बेलायत । नेपाली कला, संस्कृति, भाषा तथा मौलिक परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली कलाकार तथा प्रस्तोता समाज, बेलायत (NAPSUK) द्वारा आयोजित तिहार विशेष देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम शुक्रबार, १३ नोभेम्बर २०२६ का दिन फोक्सटनस्थित द फ्लेमिन चिकेन (The Flaming Chicken) मा भव्य, सभ्य तथा उल्लासमय वातावरणमा सम्पन्न भएको छ।
नेपाली मौलिक संस्कृति, आपसी सद्भाव, एकता र भाइचाराको भावनालाई सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, समाजसेवी, कलाकार, संस्थाका सल्लाहकार, पदाधिकारी, सदस्य तथा नेपाली समुदायका महानुभावहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथि तथा पाहुनाहरूलाई परम्परागत नेपाली शैलीमा खादा लगाएर आत्मीय स्वागत तथा सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्व क्याप्टेन रामबहादुर पुन, फोक्सटन गोर्खा नेपाली समुदायका पूर्व अध्यक्ष झपिन्द्र थापा, निकोलस गाउडी (Nick Goudie) तथा उनका धर्मपत्नी एवं NAPSUK की कलाकार सदस्य दिलमाया राईलगायत विभिन्न अतिथि तथा शुभचिन्तकहरूको गरिमामय उपस्थिति रहेको थियो।

अध्यक्ष थिर थापाद्वारा खुसी तथा आभार व्यक्त
संस्थाका अध्यक्ष थिर थापाले कार्यक्रमप्रति कलाकार, सदस्य, अतिथि तथा सम्पूर्ण सहभागीहरूले देखाएको उत्साह, खुसी र आत्मीयताबाट आफू अत्यन्त प्रफुल्लित भएको बताए।
उनले सबैको सामूहिक प्रयास, सहयोग र सक्रिय सहभागिताका कारण कार्यक्रम सफल भएको उल्लेख गर्दै सम्पूर्ण कलाकार, पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरूलाई निरन्तर प्रोत्साहन गरे।
नेपाली कला, संस्कृति र परम्पराको संरक्षणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले आफ्नो अमूल्य समय निकालेर कार्यक्रममा उपस्थित हुने सम्पूर्ण अतिथि, कलाकार तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गरे।
कार्यक्रम सञ्चालन तथा धन्यवाद ज्ञापन
कार्यक्रमको सञ्चालन संस्थाका सचिव शोभराज गुरुङले गरेका थिए।
त्यसैगरी, संस्थाकी उपाध्यक्ष कल्पना राई (कुञ्जु) ले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगण, कलाकार, सल्लाहकार, पदाधिकारी, सदस्य, सहयोगदाता तथा शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।
उनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैको साथ, सहयोग र सद्भावप्रति विशेष आभार व्यक्त गरे।
अतिथिहरूद्वारा कार्यक्रमको प्रशंसा
कार्यक्रममा उपस्थित पूर्व क्याप्टेन रामबहादुर पुन तथा फोक्सटन गोर्खा नेपाली समुदायका पूर्व अध्यक्ष झपिन्द्र थापाले कार्यक्रमप्रति प्रसन्नता व्यक्त गर्दै आयोजक संस्था, कलाकार तथा सम्पूर्ण सहभागीहरूको प्रशंसा गरे।
उनीहरुले उपस्थित अतिथि तथा सदस्यहरू अत्यन्त खुसी देखिएको, सबैले सांस्कृतिक प्रस्तुतिहरूको भरपूर आनन्द लिएको तथा कार्यक्रमले नेपाली समुदायबीच आत्मीयता र एकताको भावना अझ प्रगाढ बनाएको उल्लेख गरे।
मौलिक देउसी–भैलो तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति
कार्यक्रममा परम्परागत नेपाली देउसी–भैलोसँगै विभिन्न नेपाली गीत–सङ्गीत, नृत्य तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो।
कलाकारहरूको आकर्षक प्रस्तुति, सहभागीहरूको उत्साह र सामूहिक रमाइलोले कार्यक्रमलाई थप जीवन्त तथा स्मरणीय बनाएको थियो।
सहभागीहरूले खुलेर नाचगान गर्दै तिहारको मौलिक सांस्कृतिक वातावरणमा भरपूर मनोरञ्जन लिएका थिए।
स्वादिष्ट भोजन, आत्मीय आतिथ्य तथा विशेष योगदान
कार्यक्रमका लागि हल उपलब्ध गराउनुका साथै स्वादिष्ट खाना, विभिन्न परिकार तथा पेयपदार्थहरूको व्यवस्थापन गर्नुभएकोमा द फ्लेमिन चिकेनका सञ्चालक विकास गुरुङज्यू तथा उहाँकी धर्मपत्नी सिर्जना गुरुङज्यूप्रति संस्थाले विशेष आभार एवं हार्दिक धन्यवाद व्यक्त गरेको छ।
त्यसैगरी, संस्थाकी सदस्य दिलकुमारी थकालीज्यूले आफ्नै मेहनत र आत्मीयताका साथ अत्यन्त स्वादिष्ट सेलरोटी तथा अचार तयार गरी कार्यक्रममा ल्याएर सम्पूर्ण सहभागीहरूलाई खुवाउनुभएकोमा उहाँको योगदानको उच्च प्रशंसा गर्दै विशेष धन्यवाद व्यक्त गरिएको छ।
संस्थाका सहसचिव गणेश पुनदुले आफ्नो स्वास्थ्य अवस्था केही असहज हुँदाहुँदै पनि स्वादिष्ट चिकेन राइस तयार गरी कार्यक्रममा उपलब्ध गराएका थिए। उनको समर्पण, सक्रियता तथा संस्थाप्रतिको सहयोगी भावनाको उच्च कदर गर्दै संस्थाले विशेष आभार व्यक्त गरेको छ।
यसरी विभिन्न व्यक्तित्वहरूको आत्मीय सहयोगबाट उपलब्ध गराइएका सेलरोटी, अचार, चिकेन राइस तथा द फ्लेमिन चिकेनका विविध स्वादिष्ट परिकारहरूले कार्यक्रमको खानपानलाई थप आकर्षक बनाएको थियो।
उपस्थित अतिथि तथा सहभागीहरूले विभिन्न परिकारहरूको भरपूर आनन्द लिँदै स्वादिष्ट भोजन तथा उत्कृष्ट आतिथ्यको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रमको अन्त्यमा बाँकी रहेका सेलरोटीलगायत विभिन्न परिकारहरू उपस्थित महानुभावहरूलाई घरमा समेत लैजान मिल्ने गरी बाँडिएको थियो। यस आत्मीय व्यवहारले नेपाली समुदायमा रहेको आपसी माया, सद्भाव, सहयोग र पारिवारिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको थियो।
हल सजावट, व्यवस्थापन तथा स्वयंसेवी सहयोगको उच्च प्रशंसा
कार्यक्रम सफल बनाउन बिहानैदेखि कार्यक्रमस्थलमा उपस्थित भई हल सजावट, तयारी तथा व्यवस्थापनमा सहयोग पुर्याउनुहुने संस्थाकी कोषाध्यक्ष लक्ष्मी थापा, कमल राई, सहसचिव गणेश पुन तथा अन्य सम्पूर्ण पदाधिकारी, सदस्य एवं सहयोगीहरूको योगदानको संस्थाले उच्च प्रशंसा गरेको छ।
कार्यक्रमको तयारीदेखि समापनसम्म निःस्वार्थ भावनाका साथ समय, श्रम तथा सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति संस्थाले विशेष कृतज्ञता व्यक्त गरेको छ।

सम्पूर्ण अतिथि, कलाकार, सहयोगी तथा सहभागीहरूलाई धन्यवाद
कार्यक्रमको सफलताप्रति खुसी व्यक्त गर्दै नेपाली कलाकार तथा प्रस्तोता समाज, बेलायत (NAPSUK) का अध्यक्ष थिर थापा, सचिव शोभराज गुरुङ तथा सम्पूर्ण कार्यसमिति एवं संस्था परिवारको तर्फबाट कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण अतिथिगण, संस्थापक, सल्लाहकार, पदाधिकारी, कलाकार, सदस्य, स्वयंसेवक, सहयोगदाता, शुभचिन्तक, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता, उच्च सम्मान एवं धन्यवाद व्यक्त गरिएको छ।
कार्यक्रममा उपस्थित भई नेपाली कला, संस्कृति र मौलिक परम्पराप्रति माया, सद्भाव र ऐक्यबद्धता प्रकट गर्नुहुने सबै महानुभावहरूको सहभागिता नै कार्यक्रमको मुख्य सफलता रहेको संस्थाले जनाएको छ।
विदेशमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र पहिचानलाई जीवन्त राख्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने महान् उद्देश्यका साथ यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता संस्थाले व्यक्त गरेको NAPSUK का सचिव शोभराज गुरुङले जानकारी दिए।