ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस)का अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपी । उहाँ एउटा प्रमिनेन्ट पब्लिक फिगर हुनुहुन्छ । उहाँको बारेमा विकिपिडिया र मिलिटरी हिस्ट्री फेन्दमडटकममा पनि जान्न/बुझ्न सक्छौँ । ३१ वर्ष ब्रिगेड अफ गोर्खाज्मा सेवा गर्नुभयो र मेजर पदबाट अवकाश लिनुभयो । त्यसपछि ११ वर्ष बेलायतको रक्षा मन्त्रालयअन्तर्गत काम गर्नुभयो । नेपालीहरूले पहिलो पटक बेलायतमा शुरुगरेको जीइनर्जी कम्पनीको सीईओ पनि हुनुभयो । उहाँ बीजीडब्लूएसको अध्यक्षमा सन् २००३ देखि लगातार हुनुहुन्छ । यस क्रममा उहाँले थुप्रै अवार्ड पनि पाउनुभएको छ । पहिलो अवार्ड सन् १०११ मा गोल्ड एसियन एचिभर्स अवार्ड पाउनुभयो । जुन नेपाली मूलका बेलायतीले पहिलो पटक पाएका थिए । ओसीओ कमान्डेन्ट अवार्ड पनि पाउनुभयो, २०१४ मा । उहाँ पहिलो नेपाली मेजिस्ट्रेड पनि हुनुहुन्छ । नेपाली गोर्खाको परिवारले बेलायतमा बस्न पाउने अधिकारको ढोका खोल्ने श्रेय पनि उहाँलाई नै जान्छ । उहाँले सन् २००३ देखि लगातार क्याम्पेन गरेर २००४ देखि नेपालीहरूले बेलायतमा बस्न पाउँने अधिकार प्राप्त गरेकाथिए । उहाँका अरू थुप्रै नाम र काम रहेका छन् । मेजर देवानसँग गोर्खाहरूको समान पेन्सनको कुरा, जीटुजी वार्ता र व्यक्तिगत जीवनमा केन्द्रित रहेर गोर्खा मिडियाको अतिथि संवादमा प्रकाश गुरुङले गरेको कुराकानी ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
अहिले चैँ भन्नुपर्दा कम्प्लिट्ली रिटार्यड । सोसाइटीको जिम्मेवारी । गोर्खालीहरूको वेलफेयरको केसहरूमा सहयोग गरिदिने । समय समयमा मेजिस्ट्रेड सिटिङ गरेर समय बित्दै छ ।
यो मेजिस्ट्रेड भोलेन्टियर हो कि केही आर्थिक लाभ पनि हुन्छ ?
यो कम्पिट्ली भोलेन्टियर्स हो । पैसाको कुरा गर्दा ट्राभल गर्दा खर्चसम्म पाइन्छ । तर पैसा भन्दा पनि यसको अनुभव चाहिँ बहुमूल्य हुन्छ ।
कुन लेभलसम्मको केस हेर्नुहुन्छ?
प्राय सबै केस प्रोटोकल्स अनुसार मेजिस्ट्रेडबाट नै जान्छ । मेजिस्ट्रेडमा डिसाइड हुन्छ, कहाँ जाने भन्ने कुरो ।
कति वर्ष भयो तपाईंले यो काम गर्नुभएको ?
११ वर्ष भयो । लामो समय भइसक्यो ।

तपाईं कहाँको स्कुल पढ्नुभयो?
खर्साङको गोथल्स मेमोरियल स्कुल पढेको हो । प्रचलित स्कुल हो । अहिलेसम्म नाम चलिरहेको छ ।
सम्झना आउँछ त्यो स्कुलको ?
अहिलेसम्म हाम्रो कक्षाको ग्रुपिङमै छौँ हामी । वार्षिक रूपमा भेट्ने कार्यक्रम पनि भइरहेको हुन्छ ।
तपाईं त गोर्खामा भर्ती भएर मेजर रैंक सम्म हुनुभयो । अरू पनि सहपाठीहरू माथिल्लो पदमा पुगेका छन्?
छन् नि । सबैले राम्रो गरिरहेको छ । एउटा साथी कमान्डिङ अफिसर भयो थ्री गोर्खा राइफल्सको । एउटा एमपी छ । कोही साथीहरू ‘रअ’मा छ । कोही पाइलट भयो ।
तपाईं त सानै उमेरमा भर्ती हुनुभयो । राम्रो स्कुलमा पढ्नुभएको । के कारणले भर्ती हुन मन लाग्यो त ?
त्यतिबेला बिटल्सको जमाना दियो । गिटार बजाउने । संगीतबाट नै केही न केही गर्छु भन्ने । त्यही क्रममा घुम्दै फिर्दै धरान पुगियो । भर्ती भइयो । केही नबुझी आइयो ।
३१ वर्ष जागिर गर्नुभयो । एकै स्टेसनमा बसेर त पक्कै काम गर्नुभएन । त्यो बीचमा विशेष पोस्टहरूमा कहाँकहाँ काम गर्नुभयो ?
महत्वपूर्ण पदहरू भन्नाले जति पनि गोर्खालीको जिम्मेवार भएको स्थानहरु सबैमा काम गरेँ मैले । पर्वते एडिटर, ब्रिगेड सेक्रेटरी, हेडक्लर्क आरओबिजी, एचक्युबीजी। एम्बेसीको अनुभव पनि राम्रो थियो । नेपालमा ब्रिटिस एम्बेसीमा पनि दुई वर्ष काम गरेँ ।
क्लारिकल पृष्ठभूमिकालाई मात्रै त्यो ठाउँमा काम दिइन्छ कि सबै ब्रिगेड अफिसरले पाउँछन् ?
त्यो चाहिँ स्पेसिफिक्ली क्लारिकल पृष्ठभूमिबाट नै आएको हुनपर्छ । किनभने अफिसको कुरा आउँछ । पोलिसीको कुरा आउँछ ।
फर्केर हेर्दा सबैभन्दा मेमोरेबलचाहिँ कुन ठाउँ लाग्छ ?
हेडक्वार्टर ब्रिगेड अफ गोर्खाज्मा गरेको सबैभन्दा मेमोरेबल लाग्छ । किनभने त्यतिबेला धेरै गोराहरूसँग पनि टक्कर गर्न पाइयो । धेरै कुरा बुझियो ।

लामो समय सिभिल सर्भेन्ट भएर पनि काम गर्नुभयो । सिभिल सर्भेन्ट हुँदाहुँदै बीजीडब्लूएसमा आबद्ध हुनुभयो । त्यो संस्थामा आउनुको कारण के थियो ? वर्क पर्मिटमा आउनुभएको थियो होइन?
वर्क पर्मिटमा आएर जागिर गरिरहेको थिए। पहिलादेखिनै मैले गोर्खा संस्थालाई मद्दत गरिरहेकै थिए। गेसो लगायत साथीहरूलाई सल्लाह त दिँदै आएको हो । सदस्यहरूले जबरजस्ती गरेर नै अध्यक्ष बनाएको हो । म आफ्नो खुसीले त भएको होइन । एड्भाइजर रोल गर्दा गर्दा अहलेसम्म रिलिफ नै पाएको छैन । गरिरहेकै छु ।
बीजीडब्लूएसको अध्यक्ष भएको पनि २२ वर्ष पुगिसकेको छ । यति लामो समयसमा के गुमाए जस्तो लाग्छ र के पाएजस्तो लाग्छ?
गुमाए नै भन्दा त त्यति राम्रो सुनिँदैन होला । पहिलेदेखि नै भोलेन्टियरली गर्दै आएको हो। बीजीडब्लूएसमा आएर भएको फाइदा कै कुरा गर्दा मैले चाहेको मद्दतहरूचाहिँ सोसाइटीलाई, भूपूहरूलाई वेलफेयरको समस्यालाई यो ढोकाबाट उतारेका छौँ हामीले । त्यो चाहिँ उपलब्धि र आफूलाई गर्व लाग्ने कुरा लाग्छ ।
समान पेन्सनको मुद्दा पनि तीन पटकसम्म हाइकोर्टमा पुरायो गोर्खा संघसंस्थाहरूले । पछिल्लो समय तपाईंको संस्थाले पनि त्यो मुद्दा हाइकोर्टमा पुर्यारएर युरोपियन कोर्ट अफ ह्युमन राइट्समा पुर्याउनुभयो । यो आँट कसरी आयो ?
आँट भन्नाले आइडिया चाहिँ एकदम जरुरी थियो । गेसोको साथीहरूले पनि लडेकै हो । यहाँको कोर्ट अफ जस्टिससम्म पुर्याएकै हो । तर अन्तिम युरोपियन कोर्टमा चाहिँ न्याय पाउँछु नै भन्नेमा आशावादी थियौं । त्यतिबेला हाम्रो मेम्बरसिप ३-४ हजार बढी थियो । सबैले तपाईंले लानुपर्छ भन्ने आँट दिएर नै लगेको हो ।
कति संघसंस्थाहरूले त तपाईंलाई लाञ्छना पनि लगाउँछ । यो युरोपियन कोर्टमा पेन्सनको मुद्दा लगेर बिगार्यो पनि भन्छन् । त्यसको चाहिँ भर्डिक्ट के आएको थियो ?
बुझ्नु र नबुझ्नुमै समस्या छ । युरोपियन कोर्टमा पुर्याोउनु आवश्यक नै थियो । हामीले केस हार्यौं भन्न पनि मिल्दैन । किनभने भर्डिक्ट के थियो भने डिस्क्रिमिनेसन छ, तर जस्टिफाइ । अचम्मको कुरो डिक्रिमिनेसन काहीँ जस्टिफाइ हुन्छ? सरकारले मन्जुरी गरेर साइन गरेको मेरोरेबल अफ अन्डरस्ट्यान्डिङमा चाहिँ गोर्खालीलाई बेग्लै कन्डिसनमा मन्जुरी भएको हो । त्यसलाई अथोरिटी दियो । डिस्क्रिमिनेस देखेता पनि सच्चा डिस्क्रिमिनेसन हुन सकेन भन्नेमा पुग्यो निचोड । त्यसले राम्रो गर्यो भने, ओके लिगल्ली त्यसरी बाइन्डिङ छ भने पोलेसी म्याटर भएको र सिग्नेचर गर्ने नेपाल सरकार पनि हो । युरोपियन कोर्टको केसमा लिगल्ली हार्यो होला । तर प्रिन्सिपलमा ठूलो जित भएको छ नि त । यसले ढोका खोल्दियो । अहिले जीटूजी मिटिङमा पनि सजिलो भयो नि त। बुझ्नु चैँ एकदम इन्पोर्टेन्ट छ ।

तपाईंको आँट छ नि त्यो मान्नै पर्छ । आफ्नो जीवनको यति महत्त्वपूर्ण समय त तपाईंले ब्रिटिसहरूको सेवा पनि गर्नुभयो । लडी पनि राख्नुभएको छ हैन? तपाईंको पुर्खाहरूमा पनि केही न केही एउटा लिडरसिप, म गर्छु भन्ने थियो होला भन्ने लाग्छ । बाउबाजेको बरेमा पनि बताइदिनुस् न ?
सायद त्यो जिन र आशीर्वाद नै भन्नुपर्यो पुर्खाहरूको, त्यसले गर्दा पनि आँट आएको हो जस्तो लाग्छ । भन्नैपर्दा मेरो बाजे नेपाल चैनपुरबाट इन्डिया पढ्न आउनुभएको हो । उहाँ आर्मीमा पनि जानुभएको थियो भने पछि थाहा पाइयो । तर दार्जिलिङको पुलिस फोर्स स्टाब्लिस गर्ने नै उहाँ हो । उहाँको नाम सरदार बहादुर भीम दल देवान हो । सरदार बहादुर चाहिँ उहाँको टाइटल हो । यो सन् १९११ मा निस्किएको who's who in India भन्ने किताबमा पनि बाजेको नाम छ । यो टाइटल पाउने चाहिँ नेपालीहरू दुई जना मात्रै हो । उहाँ र चन्द्र शमशेर जंगबहादुर राणाबाहेक अरू छैन । बाजेको बारेमा साइसेटनहरू थुप्रै किताबहरूमा पनि छ । अनि बाबा म जस्तै हो फेरि । एड्भेन्चरमा हिँड्ने ढुक्कै खालको मान्छे भनुम न । पुलिसमा जानुभयो र इन्स्पेक्टरमा रिटायर्ड हुनुभयो । किनभने अलिकति दबाबमा रहेर काम गर्न हिचकिचाउने, अन्याय नसहने टाइपको हुनुहुन्थ्यो ।
सन् २००४ मा डेली एक्सप्रेसमा तपाईंले एउटा कोट दिनुभएको रहेछ । त्यो कहाँ के भन्नुभएको थियो?
डेल्ली एक्सप्रेसले एउटा ठूलो क्याम्पेन गरेको थियो । त्यतिबेला सोसल मिडिया कम थियो । मेन मिडियाले सबै कभरेज गरेको थियो । ६५०००-७०००० भोटको ६-७ बटा थैलोमा लगेर पहिलो पटक गोर्खालीहरूले त्यसरी पिटिसन प्रधानमन्त्रीलाई बुझाएको हो । बुझाएर बाहिर निस्किदा बाहिर प्रेसले सोध्दाखेरी त्यो भनेको थिएँ । सेटलमेन्ट राइट कै कुरा हो । भोटले गर्दा जिम्मेवारी ब्रिटिस सरकारलाई नै गयो । पब्लिकले नै दिनुपर्छ भन्ने आवाज उठायो नि त । त्यो थैलो राख्दा चाहिँ मेरो ढाडबाट भारी उत्रिएकै बराबर भएको थियो ।
मुद्दा मामिलाबाट समान पेन्सन पाइँदैन भन्ने प्रमाणित भयो । त्यसमा तीन जना भोक हडताल बस्नुभएका व्यक्तिहरूको कडा मिहेनेतपछि ब्रिटिश सरकार वार्तामा आउन तयार भयो । वार्ता सुरु भएको तीन वर्ष भइसक्यो । वार्तामा अहिलेसम्म केके भयो ?
वार्ता ढिलो भएको पोलिटिकल सिचुएसनले हो । कोभिड भर्खर सकिएको थियो । युक्रेन युद्ध भयो । नेपालको राजदूत पनि परिवर्तन भइरहेको कारणले पनि ढिला भएको हो । तर तीन जना भोकहाडतल योद्धाहरूले गर्दा यो सफल भएको हो । अहिले समराइज गर्दाखेरी जुन स्टेजमा पुग्नुपर्ने त्यहाँ चाहिँ पुगेको छ । किनभने १३ बुँदे भन्ने कुरा सुन्नुभएकै हो । यसमा मेन टपिक १३ वटा छ । त्यसमा हाँगाबिँगाहरू छ भन्ने प्रकारले डकुमेन्ट बनाएर दिनुभएको हो । एमओडीले त्यसमा १३ वटा मेन टपिक भए पनि कम्प्लिट्ली इस्युज् ३५ वटा रहेछ भनेर ब्रेकडाउन भयो । त्यसबेला राजदूत ज्ञानचन्द्र आचार्य जान लाग्नुभएको थियो । त्यसको जवाफ हाम्रोतर्फबाट नेपाल सरकारले दियो सेप्टेम्बरमा । त्यसबीचमा यहाँ पनि सरकार परिवर्तन भयो । हाम्रो राजदूत पनि परिवर्तन भयो । त्यसले गर्दा पनि ढिला भएको । तर अचम्म के छ भने त्यो ३५ बुँदाको जवाफ सजिलो भए त उनीहरूलाई समय लाग्ने थिएन । एक प्रकारले जवाफको पर्खाइमा जस्तै अवस्था छ ।
व्यक्तिगत रूपमा यसको रिजल्टमा आशावादी अथवा पोजेटिभ हुनुहुन्छ?
रिजल्टमा म पोजेटिभ नै छु । किनभने हामीले पेस गरेको जवाफ एकदमै कडाकडी छ । नेपाल सरकारले त्यसलाई आँटसाथ अगाडी बढाउन सक्नुपर्यो ।

आशा गरौँ राम्रो रिजल्ट आउँछ होला । तर जीटूजीको वार्ता लम्बिएको छ । ३५ बुँदाको कुरा गर्नुभयो । यसमा चाहिँ तपाईं आफ्नो एस्युरेन्स कसरी पुस्टी गर्नुहुन्छ ?
मेन कुरा एमओडीले आर्ग्युमेन्ट गरेको एउटा भनेको युरोपियन कोर्टको भर्डिक हो । अघि पनि मैले भनेँ, युरोपियन कोर्टमा लिगल्ली हारेता पनि यसले ढोका खोलेको छ भन्ने कुरो । अर्को उनीहरूले राख्छ, रेट्रोस्पेक्टिभ पेन्सन नदिने भन्ने कुरा । तर यो पहिलो होइन। जब यो गोर्खा अफर टु ट्रान्फर भन्ने आयो । जुन पोस्ट १९९७ को टोलीलाई अफर आयो । ब्रिटिश आर्मी पेन्सन जाने । सन् २००५ तिर दिएको । ब्याक डेट गरेर १९९३ सम्मको गरेर दिइसकेको छ । दिएन भन्न मिल्दैन । अनि हामीले खोजेको ब्याकडेटको पेमेन्ट त होइन नि । आर्म फोर्सेस पेन्सन स्किम इन्टरड्युस भएको १९७५ मा त्यतिबेला गोर्खालीलाई यसमा हालेको थिएन । त्यो समूहमा हामीलाई मिलाउनुपर्छ भन्ने कुरा हो । कुरा त हाम्रो क्लियर छ । जहिले पनि हामीले लड्दाखेरि तिमीहरूको टीपीएले गर्दा भन्थ्यो । तर त्यही टीपीएले गर्दा अहिलेको सर्भिङ गोर्खाहरु समान फुटिङमा छन्। यो राम्रो पनि हो । यो कुरा उठाउँदा उनीहरूले के भन्छ भने अहिले क्लोजर टाइ छ भन्छ । यो कुरा हास्यास्पद हो । मैले नै उठाएँ यो कुरा । मैले उहाँहरूलाई सोधे कि– गोर्खालीहरूले १३ वटा वटा भीसी पाए । कति हजार लडाईमा बिते त्यो चाहिँ टाइ थिएन? अहिलेको मात्रै ब्रिटिससँग टाइ छ भने हामीले सेटलमेन्ट कसरी पायौँ त? भनेर । यसमा एकदमै कडा रूपमा हाम्रो जवाफ गएको छ । यसमा नै हामी अडिनुपर्छ । उनीहरूलाई जवाफ दिन गाह्रै पर्छ ।
बीजीडब्लूएसले के गर्दैछ?
संस्थाले राम्रो गर्दैछ । इन्भेस्टमेन्टमा पनि हामीले ध्यान दिएका छौँ । प्रोपर्टी आफ्नै छ । नेपालमा हाइड्रो प्रोजेक्टमा लगानी गर्यौँ । जीईनर्जी पनि राम्रो सक्सेस हुने थियो, तर यहाँको कानुनले गर्दा घाटा पर्यो । कोभिडले गर्दा पनि त्यो चाहिँ राम्रो सफल भएन । अरू त सफलतापूर्वक भइरहेकै छ ।
३१ वर्ष जागिर गर्नुभयो । कति वर्षको पेन्सन पाउनुहुन्छ भन्न मिल्छ ?
मिल्छ, मैले अहिले १२–१३ वर्षको मात्रै पाउँछु । कति साथीहरूलाई घाटामा आएको छ, सर्भिसको हिसाबले । हङकङको सर्भिस ३ टु १ गरेर, अहिले १ टु १ गर्दाखेरी । मलाई चाहिँ ठिक्क बोर्डर लाइनमै छ ।
अन्त्यमा यहाँसम्म साथ दिने मेरो परिवार, श्रीमतीलाई धन्यवाद भन्नै पर्छ । अर्कोकुरा गोर्खा मिडियाले पनि प्ल्याटफर्म दिनुभयो । त्यसको लागि पनि धन्यवाद छ ।