Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • बेलायतमा पवित्र गुरुङ एकल साँझबाट संकलित ९ लाख १२ हजार विद्यालय र समाजघर निर्माणमा
बेलायतमा पवित्र गुरुङ एकल साँझबाट संकलित ९ लाख १२ हजार विद्यालय र समाजघर निर्माणमा
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, कात्तिक २८, २०८२

लन्डन । गोर्खा मिडिया यूकेको आयोजनामा गत ३१ अगस्टमा भएको गायिका पवित्र गुरुङ एकल साँझबाट संकलित रकम विद्यालय र समाजघर निर्माण खर्च गरिने भएको छ । 

गायिका पवित्र गुरुङको उपस्थितिमा कात्तिक २७ गते बसेको नुवाकोट दुप्चेश्वर गाउँपालिकाको गोल्फुभन्ज्याङ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले प्राप्त रकम विद्यायको घेराबार र प्रवेशद्वार निर्माणमा खर्च गर्ने निर्णय गरेको हो । अ म्युजिक सोलो विथ पवित्र गुरुङ एन्ड डिएमटी ब्यान्ड च्यारिटी नाइटबाट संकलन भएको जम्मा ९ लाख १२ हजार ६ सय ८० बाट १ लाख गाउँकै समाजघरको लागि छुट्याइएको र बाँकी ८ लाख १२ हजार ६ सय ८० रकम विद्यालय घेराबार तथा विद्यालय प्रवेशद्वारमा खर्च गर्ने निर्णय भएको गायिका पवित्र गुरुङले जानकारी दिएकी छन् । 

उनले ती सबै काम अब छिटो अगाडि बढ्ने समेत विश्वास व्यक्त गरेकी छन् । 

'मेरो आफ्नै विद्यालयको लागि केही सानो सहयोग गर्ने अवसर पाएकोमा आफूलाई निक्कै भाग्यमानी महसुस गरेकी छु । र यो अवसर सम्पूर्ण बेलायतवासीको सहयोगले सम्भव भएको हो । फेरि पनि सम्पूर्ण सहयोगी हातहरुमा धेरै आभार प्रकट गर्न चाहन्छु ।'

Sanvi jeeler
Maoustail service

सोही दिन गोल्फुभन्ज्याङ माविकी भूतपूर्व विद्यार्थीसमेत रहेकी गायिका पवित्र गुरुङलाई विद्यालय परिवारको तर्फबाट स्वागत, सम्मान गरेको थियो । गायिका पवित्रले आफूलाई भव्य स्वागत गरेकोमा विद्यालय परिवारप्रति आभार प्रकट गरेकी छन् । 

'यो गरिमामय स्वागत र मायाको लागि यसै विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङज्यूलगायत श्री गोल्फुभन्ज्यायाङ माध्यमिक विद्यालयका सम्पूर्ण गुरुवर्ग, विद्यार्थी भाइबहिनीहरू, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण कार्यसमिति र समाजसेवी, बुद्धिजीवी, मान्यजनहरूप्रति म विशेष आभार व्यक्त गर्न चाहन्छु,' उनले फेसबुकमा लेखेकी छन् । 

P1-1763102946.jpg
सांगीतिक भ्रमणका क्रममा ६ महिना बेलायत बसेर गायिका पवित्र केही हप्ता अघि नेपाल फर्केकी थिइन् । उनी पहिलो बेलायतमा तमु धीं यूकेको निमन्त्रणामा र दोस्रोपटक जीआरएनसी यूकेको निमन्त्रणमा आएकी थिइन् । पवित्र सन् २०२१ मा पहिलो पटक तमु धीं यूकेको निमन्त्रणामा बेलायत आएकी थिइन् । दोस्रोपटक जीआरएनसी यूकेको निमन्त्रणामा गत अप्रिल दोस्रो साता बेलायत आएकी थिइन् । 

त्यसबीचमा उनले बेलायतमा रहँदा दर्जनौँ कार्यक्रममा प्रस्तुति दिएर दर्शक तथा श्रोताको मन मुटुमा बस्न सफल भइन् । तमु धीं यूकेद्वारा आयोजित गोर्खा कप, मगर संघ यूकेको ओपन कन्सर्ट, तमु धीं यूके र नेपाली राजदूतावास लन्डनको संयुक्त आयोजनामा भएको नेपाली मेलालगायत विभिन्न कार्यक्रममा दर्क नचाइन् । त्यसमा पनि सबैभन्दा विशेष भने गोर्खा मिडियाको आयोजनामा गत ३१ अगस्टमा भएको ‘A Musical Solo with पवित्र गुरुङ र DMT Band Charity Night’ भएको थियो ।

गोर्खा मिडियाले पाँचौँ वार्षिकोत्सवका अवसरमा १४ सेप्टेम्बरमा उनलाई पुरस्कृतसमेत गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मातृभूमि नेपाल
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग शुक्रबार, मंसिर १९, २०८२
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ, १० विद्यालयमा पुस्तकालय स्थापना
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ, १० विद्यालयमा पुस्तकालय स्थापना मंगलबार, मंसिर १६, २०८२
ताप्लेजुङको आँखा उपचार केन्द्रलाई सहयोग गर्ने यूकेवासी गुरुङ परिवार सम्मानित
ताप्लेजुङको आँखा उपचार केन्द्रलाई सहयोग गर्ने यूकेवासी गुरुङ परिवार सम्मानित मंगलबार, मंसिर १६, २०८२
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन सोमबार, मंसिर १५, २०८२
बेलायतसहित विभिन्न देशबाट नोभेम्बरमा नेपाल भित्रिए १ लाख १६ हजार पर्यटक
बेलायतसहित विभिन्न देशबाट नोभेम्बरमा नेपाल भित्रिए १ लाख १६ हजार पर्यटक सोमबार, मंसिर १५, २०८२
एनआरएनएबीच एकता, ६ महिनाभित्र महाधिवेशन गर्ने
एनआरएनएबीच एकता, ६ महिनाभित्र महाधिवेशन गर्ने आइतबार, मंसिर १४, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्