मैले रोजेको देश जहाँ सबै नेपाली मिलेर बस्न सकोस् ।
मैले खोजेको देश जहाँ धेरै रंगीन फूलहरु फुल्न सकोस् ।
मैले खोजेको देश सॅंधै सुन्दर अनि विशाल बन्न सकोस् ।
हरेक नेपालीको मनमा सद्भावको भावना फुल्न सकोस् ।
साईबेरियादेखि जाडो छल्न लाखौं चराहरु पनि
मेरो मातृभूमि नेपालाई गन्तव्य बनाउने सुन्दर देश
हिॅउँदे यामको जाडो र हिमपातको चिसो छल्दै
न्यानोपनको आभास खोज्न आकाशमा उड्ने पन्छीहरुले पनि गन्तव्य मानेको शान्तिको प्रतिक सुन्दर देश ।
हामी त धर्तीकै महा मानव हौं ! राष्ट्र र देशको
सम्मान हर धडकनसँगै हर कदममा हुनु पर्छ ।
राष्ट्रको सम्मानमा बसिरहेको ठाउँबाट उठ्नु पर्छ।
चलिरहेको कदम पनि ठप्प रोकिनु पर्छ ।
तर,परिवर्तनको नाममा सुन्दर फूलका कोपिला,
भविष्यका कर्णहरुलाई गोलीका निसानीले निमोठ्दै
कस्तो ? परिवर्तन चाहेको हौ तिमी ।
क्रान्तिको नाममा सबै सम्पदा अनि
नेपाली इतिहासका गाथा बोकेका सम्पदा नष्ट गरिदिने कस्तो चाहत हो तिमी ।
आखिर, हामी सबै नेपाली आमाकी सन्तान हौं२
धर्ती आमा र स्वयम्भूको आँखामा आँसु हेर्न सक्दैनौं हामी ।
मातृभूमि सुन्दर नेपालमा सॅंधै शान्ति चाहन्छौं हामी ।
हामीलाई नेपाली पहिचान दिने मेरो मातृभूमिमा२
गोली र बारुद अनि डढेलोमा सल्किएको आगो मुस्लो र धुवाँ हैन । धेरै रंगीन फूलहरु फूल्न सकोस् ।
हरेक नेपालीको मनमा शान्ति र सद्भावको फूल फुल्न सकोस् ।
मैले रोजेको देश जहाँ सबै नेपाली खुशीले बाँच्न सकोस् ।
शान्तिको प्रतिक गौतम बुद्बले रोजेको देश जहाँ सबै नेपाली शान्तिले बस्न सकोस् ।
शान्तिले बस्न सकोस् ।