लन्डन । ग्रेटर रशमूर नेपाली कम्युनिटी (जीआरएनसी)ले शनिबार रिमेम्बरेन्स डे मनाएको छ ।
अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा विभिन्न कार्यक्रम गरी नोभेम्बर १२ शनिबार २०२२ मा रिमेम्बरेन्स डे मनाइएको हो । कार्यक्रम बिहान १०:४० देखि बिहान ११:१० बजेसम्म भएको थियो । प्रिन्सेस गार्डेनको कारपार्कबाट सुरु भई मार्चपास प्रथम भिसी कुलवीर थापालगायत १४ भीसीको स्ट्याचुको अगाडि जम्मा भएको थियो ।
पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका पुर्खाहरुको सम्झनामा आयोजित कार्यक्रम संयोजक सल्लाहकार क्या रि ग्यारी घलेले सञ्चालन गरेका थिए । कार्यक्रममा सहसंयोजक मेजर रि खिम गौचनले इपितहा पढे भने २ मिनेट मौन धारण गरेपछि पाइपर धुन बजाइएको थियो । त्यस्तै लामागुरुले मन्त्र पढेका थिए । त्यसलगत्तै जीआरएनसीका अध्यक्ष मान गुरुङ, मेयर अफ रशमूर बोरो काउन्सिल जोहोंन मार्श, लेफ्टिनेन्ट कर्नेल निक्क बुर्ले, काउन्सिल लिडर डेभिड क्लिफ्फोर्ड, नेपाली कम्युनिटीका लिडरहरुले रिथ चढाएका थिए । पूर्वअध्यक्षहरु तथा अन्यले पुष्पगुच्छा चढाएका थिए ।
कार्यक्रमलाई सफल बनाउन क्युजीआरएल, गुर्खा आमा समूह अल्डरसट एम्पायर हल, विभिन्न नेपाली संघ संस्थाहरु, संयोजक ग्यारी घले, सहसंयोजक खिम गौचन, बिशाल गुरुङ र श्याम श्रेष्ठलगायत सम्पूर्ण कार्यसमिति, सल्लाहकारहरु, सदस्यहरु र अन्य व्यक्तिहरुबाट प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गरेको अध्यक्ष मान गुरुङले बताए । अध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित भएर गौरव बढाइदिएको र सफल बनाइदिएको भन्दै सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।