Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
विचार/व्लग
  • Home
  • विचार/व्लग
  • रवि लामिछाने, सहकारी र रास्वपाको भविष्य
रवि लामिछाने, सहकारी र रास्वपाको भविष्य
सुरज श्रेष्ठ
सुरज श्रेष्ठ शनिबार, असार १, २०८१

राजनीति क्रूर हुन्छ । प्रतिस्पर्धीलाई सखाप नै पार्नेगरी यो खेल खेलिन्छ । राजनीति सत्ता र शक्ति प्राप्तिकै लागि खेलिने खेल पनि हो । तर, प्रजातान्त्रिक प्रणालीमा यो खेलको पनि केही नियम, मूल्भ्याय र सीमा हुन्छन् जुन यसका खेलाडीले अबलम्बन गर्न जरुरी छ ।

नेपालमा अहिले सहकारी समस्याबारे छानबिन समिति बनिसकेको छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने पनि मुछिएका छन् । लामिछाने हुन् वा अरू, संसद्‌मा बहुमत र सत्तामा हुँदैमा सार्वजनिक पदमा बसेको व्यक्तिले जन सरोकारको विषयमा प्रश्न उठेपछि आफूमाथि छानबिन हुनै हुँदैन भन्नु आफूलाई कानुनमाथि भएको आभास दिलाउने एक ‘अथोरिटेरियन’ अभ्यास मात्र हो । (र, संसद् अवरोध गर्ने अभ्यास पनि राम्रो प्रजातान्त्रिक अभ्यास भने होइन।)

नेपालको राजनीतिका अधिकांश पुराना खेलाडी झैँ देखिँदै छन् लामिछाने पनि । उनले सहकारी मुद्दामा जुन अडान लिइरहेको र आफूमाथि छानबिन नगराउन सत्ता शक्तिको बलमा जे जस्ता तर्कहरू दिइरहेको देखेँ, यसले उनकै व्यक्तिगत र राजनीतिक उचाइलाई गिराएको छ भन्ने लाग्छ । 

उदाहरणको लागि, अघिल्लो निर्वाचनमा बेलायतमा बस्ने धेरै नेपालीले लामिछाने र उनको पार्टीलाई भरपुर सहयोग गरेको पाएको थिएँ । धेरैले नेपालमा बस्ने आफ्नो परिवार, आफन्त र साथीभाइलाई उनको पार्टीमा मतदान गर्न आव्हान गरेका थिए! तर लामिछानेको यस्ता गतिविधिबाट उनी र उनको पार्टीलाई समर्थन गर्ने धेरै बेलायतवासी नेपाली उनी र उनको पार्टीबाट बिच्किएको पाएको छु, अहिले । सम्भवतः धेरै बेलायतवासी नेपालीले अर्को निर्वाचनमा उनी र उनको पार्टीलाई त्यसरी सहयोग गर्ने छैनन् । 

नेपाल भित्रै पनि, सामाजिक सञ्जालमा देखिएका उनका केही समर्थक बाहेक, डेमोक्रेसी, कानुनी राज्य र सिस्टम बसेको देख्न चाहने सचेत नेपालीले लामिछानेको यस्ता हर्कत मन नपराएको पाएको छु । भर्खरै भएको इलामको चुनावी परिणामले पनि यो कुरा इंगित गरेको छ ।

मान्छेको जात हो, पदको लोभ सबैलाई हुन्छ तर दीर्घकालीन भलाइको लागि राजनीतिमा अल्पकालीन ‘स्याक्रिफाईस’ गर्न पनि तयार हुनुपर्छ । राजनीतिमा कहिलेकाहीँ दुई कदम अघि बढ्न एक कदम पछि हट्नु पनि बुद्धिमत्ता हुन्छ! 

लामिछाने र रास्वपालाई जनताले सरकारमा जाने म्यान्डेट दिएकै होइन । अघिल्लो चोटि सरकारमा गएर उनीहरूले गल्ती गरे । फेरि सरकारमा गएर दोस्रो गल्ती गरे ।  त्यसमाथि, लामिछानेको सांसद पद गुम्दा रास्वपा पुरै पार्टी नै सरकारबाट बाहिरिनु तथा दोस्रो चोटि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुदा हुदै पनि आफू नै गृहमन्त्री बन्नुले पनि रास्वपा एक व्यक्तिवादी र खासगरी लामिछाने केन्द्रित पार्टी हो भन्ने स्पष्ट भएको छ । हाम्रा पार्टी सभापति सहकारी मुद्दामा दोषी ठहरिए भने हामी रास्वपाका सबै सांसदले राजनीति छाडिदिन्छौ, भन्ने रास्वपाका एक सांसदको अभिव्यक्तिले त यो बुझाएको छ कि लामिछाने पार्टीभन्दा माथि छन् । यस पार्टीका सांसद लामिछानेका रैती हुन् । एउटा नयाँ राजनीतिक पार्टीको यो अवस्था हुनुले नेपालको डेमोक्रेसीलाई पक्कै सघाउँदैन । 

बेलायतको कुरा गर्दा भने, कोभिड केसमा बेलायतका वर्तमान प्रधानमन्त्री ऋषि सुनकमाथि नै छानबिन भएर दण्ड गरिएको थियो । सुनकले छानबिनलाई कुनै मुद्दा बनाएनन् । पब्लिकमा प्रश्न उठेपछि पदीय जिम्मेवारी बोकेका व्यक्तिहरू पब्लिकप्रति जिम्मेवार हुनैपर्छ र छानबिनको घेरामा आउनै पर्छ । यो एक डेमोक्रेटिक अभ्यास र पब्लिक प्रतिको पारदर्शिता पनि हो भन्ने बुझ्नुपर्छ ।

बेलायतको संसद्‌मा अहिले एक पब्लिक ‘इनक्वरी’ पनि भएको छ। जुन केही हदसम्म लामिछानेको सहकारी इस्युसँग मिल्दोजुल्दो छ । रायल मेअल नामको एक पोस्ट अफिस कम्पनीमा कार्यरत पैसा ह्यान्डलिङ गर्ने सामान्य कर्मचारीहरूले यो कम्पनीको पैसा हिनामिना गरेको देखियो । उनीहरू कानुनी कारबाहीमा परे, धेरै जेल पनि परे । तर लामो समयपछि यो थाह भयो कि खासगरी ती कर्मचारीहरू निर्दोष रहेछन् । त्यो त यो कम्पनीले प्रयोग गरेको सफ्टवेयर फल्ट रहेछ । यस इन्क्वेरीमा यस कम्पनिका पूर्वसीईओ पनि छानबिनको घेरामा तानिए । जुन घटना धेरै वर्षअघि यी सीईओको कार्यकालमा भएको थियो । मैले यो कम्पनी छोडिसकेँ भनेर ती सीईओले उन्मुक्ति पाएनन् । आफू एक एक्जेक्युटिभ भएर काम गरेको बेलामा भएको इस्युमा लामिछाने पनि जबाफदेही हुनैपर्छ, मैले त्यो कम्पनी छाडिसकेँ वा मेरो केही गल्ती छैन भनेर शक्तिको आडमा भाग्न पाउँदैनन् ।

लामो समय डेमोक्रेटिक अभ्यास गरेको बेलायत जस्तै भरखरै डेमोक्रेटिक अभ्यास गरिरहेको नेपाल हुनुपर्छ भन्ने मेरो आशय होइन यहाँ । तर नेपालले वेस्टमिन्स्टर मोडलकै डेमक्रटिक सिस्टम  फलो गरिरहेको हुँदा लामिछाने र उनको पार्टीले बेलायतका यस्ता अभ्यासबाट केही सिक्न सक्छन् । खासगरी नेपालमा डेमोक्रेसी, कानुनी राज्य र सिस्टम प्रवर्द्धन गर्न यसले सहयोग नै पुर्‍याउँछ भन्ने लाग्छ । 

अनि, यस्तै इस्युहरूमा लामिछानेले प्रतिपक्षमा बस्दा गरेको प्रश्न आफू सत्तापक्षमा बस्दा आफूमाथि चाहिँ लागू नहुने भन्ने हुँदैन । थिति र अवस्था बदल्छु भनेर राजनीतिमा आएका उनीजस्ता नयाँ व्यक्ति र पार्टीले नै खाली पदप्राप्ति वा पदमा बसिरहन पुरानालाई नै माथ गर्ने गरी दोहोरो चरित्र निभाउने हो भने त यसले नेपालको राजनीतिप्रति जनतामा झनै वितृष्णा बढाउने निश्चित छ ।

फेरि, उनी र उनका पार्टीका सांसदले पुरानाले गरेको गलत कार्यको हवाला दिँदै सहकारी इस्युमा पुरानालाई यो पनि भनिरहेको पाएँ– ‘तिमीहरूले गर्न हुने, हामीले चाहिँ गर्न किन नहुने?’ खाली पद प्राप्तिकै लागि मात्र लामिछाने र उनका सांसदले राजनीति गरेको भए त भन्नु केही छैन । तर नेपालको राजनीतिमा रहेको फोहर सफा गर्न आएका हुन भने चाहिँ यो बुझ्नुपर्छ कि दुई वटा गलतले एउटा सही कदापि बनाउन सक्दैन । 

अझ, एक रास्वपा सांसदले संसद्‌मा यो पनि भनेको सुनेँ– ‘पुरानाले गरेनन् र हामी गर्छौं भनेर राजनीतिमा आएका होइनौँ ।’ यसले के संकेत गरेको पाएँ भने, उनीहरू नयाँ हुन् तर पुराना भन्दा फरक होइनन्! 

त्यस्तैगरी, लामिछाने र रास्वपा दीर्घकालीन रूपमा नै नेपालको राजनीतिमा आएका हुन् भने आफ्नो सोच र गतिनिधिमार्फत पुरानाभन्दा फरक देखाउनै पर्छ । आफ्नो राजनीतिक दर्शन, संस्कार, भिजन, पोलिसी र यसको कार्यान्वयन गर्ने तरिकामा स्पष्ट बन्नै पर्छ । अर्कातिर, लामिछाने र रास्वपाका सांसदको एक्सनमा फरकपन र सही नियत देखिनै पर्छ ।

रास्वपाले तान्ने भनेका पुराना ठूला पार्टीका मतदाता नै हुन् । पुराना ठूला पार्टीका बफादार मतदाता यति अबुझ पनि छैनन् कि खाली नयाँ भएर गफ दिएकै भरमा नयाँप्रति आकर्षण हुन् । वेटरको गफमा लठ्ठिएर ‘मोमो’ छाडेर पिज्जा खान पुगेका नेपालीले ‘पिज्जा’ बासी पाएपछि फेरि मोमोतिरै फर्किए भने यसलाई पनि अस्वाभाविक मान्न नसकिएला । यस अर्थमा, यो सहकारी इस्यु, लामिछाने र रास्वपाको एक परीक्षण पनि हो । 

हुनतः अहिले ‘पपुलिज्म’को ट्रेन्ड छ संसारभरि नै । तर पनि लामिछानेले यो पनि बुझ्नुपर्छ कि पपुलिज्मले एक दुईचोटी जनता झुक्याउन सकिएला, सधैँ होइन । 

अझ मुख्यकुरा, लामिछानेमा राजनीतिक परिपक्वता र राम्रो सुझबुझको अभाव देखिन्छ ।  पदको लोभले हो वा भिडको दम्भले, राजनीतिक अनुभवको अभावले हो वा अज्ञानताले, सहकारी इस्युमा जस्तै उनले एकपछि अर्को गल्ती गर्दै गइरहेछन् । यही क्रम रहिरह्यो वा बढ्दै गयो भने लामिछाने र रास्वपा पनि एक ‘कमल थापा वा नानीमैयाँ दाहाल फेनोमेना’ मात्र हुनेछन् । राजनीतिमा जसरी द्रुत: गतिमा उदाए, त्यही गतिमा अस्ताउने छन् ।

(याे लेखककाे निजी विचार हाे।)


प्रकाशित मिति: शनिबार, असार १, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार/व्लग
मेरा लागि अत्यन्त सुखद सप्ताहान्त
मेरा लागि अत्यन्त सुखद सप्ताहान्त मंगलबार, वैशाख ३०, २०८२
ट्रम्प, ट्रेड वार र विश्व प्रभाव : मेरो एक संक्षिप्त अवलोकन
ट्रम्प, ट्रेड वार र विश्व प्रभाव : मेरो एक संक्षिप्त अवलोकन बिहीबार, वैशाख २५, २०८२
छापा पत्रकारिता : सम्भावना र रणनीति
छापा पत्रकारिता : सम्भावना र रणनीति बुधबार, वैशाख १७, २०८२
वैसाख १ ले नेपाली विरासत बोक्छ ?
वैसाख १ ले नेपाली विरासत बोक्छ ? सोमबार, वैशाख १, २०८२
विचार : नेपालमा संवैधानिक राजतन्त्र कि गणतन्त्र विवादको शान्तिपूर्ण निकास
विचार : नेपालमा संवैधानिक राजतन्त्र कि गणतन्त्र विवादको शान्तिपूर्ण निकास बुधबार, चैत २०, २०८१
मेरो अनुभवमा नेपाली कांग्रेस : हिजो, आज र भोलि
मेरो अनुभवमा नेपाली कांग्रेस : हिजो, आज र भोलि बिहीबार, पुस ४, २०८१
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्