लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले शनिबार रिमेम्ब्रान्स डे अर्थात् पुर्खा दिवस मनाएको छ । प्रिन्सेस गार्डेन सर्जरीमा बिहान १० बजेर ४० मिनेटदेखि सुरु भएको जीआरएनसी युकेका अध्यक्ष मान गुरुङले जानकारी दिए । त्यस दिन कार्यक्रमस्थलमा जम्मा भई क्यूआरएलजीएसको मार्चपासपछि अध्यक्ष मान गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र विशेष अतिथिहरु रुसमूर बोरो काउन्सिलका मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड र समाजको अध्यक्ष तथा प्रतिनिधिहरु र सहभागीहरु क्रमबद्ध भई अघि बढेको थियो।
भीसीहरुको मूर्ति अगाडि लाम लागेको थियो । लगत्तै कार्यक्रमको संयोजक क्या रि ग्यारी घलेले अंग्रेजीमा हाम्रो पुर्खाहरुले नेपाल ब्रिटिस र मानव जगतको रक्षाको लागि धेरै मूल्य चुकाएको र उनीहरुको सम्मान तथा सम्झना गरेको भन्दै कार्यक्रमबारे संक्षिप्त जानकारी दिए । त्यसैगरी कार्यक्रमको सहसंयोजक मेजर रि खिम गौचन दोस्रो विश्व युद्धको चिहान घरमा वचन गरेको कविता सुनाए । क्युआरएलजीएसको पण्डित शिवचन्द्र निरौला एमबीईले हिन्दुधर्म अनुसारको र लामागुरु खेन्पो कर्मा चुस्त्रिमले अष्ठमंगलम मन्त्र पढी आत्माशान्ति र मानव र प्राणीजगतको सुख, शान्तिको कामना गरे ।
कार्यक्रममा उपाध्यक्ष उत्तरबहादुर गुरुङ, मेजर रि. खिम गौचनले सहसंयोजन गरेका थिए । कार्यवाहक महासचिव सुशीला थापामगर, कार्यवाहक कोषाध्यक्ष जित मेन्याङ्बो, मिडिया सहसंयोजक इजरा श्रेष्ठ, उपाध्यक्ष लिला सेलिङ माबो, सल्लाहकार ओम थापा, तोप पल्ली, धनमाया गुरुङ, क्या ताम धेगा, विष्णु श्रेष्ठ, जीव बेल्बासे र रामचन्द्र गुरुङ आदि र बीएफबीएस रेडियोकी प्रस्तोता आशा पुन सघाएको अध्यक्ष गुरुङले बताए ।
त्यसैगरी काउन्सिलर, प्रथम भीसी कुलबीर थापाको मूर्तिकार यमी गुडम्यान, नेपाली समाजका अध्यक्ष अथवा प्रतिनिधिहरु, स्थानीयहरु, व्यापारीहरु, सामाजिक अभियन्ताहरु, स्थानीय सूचनाका प्रतिनिधिहरु र गोर्खा आमा समूह अल्डरसट एम्पायर हलमा बाक्लो उपस्थिति थियो । सबैको राय सल्लाह र प्रतिक्रियाहरु लिने र विचारविमर्श गरी अर्को वर्ष कार्यक्रम तर्जुमा गर्ने जानकारी अध्यक्ष गुरुङले दिए र प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्णलाई अध्यक्ष गुरुङले धन्यवाद दिए ।