फार्नबोरो। ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी (बीजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियार स्कूलमा गत ६ जुलाईका दिन सम्पन्न भयो ।
भेलाको संयोजन संस्थाका महासचिव क्षत्र राईले गरेका थिए । झन्डै १५० जनाको सहभागिता रहेको थियो । बेलायत प्राय जाडो नै भइरहने देश भएकाले समर भेला सबैका लागि महत्त्वपूर्ण रहने गर्छ ।
भेलालाई सम्बोधन गर्दै सोसाइटीका अध्यक्ष मे.रि. टिकेन्द्र दल देवान जेपीले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै हालै सम्पन्न निर्वाचनबारे चर्चा गरे । 'गोर्खाहरू बारे चलिरहेको वार्तामा लेबर सरकारले केही गर्ला भन्ने विश्वास राख्दछु,' उनले भने। आयोजक टिमप्रति आभार व्यक्त गरे । रमाइलोका लागि ताराचन्द्र थापा र रमेश तामाङले तम्बोला खेलाएका थिए । राफल ड्र क्षत्र राईले सञ्चालन गरेका थिए । तम्बोलाको दुई वटा र राफलको पहिलो पुरस्कार एकै व्यक्ति श्रीमती गायत्री बोहराले हात पारिन् ।
नेपालबाट आएका लोक दोहोरी गायिकाद्वय दिलु सलामी मगर र रेनुका भट्टाराईलाई अध्यक्ष श्रीमती मिलान देवानले खादा लगाएर स्वागत गरेकी थिइन् । त्यस्तै हङकङबाट आएका गायक दिनेश सुब्बा र श्रीमती अनिता गुरुङलाई पनि स्वागत गरिएको थियो ।
यही वर्ष फोक्सटन नेप्लिज कमिनिटीको अध्यक्ष पद ग्रहण गरेका क्या.रि. राम पुन र उनको श्रीमतीलाई संस्थाका तर्फबाट बधाई ज्ञापन गरियो । एनआरएन यूकेबाट आईसीसीको सदस्य लिई गोर्खा टाक्स फोर्सका जिम्मा लिएका ओम काउचा थापालाई पनि बधाई ज्ञापन गरियो । तिर्सना गुरुङ र नारायण गुरुङ दम्पतीले आफ्नो घर "रनजङ एसे वडियाना युके (गुम्बा)" लाई समर्पित गरेको उपलक्ष्यमा बधाई दिइयो।
राफलका प्रयोजकहरू बीजीडब्लूएस २०० पाउन्ड, जीएसएस २०० पाउन्ड, यूजीएसएस १०० पाउन्ड, क्या. रि. टाम ढेङ्गा ५० पाउन्ड, द प्यालेस ५० पाउन्ड, ब्रदर्स मोबायल बार ५० पाउन्ड, निर्मल सिरिश ३० पाउन्ड, गजबीर थापा ३० पाउन्ड, थर्क सेन ३० पाउन्ड, कुमार गुरुङ २० केजी टिल्डा बासमती र राजेन रानाले १ बोटल ज्याक ड्यानिल दिएका थिए।
नेपालबाट आएका गायिका दुवैले पालैपालो गीत गाएर सबैलाई नचाएका थिए। पीए सिस्टम हेमप्रकाश रानाले मिलाएका थिए। पहिलो पटक ओपन पार्टीमा ड्राफ्ट बियर सुरेन्द्र चोङ्गबाङ्गको कम्पनीले उपलब्ध गराएको थियो।
टिकेटिङमा हिरन्य राई, चिजबहादुर गुरुङ र किशोर श्रेष्ठले सहयोग गरेका थिए। खाना द प्यालेसको र टेन्ट राजेन रानाको बन्दोबस्तमा भएको थियो।
सोसाइटीकै सदस्यहरू तर विभिन्न संघसंस्थामा विशेष पद समालिरहेका र सकेका व्यक्तित्वहरू दर्जनभन्दा बढीको उपस्थिति रहेको थियो।
जसमा ले. रि. नविन सिव, मे.रि. हर्कराज राई, एमभीओ मे.रि. कुलबहादुर थापा, दुतबहादुर पुन, मिलन तमु, शेरबहादुर सुनार, थर्क सेन, रामधन राई, हरिकुमार श्रेष्ठ, बिल बलाल, राजेन राना र क्या. रि. राजेन्द्र गुरुङ थिए।
कार्यक्रम सञ्चालन पीआर प्रकाश गुरुङले गरेका थिए।