कुनै दार्शनिक, गुरु र विज्ञानले जस्तै ठ्याक्कै जीवनको परिभाषा दिन त म सक्षम छैन । तर जे-जति भोग्दै र दिनचर्याहरुमा गर्दै आइरहेको छु, त्यही नै मेरो जीवन हो । जीवनको परिभाषा अर्थ र राम्रो कर्मले मात्रै पूरा हुँदैन । जीवनलाई अर्थै अर्थले मात्रै परिभाषित गर्न खोज्नु पनि हुँदैन । यी सबै शब्दहरुको भाव थाह हुँदाहुँदै पनि सॅंधै खुशी रहनु पर्दछ ।
जीवन जिउनमात्रै पनि हैन । जीवन केही गर्न र गराउनलाई पनि हो । खुशी पनि जीवन हो । मेरा सबै दिनहरुको खुशीलाई पनि उछिनेर आज मेरो खुशीको थोपाहरुमा अर्को खुशीको दिन थपिएको हृदयदेखि महसुस गरिरहेको छु । यो खुशी म अनि मेरो परिवारको लागि विशेष छ । मेरो मन अनि हृदयबाट हजुरहरुको श्रद्बापूर्ण अद्भूत माया, ममता र मैले समाज, समुदायप्रति गर्दै आइरहेको राम्रा कर्महरुको कदर गरी अर्पण गरिने सम्मान जीवनकै उत्कृष्ट र अविस्मरणीय दिन रहने छ ।
हाम्रा बाउबाजेले भन्ने गर्नुहुन्थ्यो- 'रुख रोप्नु फलको आशा नगर्नु', 'गौंडामा बसियो भने हात्तीलाई धाप मार्न पाइन्छ', 'सत्यको सधैं विजय हुन्छ,' अक्सर सत्यलाई अंगाली हिँड्दा एक्लै पनि होइन्छ । समाजसेवा लिन हैन, दिनलाई हो ।
शनिबार २१ अक्टोबर २०२३ मा तमू धीं यूकेको आजीवन सदस्य रात्रिभोज कार्यक्रममा मैले समाजप्रति पुर्याएको योगदानहरुको कदर गर्दै 'आदर्श तमू अवार्ड-२०२३' ले विभूषित गर्नुभएकोमा तमु धीं यूके १२औं कार्यसमितिका अध्यक्ष हरि गुरुङ (प्यारो देवर), आमा समूह अध्यक्ष सन्ध्या गुरुङ (बहिनी), कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु साथै सिंगो तमू धीं यूके परिवारलाई हृदयदेखि कृतज्ञताका साथ आभार व्यक्त गर्दछु ।
कठिन परिस्थितिमा समाजसेवामा कसरी अग्रसर र आकर्षित हुन पुगेँ । थोरै स्मरण गराउन चाहन्छु । कोरोना भाइरस महामारीले विश्व नै आतंकित थियो । मृत्यु देखिको डर, त्रासले आफ्नै परिवारको सदस्यहरुसॅंग पनि डराउँदै छुपेरभित्र बस्नु पर्ने बाध्यता थियो । खै ! कुन दैविक शक्ति भनु कि मूर्खता भनुँ अनौठो जोस, जाँगर, हौसला मभित्र जाग्न थाल्यो । र, त्यही शुरोपनले आज एक सफल समाजसेवी बनेको महसुस भएको छ । यो उचाइमा आइपुग्नुमा ठूलो भूमिका रहेको मेरो हितैषि माया गुरुङ (उपनाम कान्छाभाइ) तमु समाज यूकेका संस्थापक आमा अध्यक्ष माया गुरुङ र मेरो सामाजिक काममा साथ समर्थन र हौसला प्रदान गरी आज मलाई यो विशिष्ट र गरिमामय संस्था तमु धीं यूकेबाट आदर्श अवार्ड ग्रहण गर्न सक्षम बनाउन ठूलो भूमिका खेल्नुहुने मेरो प्रेरणाको स्रोत बाआमा, सम्पूर्ण ईष्टमित्र, आफन्तजन, समाज, समुदायका बाआमा, दिदीबहिनी, दाजुभाइहरुलाई ह्रदयदेखि उच्च सम्मान, नमन तथा धन्यवाद ज्ञापन गर्दछु ।
मेरो जीवनको विशेष दिनलाई रगतको नाताभन्दा माथि उठेरा विशेष बनाइदिनुहुने संसारभरिका आदरणीय प्यारो मान्छेहरुलाई, मलाई सम्झिएर हरेक स्टाट्स, पोष्टमा लाईक, कमेन्ट, माया, हौसला साथ सपोर्ट गरी सहासी बनाउनुभएका तपाईंहरुलाई कुन ? शब्दले धन्यवाद टक्र्याउॅं, शब्दकोशमा शब्द नै भेटिनँ । म यो ठाउॅंमा पुग्नलाई तपाईंहरुको माया, साथ समर्थन, आशीर्वाद र हौसलाले हो भनेमा दुईमत छैन । यो म प्रतिको मात्रै सम्मान नभई तपाईंहरुको नि:स्वार्थ भावनाले गर्नुभएको समर्थन, खुशी र तपाईंहरु स्वयंको पनि सम्मान हो भन्न चाहन्छु ।
तपाईंहरुरको यही माया, आशीर्वादले स्वदेश र विदेशमा कयौं पुन्यको कामहरु गर्न सफल भएको मैले महसुस गरेको छु । यो साथ, सपोर्ट, माया आशीर्वाद जीवन रहुन्जेल पाइरहुँ । मैले जानेको भन्दा कयौं गुणा अधिक नमनको साथमा धन्यवाद । त्यस दिनमा मलाई बधाई तथा शुभकामना दिनुहुने दिदीबहिनी, दाजुभाइहरु सम्पूर्णलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु । तपाईंहरूको त्यो अपार स्नेह, माया, ममता र प्रेरणादायी बोलीहरू जीवनमा कहिल्यै पनि बिर्सने छैन ।
कार्यक्रम भव्यताको साथ सफल पार्न अध्यक्ष हरि गुरुङलगायत सम्पूर्ण तमु धीं यूकेका कार्यकारी समिति, कायर्क्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष जुमकाजी देवर, समारोहलाई सफल बनाउन दिनरात खटिएका तमु धीं यूकेका पूर्वअध्यक्षहरु, ट्रस्टिजहरु, सबै आजीवन सदस्यहरु, सल्लाहकारहरु, आमा समूहमा आबद्ध हुनुहुनेहरु, स्टेजमा, साउन्ड सिस्टम, फोटो, भिडियो, समाचारमा । खानामा जिम्मेवारी पूरा गर्नुभएका र बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यलाई कार्यक्रमभरि बसेर गरिमा बढाइदिनुभएकोमा उहाँलगायत सम्पूर्णमा 'एभरि एन्ड ईच'मा हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु । विशेष हार्दिक आभार तमू धीं यूके परिवारलाई ।
यो सम्मानले अझ सामाजिक काममा जिम्मेवारी थपिएको र अरु जोस, जाँगर थपिएको आभास भरहेको छ । यो शरीरले सकेसम्म नि:स्वार्थ भावनाले सामाजिक काम गरिरहने अठोट व्यक्त गर्दछु ।
पार्वती गुरुङ (माइला)
हाल : साऊथ ईस्ट लन्डन