लन्डन १४ मे २०२४ । विभिन्न कार्यक्रमसहित इन्टेक २/८१ एसोसिएसनले ४३ औं वर्षगाँठ मनाएको छ ।
मे ११ तारिख २०२४ शनिबार फानबोरोको स्पोर्ट्स कलेजमा गायिका भूमिका गिरी, यज्ञ विक र भान्जीहरु संगीता गिरी र लोइस नेपालीको बेजोड नृत्यका साथ भव्यताका साथ वार्षिक भेटघाट सम्पन्न मनाइएको हो । कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष नगेन्द्र श्रेष्ठ र सुनिल रानाबाट दिप प्रज्वलन गरी मनाइएको हो । ४३औं वर्षगाँठको उपलक्ष्यमा केक काटिएको थियो ।
नम्बरी भेलामा नम्बरीहरुको छोराछोरीले उच्च शिक्षा हासिल गरेका, छोराछोरी विवाह बन्धनमा बाँधिएका र नाति नातिना भएकाहरुलाई खादा र सर्टिफिकेटले बधाई दिइएको थियो । उनीहरुको खुशीयालीमा नम्बरीसँग खुशी बाँड्दै संस्थाको लागि स्पोन्सर पनि गरिएको थियो । कार्यक्रम शेर पुनले सञ्चालन गरेका थिए ।
दोस्रो चरणमा भने मनोरञ्जनात्मक कार्यक्रम तम्बोला, राफल ड्र र नेपालबाट आएका कलाकारहरूबाट भरिपूर्ण मनोरञ्जन गराइ सबैलाई नचाउन सफल भएका थिए । लोक तथा दोहोरी गीत प्रतिष्ठान युके शाखाका निवर्तमान अध्यक्ष टंक शेरचनको मुक्तक प्रस्तुतिले थप मनोरञ्जन भएको थियो भने नम्बर्नी उमा गुरुङले एकल नृत्यसमेत प्रदर्शन गरेकी थिइन् ।
राफल ड्र मा पहिलो पुरस्कार द प्यालेस रेस्टुरेन्टले स्पोन्सर गरेको आधा तोला सुन धन गुरुङले हात पार्न सफल भएका थिए । अन्य पुरस्कार क्रमश: पपी गुरुङ, नेत्र लिम्बु, जानकी राजभण्डारीले हात पारेका थिए ।
यसैबीच गत २४ मार्च २०२४ आइतबारको दिन अल्डरसट द प्यालेसमा भएको अधिवेशनबाट अध्यक्षमा सुनिल राना उपाध्यक्षमा बेल बुढाथोकी, सचिवमा शेर पुन, कोषाध्यक्ष बेम थापालगायत मनोनित सबै नयाँ कार्यसमितिलाई वार्षिक भेटघाटमा स्वागत तथा बधाई र निवर्तमान अध्यक्ष नगेन्द्र श्रेष्ठको टिमलाई बिदाइ गरिएको थियो ।
तीन कार्यकाल भरिनै कोषाध्यक्षमा लगातार प्रसंशनिय काम गरेकोले सुर्य गुरुङ्लाइ सस्थाले मायाको चिनो प्रदान गरेको थियो । यसको साथै स्थापना काल देखि निवर्तमान अध्यक्ष सबैलाई खादाले सम्मान गरि बधाई दिएका थिए।
- गोमा राना