लन्डन । ब्रिटिस आर्मीबाट अवकाश प्राप्त लेफ्टेनेन्ट कर्नेल टोलबहादुर खाम्चा मगर बेलायतको राजा चार्ल्स तृतीयको आन्तरिक सुरक्षा दल (किङ्स गार्ड)मा आबद्ध भएका छन् । उनी विभिन्न चरणको छनोट प्रकृयाहरु पार गर्दै राजा चार्ल्स तृतीयको आन्तरिक दलमा छनोट भएका हुन्। यसरी बेलायतको राजसंस्थाको आन्तरिक सुरक्षा दलमा आबद्ध हुने खाम्चा मगर पहिलो नेपाली तथा गोर्खाली हुन् ।
कर्नेल खाम्चा मगरले २० फेब्रुअरी २०२५ देखि आपनो कार्यभार सम्हाल्ने बताएका छन् । गोर्खालीहरु ब्रिटिस आर्मीमा सेवा गरेको २१० वर्षको इतिहासमा टोल खाम्चा चौथो लेफ्टेनेन्ट कर्नेल हुन् । यसभन्दा पहिला लालबहादुर पुन, विजय रावत, यामबहादुर राना लेफ्टिनेन्ट कर्नेलको दर्जामा पदोन्नति भएर पनि निवृत्त भइसकेका छन्।
स्वर्गीय पिता चन्द्रवीर खाम्चा र माता नरमता खाम्चाको कोखबाट स्याङ्जा जिल्ला शिरकोट करादिमा वि.स. २०२५ मा टोलबहादुर खाम्चाको जन्म भएको हो । तोल खाम्चाको प्रारम्भिक शिक्षा गाउँमा आफ्नै जग्गामा बाबाको सक्रियतामा बनेको स्कुलमा कक्षा तीनसम्म, पैयुँखोला हटियामा अवस्थित श्री जनसेवा निम्न माध्यमिक विद्यालयमा चार कक्षामा अध्ययन गरेका थिए ।
खाम्चा मगरले संसारका विभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छन् । जस्तै: नेपाल, भारत, बेलायत, अमेरिका, हंगकंग, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड, मलेसिया, फिजी, कतार, इराक, दुवई, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बेलिज, बोजनिया, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत युरोपका बिभिन्न मुलुकहरु तथा संसारका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन् ।