाले चिन्तित बनाएको छ किनकि यो फेनमेनाले डिग्लोबलाईजेसन पछिको रिग्लोबलाईजेसनलाई निकै चुनौति दिँदै रिडिग्लोबलाईजेसनतिर धकेलिरहेको आभास हुन्छ। कम्तीमा आगामी चार वर्ष, अमेरिकाभित्र मात्र होईन पुरै विश्वभर नै यी दुई शक्तिहरु नेसनालिस्ट र ग्लोबालिस्टबीच निकै ईन्टेन्स रुपमा टकराब हुने देख्छु म। डोनाल्ड ट्रम्प र लिबरेसनको नाममा भएको उनको यो ‘अमेरिका फर्स्ट’ नीतिमा आधारित प्रोटेक्सनिस्ट ‘ट्रेड वार’ यही टकराबबीचको नै एक उपज हो भन्ने पनि लाग्छ मलाई।
जे होस्, डोनाल्ड ट्रम्प अमेरिकाको सत्तामा रहुन्जेल ‘ट्रम्प’, ‘ट्रेड’ र ‘टारिफ’ जस्ता शब्दहरु मात्र विश्वभर तरंगित भैरहने छैनन्, बिश्व राजनीति र ईकनमीमा गहन अन्योलता र अनिश्चितता पनि टड्कारो रुपमा देखिइरहनेछ; जसले समग्र बिश्व कुनै न कुनै रुपमा ज्यादै प्रभावित भईरहने स्पस्ट छ।
अन्ततः ट्रम्प ट्रेड वारले, अर्थशास्त्रीहरुले भनेझैं, ग्लोबल सप्लाई चेनलाई डिस्रप्ट गर्ने, कन्जुमर प्राईस बढाउने, लामो समयसम्म ईकनमी स्टागनन्ट गरिदिने मात्र होइन, निश्चय नै, द्वन्द्व पनि बढाउन सक्नेछ । यो द्वन्द्वले —खासगरी अमेरिका र चाईनाबीच — बिकराल रुप लिएमा, खतरा त यो छ कि, तेस्रो विश्वयुद्ध पनि हामीबाट टाढा रहला भन्न नसकिएला, डोनाल्ड ट्रम्पकै कार्यकालमा ।
द्वन्दको बारेमा यसो भनिइरहँदा भने मलाई यी दुई प्रसंगहरुको पनि सम्झना हुन्छ यहाँ । एक, ट्रम्पको ट्रेड वारप्रति चाईनाले यस्तो कडा रेस्पोन्स दिएको थियो — “यदि वार नै चाहन्छ यूएस भने, टारिफ वार होस्, ट्रेड वार होस् वा अरु कुनै प्रकारको वार, हामी लड्न तयार छौं, अन्त्य सम्म नै।”
अर्को, हार्भर्ड युनिभर्सिटीका प्रख्यात स्कलर ग्रेहाम एलिसनले थ्यूसिडइडीज ट्र्यापलाई उद्धृत गर्दै ऐतिहासिक प्याटर्नको आधारमा यूएस चाईनासम्बन्धी यो निष्कर्ष निकालेका छन् — “यूएस र चाईना दुबै, दुबैले नै नचाहेको, वारतर्फ हिँडिरहेछन्।” यी परिवेशमा; ट्रम्प, ट्रेड वार र विश्व कसरी अघि बढ्छन् यसै भन्न सकिन्न तर ट्रम्पकालीन आगामी केही वर्षहरु सामान्य जनजीवनका लागि भने -- अमेरिकाभित्र होस वा बाहिर; ट्रम्प समर्थक हुन् या विरोधी—अवश्य पनि, त्यति सहज, शालिन र शान्तिमय देख्दिनँ म ।