लन्डन । पूर्वगोर्खा सैनिक तथा समाजसेवीद्वय चन्द्रबहादुर गुरुङ र दिलरास गुरुङले गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके आईसीसी सदस्य उम्मेदवार बनेका छन् ।
क्वोने घोताने घोंन्डे गुरुङ परिवार यूकेका निवर्तमान अध्यक्ष एवं संरक्षक अनेरी लेप्टेन चन्द्रबहादुर गुरुङ र क्वोने घोताने घोन्डे गुरुङ परिवार यूकेका ज्वाइँ, व्यवसायी, समाजसेवी, गोर्खा ट्राभलका प्रोपाइटर दिलरास गुरूङले एनआरएनए आइसीसी (अन्तर्राष्ट्रिय समन्वय परिषद्) सदस्य पदमा उम्मेदवारी दिएका हुन् । एनआरएनए यूकेको निर्वाचन २२ जुलाई २०२३ शनिबार हुँदैछ ।
यस्ता छन् चन्द्रबहादुर गुरुङका योजना र प्रतिबद्धता
एनआरएनए भित्रको बेथितीहरु देख्दा र संझदा प्रायः हामीहरु यस संस्थाप्रति असुन्तुष्ट र बितृष्णा त छंदैछ तर पोखरी मैला भयो भनेर आलोचना मात्रा गरिराख्ने त्यसभित्रै पसेर सफा गर्ने हिम्मत नगर्ने हो भने पोखरी सधैं मैला को मैला रहने भयो । त्यस्तै, यस संस्थाप्रति जत्ती नै गुनासो र बितृष्णा रहे पनि आखिर प्रबाशी नेपालीहरुको मुद्दाहरूलाई नेपाल सरकार समक्ष पुरयाउने र कार्यान्वयन गराउन सक्ने नेपाल सरकारबाट मान्यता प्राप्त एकमात्र संस्था भनेको एनआरएनए नै हो, यस संस्थाको बिकल्प अरु कुनै संस्था छैन ।
एनआरएनएको २१–२३का पदाधिकारीहरुको पदावधी सकिँदै गर्दा... २३–२५ लागि बिभिन्न देशहरुमा निर्वाचन भईरहेका छन । यूकेमा यही महिना जुलाई २२ तारिख २०२३ साल शनिबार बिभिन्न पदको लागि निर्वाचन हुँदैछ । बिगतमा एन आर एन यूके का धेरै कार्यसमितिहरुमा सल्लाहकार, २०१९–२१ मा एनआरएनए आइ सि सि मानर्थ सदस्य र को-ओपरेसन विथ गोर्खा टास्क फोर्स को अध्यक्ष को जिम्मेवारि सम्हालि केहि उल्लेखनीय उपलब्धिहरु हासिल गरेकोछु भने यूकेका बिभिन्न नेपाली समाजहरुसँग आबध्द भै समाजको नेतृत्वदाइ र महत्वपुर्ण भुमिका खेलि आएकोछु। एनआरएनए यूके र आइ सि सि (समग्र एनआरएनए ) मा संलग्न भएर सबैको सम्मानजनक र जिम्मेवारपुर्ण समाज बनाउन केही योगदान दिन सकिन्छ कि भन्ने सोच र इक्षा जाग्यो । म एक्लैले सबै समस्या समाधान गर्न सक्छु भन्ने त होइन तर कसैबाट पनि प्रयास नै भएन भने कहिल्यै सुधार तथा बिकास गर्न सकिंदैन ।
एनआरएनए युके र आइ सि सि मा बिगतका मेरो अनुभबहरु र नेपाली समाजहरुसँग मेरो आवद्दताको आधारमा समग्र एनआरएनए मै थप केहि योगदान दिनसक्छुकि भन्ने उदेश्याले गैर आवसिय नेपालि संघ यूकेको आसन्न निर्वाचन २०२३ मा आइसीसी सदस्य पदमा उम्मेदवारी दिएको छु ।
गोर्खाहरुको मुद्दा तथा सम्मुन्नत समाज मेरो प्रमुख प्राथमिकता हुनेछ । समाज, एकता अनि प्रतिबद्दता मेरो मुल नारा रहेको छ । एनआरएनए यूकेको आइसीसी पदमा रहेर नेपाली समाजप्रति थप उत्तरदायी हुने र सकेको योगदान दिने मेरो आकांक्षा रहेको हुंदा, आफ्नो अ्मूल्य भोट दिइ मेरो अनुरोधलाइ ग्रहण गरिदिनुहुन यूकेबासी तपाईं सम्पूर्ण नेपाली जनसमुदयलाई हार्दिक अपिल गर्दछु ।
हार्दिक नमन
चन्द्रबहादुर गुरुङ
एनआरएनए यूके आईसीसी सदस्य उम्मेदवार