काठमाडौं । भूपू सैनिक कल्याणकारी समिति नेपालमा नयाँ नेतृत्व चयन भएको छ । 
२०८१ फागुन १० (२२ फेब्रुअरी २०२५) मा सालिग्राम होटेल , जावलाखेल , ललितपुरको सभाहलमा भएको वार्षिक सधारणसभाबाट हुमबहदुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । स्पष्टवक्ता तथा समाजसेवी हुमबहादुर नेपाल मगर भूपू सैनिक तथा  प्रहरी  संघको केन्द्रीय अध्यक्ष पनि छन् । 
उपाध्यक्षमा मिनबहादुर थापा, सचिवमा अधिवक्ता चेतबहादुर आले, कोषाध्यक्षमा खुनबहादुर राना चयन भए । 
सदस्य हरुमा प्रेमबहादुर पुन मगर,पबित्रा राना,कुन्ता थापा,अशोक भट्टचन,श्री बुढाथोकी,पूर्णबहादुर राना मगर र प्रबिता थुलुङ चयन भएका छन् । 
कल्याणकारी समितिले आफ्ना सल्लाहकारहरु पनि नियुक्त गरेको छ । जसमा प्रमुख सल्लाहकार लालबहादुर घिसिङ्ग, वरिस्ठ कानुनी सल्लहकार, संविधानविद तथा महाधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली , सल्लाहकारहरुमा एस राई, क्या: देउबहादुर राना, मे. वीरबहादुर सुनुवार र  क्या:हिमाल राई छन् । 
सोही दिन सीएनसीबीजीको आयोजना तथा भूपू सैनिक कल्याणकारी समिति नेपालको सहआयोजनमा ब्रिटिस गोर्खाका बंसजको नेपाली नागरिकता निरन्तरताबारे भेला पनि भएको थियो ।