Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • नेपाली मेलाको तयारी ८० प्रतिशत पूरा भइसकेको छ : हरि गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
नेपाली मेलाको तयारी ८० प्रतिशत पूरा भइसकेको छ : हरि गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
मिलन तमु
मिलन तमु आइतबार, साउन २०, २०८१

बेलायतवासी नेपाली समुदायमा लोकप्रिय कार्यक्रम हो, नेपाली मेला । तमु धीं युकेले आयोजना गर्ने गोर्खाकपपछिको दोस्रो ठूलो कार्यक्रमका रूपमा लइन्छ नेपाली मेलालाई । खेलकुद, सांस्कृतिक कार्यक्रम र संस्कृति झल्काइने नेपाली मेलाको १५ संस्करण यही २५ अगस्ट २०२४ मा केम्पर्टनपार्कमा हुँदैछ । यस वर्षको नेपाली मेलाको तयारी लगायत विषयमा तमु धीं युकेका अध्यक्ष हरि गुरुङसँग गोर्खा मिडियाको हिँड्दाहिँड्दै शृंखलामा प्रबन्ध निर्देशक मिलन तमुले गर्नुभएको कुराकानी :

नेपाली मेलाको तयारी कसरी भइरहेको छ ?

हामीले १५ औं नेपाली मेलाको तयारी लगभग ८० प्रतिशत पूरा गरेका छौं । भेन्यू बुकिङ, स्टल लिने, १८ तारिखको पत्रकार सम्मेलनको तयारी भइसकेको छ । रेसकोर्सस्थित केम्पर्टनपार्क अथोरिटीसँग बसेर पनि कुरा भइसकेको छ । हामीले हरेक वर्ष अगस्ट बैंक होलिडेको अघिल्लो दिन आइतबार नेपाली मेला गर्ने गर्छौं । यस वर्ष २५ अगस्टमा परेको छ ।

नेपाली मेलाको यसपालिको विशेष आकर्षण के छ ?

Sanvi jeeler
Maoustail service

विभिन्न संघसंस्थाले ल्याउने झाँकी विशेष हुन्छ । यस वर्ष झाँकी पहिलेभन्दा १ घण्टा अगाडि सारेका छौँ । पहिला-पहिला १२-१३ वटा संस्थाले मात्र झाँकी प्रस्तुत गर्थे । यसपालि अहिलेसम्म ३५ वटा संस्थाले आउने जानकारी गराइसक्नुभएको छ । अझै बढ्ने क्रममा छ । उपस्थित संस्थालाई समय दिन पनि हम्मे छ । समय भयो भने सौजन्य केही नाच तथा गीत हुन सक्छ । त्यसपछि संस्कृति झल्काउने नृत्यको प्रतियोगिता हन्छ ।

स्टलका लागि कसलाई सम्पर्क राख्न सकिन्छ ?

यसका लागि वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङलाई सम्पर्क गर्न सक्नुहुन्छ । वेबसाइटमा पनि उहाँको नम्बर छ । अथवा हामीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ । तर, स्टलको पनि लगभग सबै स्पेस सकिएको छ ।

इन्ट्री शुल्क कति छ ?

इन्ट्री शुल्क गाडीको ५ पाउन्ड र मान्छेको ५ पाउन्ड हो । यो पहिलादेखिकै शुल्क हो ।

समय कति छ ?

मेलाको समय १० बजेदेखि बेलुका ८ बजेसम्म हो ।

बेलायतका लागि नेपाली राजदूत पनि परिवर्तन हुँदै छ । दूतावासबाट केही सहयोग आएको छ ?

दूतावासबाट यत्ति नै भन्ने छैन । सहयोगको अपेक्षा राखेका छौँ । केही न केही हुन्छ नै । उहाँहरूसँग बैठक पनि बसिसकेका छौँ । पहिलेको राजदूत फर्किसक्नुभएको छ । नयाँ आउनुभएको छैन । जो भए पनि दूतावासको प्रमुख जो हुन्छ । उहाँ नै हाम्रो प्रमुख अतिथि हुन्छ ।

नेपाली मेला गोर्खा कपपछिको ठूलो इभेन्ट हो । यसमा आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?

हामीले स्पोन्सरहरू खोज्छौँ । स्वतःस्फूर्त रूपमा चन्दा दिने दाता पनि हुनुहुन्छ । अलिअलि इन्ट्री शुल्कबाट पनि हुन्छ । तर यसपालि भेन्यूको भाउ ५० प्रतिशतले बढेको छ । त्यसैले खर्च म्यानेज गर्न निकै गाह्रो छ । सकेसम्म मिलाएर गर्ने प्रयासमा छौँ ।

मेलाबारे पत्रकार सम्मेलन कहिले हुँदै छ?

पत्रकार सम्मेलन यही १८ अगस्टमा तमु धीं भवन मिचेटमा हुँदै छ । त्यसक्रममा मेलाको तयारी र सञ्चालनबारे विस्तृत रुपमा जानकारी गराउनेछौं ।

नेपाली मेलाको उद्देश्य सबै नेपालीलाई एकै स्थानमा संस्कार संस्कृति र भेषभूषा देखाउनु रहेको छ । यसमा नेपालीमात्रै आउन् जस्तो लाग्छ कि गैह्र नेपाली पनि आउन् जस्तो लाग्छ ?

हाम्रो उद्देश्य यहाँको ब्रिटिस कम्युनिटीलाई पनि सहभागी गराउने हो । माथिल्लो ओहदाको व्यक्तिहरूलाई बोलाउँछौं । उहाँहरू आउनु पनि हुन्छ । तर साधारण जनताचाहिँ अपेक्षाअनुरूप आउनुभएको छैन । जे भए पनि विदेशी भूमिमा हाम्रो संस्कार संस्कृति र भेषभूषाको जगेर्ना गर्नु हो । हामीले गरेको कामले सार्थकता पाएको छ भन्ने लाग्छ । तपाईंहरूले आएर मेला भर्दिनु भो र रमाइलो गर्दिनु भो भने त्यो तपाईंले तिरेको शुल्क परोपकारी काममा नै जाने हो । त्यसैले उक्त दिनका लागि चुले निम्तो दिन चाहन्छु ।

यो मेलाको भविष्य कस्तो देख्नुभएको छ?

मेलाको आकर्षण यही रूपले बढ्दै जाने हो भने त्यो भेन्यू अपुग हुन सक्छ । त्योभन्दा ठूलो भेन्यू खोज्नुपर्छ कि भन्ने लागेको छ । धेरै मान्छेहरू मेला भर्न र किनमेलका लागि पनि आउने गर्नुहुन्छ । भविष्यमा फरक ढंगले सोच्नुपर्छ कि भन्ने लागेको छ । अन्त्यमा ‘मेला भरौँ, नेपाली संस्कार र संस्कृति जोगाऔँ’ भन्दै मेलामा उपस्थितका लागि अनुरोध गर्छु ।


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
'नेपाली भिलेज यूके परियोजना सन् २०२७ को मध्यसम्ममा सकेर बिजनेसमा लैजाने योजना छ' [भिडियो अन्तर्वार्तासहित]
'नेपाली भिलेज यूके परियोजना सन् २०२७ को मध्यसम्ममा सकेर बिजनेसमा लैजाने योजना छ' [भिडियो अन्तर्वार्तासहित] बिहीबार, मंसिर १८, २०८२
'फेमिनिस्ट टपिक'हरुमै फिल्म बनाउने इच्छा छ : मेहका चाहत लुइँटेल [अन्तर्वार्ता भिडियोसहित]
'फेमिनिस्ट टपिक'हरुमै फिल्म बनाउने इच्छा छ : मेहका चाहत लुइँटेल [अन्तर्वार्ता भिडियोसहित] बिहीबार, कात्तिक २७, २०८२
गायिका कामनालाई प्रश्न: बेलायतको सांगीतिक भ्रमण कस्तो भइरहेको छ?
गायिका कामनालाई प्रश्न: बेलायतको सांगीतिक भ्रमण कस्तो भइरहेको छ? मंगलबार, कात्तिक १८, २०८२
'विजनेसको नाफामध्ये १० प्रतिशत अनुग्रह फाउन्डेसनबाट नेपालमा सहयोग गरिरहेका छौं' [अन्तर्वार्ता भिडियो]
'विजनेसको नाफामध्ये १० प्रतिशत अनुग्रह फाउन्डेसनबाट नेपालमा सहयोग गरिरहेका छौं' [अन्तर्वार्ता भिडियो] शनिबार, कात्तिक १५, २०८२
'जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट नेपाली समुदायको सहयोगमा मात्रै सफल पार्न सकिन्छ' [भिडियोसहित]
'जीआरएनसी कम्युनिटी कनेक्ट प्रोजेक्ट नेपाली समुदायको सहयोगमा मात्रै सफल पार्न सकिन्छ' [भिडियोसहित] बुधबार, असोज २२, २०८२
नेपाली मेलामार्फत बेलायतमा 'मिनी नेपाल' देखाउने प्रयास गर्दै आएका छौँ : उपाध्यक्ष कमल गुरुङ [भिडियोसहित अन्तर्वार्ता]
नेपाली मेलामार्फत बेलायतमा 'मिनी नेपाल' देखाउने प्रयास गर्दै आएका छौँ : उपाध्यक्ष कमल गुरुङ [भिडियोसहित अन्तर्वार्ता] आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्