लन्डन । बेलायतको Greater Rushmoor Nepali Community (GRNC) को सहकार्य र Blackwater Valley Runners (BVR) को साझेदारीमा आयोजित Rushmoor Wellesley 10K Run 2026 सफलतापूर्वक सम्पन्न भएको छ ।
आइतबार, ११ अक्टोबर २०२६ मा सम्पन्न दौडमा सहयोग गर्ने धावक, स्वयंसेवक, आयोजक, प्रायोजक तथा शुभचिन्तकप्रति GRNC ले आभार व्यक्त गरेको छ । ऐतिहासिक सैनिक सहर Aldershot नजिकै सुरु भएर त्यही क्षेत्रमा अन्त्य हुने उक्त दौड कुनै अप्रिय घटना बिना सम्पन्न भएको GRNC ले जनाएको छ । समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा धावक, स्वयंसेवक, मार्सल तथा समर्थकको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन Blackwater Valley Runners का अध्यक्ष Dave Porter, महासचिव Steve Low तथा संस्थाको सम्पूर्ण टोलीले महत्वपूर्ण भूमिका खेलेको GRNC ले जनाएको छ । त्यस्तै, GRNC का उपाध्यक्ष Jeet Menyangbo ले BVR को १० किलोमिटर दौड आयोजनाका लागि ५०० पाउन्ड आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको उद्घाटनका क्रममा Menyangbo ले औपचारिक घण्टी बजाएर दौड सुरु गराएका थिए । दुई किलोमिटर दौडमा सहभागी धावकहरूलाई Councillor Fauzia Khan, Councillor Dhan Sarki र GRNC अध्यक्ष Lila Seling Mabo ले पदक वितरण गरेका थिए ।
कार्यक्रममा Councillor Uttar Bahadur Gurung, Councillor Dhan Sarki, Councillor Fauzia Khan तथा भारतको सिक्किमकी अभिनेत्री Shyama Shree Sherpa लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमको व्यवस्थापनमा GRNC उपाध्यक्ष Jeet Menyangbo ले संयोजनको जिम्मेवारी सम्हालेका थिए भने Councillor Uttar Bahadur Gurung ले प्रमुख संयोजकका रूपमा भूमिका निर्वाह गरेका थिए । Kiran Budamagar Magar ले प्राविधिक सहयोग गरेका थिए ।
सेवानिवृत्त लेफ्टिनेन्ट Sunil Rana ले प्रशासनिक कागजात तयार पारेका थिए। त्यस्तै, Bimal Gurung ले स्वयंसेवकका लागि चिया, कफी, कागजी कप तथा खाना आधा मूल्यमा उपलब्ध गराएका थिए । Sushila Thapa Magar, Subash Rai र Sanjay Rai ले GRNC को शिविर व्यवस्थापन गरेका थिए । सञ्चार संयोजक गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु र सहायक सञ्चार संयोजक Goma Rana ले तस्बिर, भिडियो तथा समाचार संकलनमा सहयोग गरेका थिए । दर्ता, खानेपानी वितरण, खाजाको व्यवस्था, मार्ग व्यवस्थापन र धावकलाई आवश्यक सहयोग पुर्याउने स्वयंसेवकहरूको योगदान पनि महत्वपूर्ण रहेको GRNC ले जनाएको छ ।
कार्यक्रम सञ्चालनका लागि विभिन्न व्यक्तिले आर्थिक सहयोगसमेत गरेका थिए । Lila र Shree Mabo, Prajesh Shrestha, Puran Giri, Anita Rai तथा Harka र Jagan Gurung ले जनही ५० पाउन्ड सहयोग गरेका थिए । Lucky Dragon Restaurant का सञ्चालक Rekhiram Rana ले Pipers Bhanji का लागि १०० पाउन्ड नगद सहयोग गरेका थिए । Top Palli, सेवानिवृत्त क्याप्टेन Gary Ghale र Councillor Uttar Gurung ले जनही २५ पाउन्ड सहयोग गरेका थिए । त्यसैगरी, Councillor Dhan Sarki ले ५० पाउन्ड, सेवानिवृत्त मेजर Yogesh Rai ले १०० पाउन्ड र Omprasad Thapa Kaucha ले २५ पाउन्ड सहयोग गरेका थिए ।
कार्यक्रमका लागि अन्य व्यक्तिहरूले पनि आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराएका थिए । GRNC अध्यक्ष Lila Seling Mabo, महासचिव सेवानिवृत्त लेफ्टिनेन्ट Sunil Rana तथा संस्थाको सम्पूर्ण परिवारले जारी गरेको धन्यवाद सन्देशमा कार्यसमिति, पूर्वअध्यक्ष, ट्रस्टी, सल्लाहकार, सदस्य, स्वयंसेवक, धावक, मार्सल, सहयोगी र प्रायोजकप्रति आभार व्यक्त गरिएको छ ।
समुदायको एकता र सहकार्यबाट कार्यक्रम सफल भएको उल्लेख गर्दै GRNC ले आगामी दिनमा पनि संस्थालाई निरन्तर साथ, सहयोग र माया प्रदान गर्न सबैमा आग्रह गरेको छ । संस्थाले आर्थिक सहयोगसँगै समय, श्रम र सीप प्रदान गर्ने प्रत्येक व्यक्तिको योगदानलाई समुदायको अमूल्य सम्पत्तिका रूपमा लिएको जनाएको छ ।
