Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • गुरुङ मौलिक संगीतमा उदाएकी मोडल तथा नायिका लक्ष्मी
गुरुङ मौलिक संगीतमा उदाएकी मोडल तथा नायिका लक्ष्मी
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, कात्तिक ५, २०७९

मौलिक भाका एवं गुरुङ मातृभाषाका गीतमा मोडलिङ र अभिनय गर्न तल्लिन छिन् लक्ष्मी गुरुङ । २०५६ साल असोजमा गोरखाको पालुङटार नगरपालिका १० मा जन्मिएकी लक्ष्मी ७ वर्षअघि मौलिक कौडा ‘डालीको फूल’बाट औपचारिकरुपमा यस क्षेत्रमा लागेकी हुन् । मध्यम वर्गीय परिवार  बुबा मेहरसिं गुरुङ र आमा मुना गुरुङकी जेठी सन्तान लक्ष्मीले त्यसपछि धमाधम अवसर पाइन् । ०७७ मा ‘सिरानचोके चेली’, लोकदोहोरी ‘जाले रुमाल’, चुड्का ‘हे ठूली’मा नृत्य तथा अभिनय गरिन् । विजय लामाको लोकपप ‘हे रिमै’मा लक्ष्मीले अभिनयको मुख्य भूमिका सम्हालिन् । 
०००
लक्ष्मीले विद्यार्थीकालमै कला क्षेत्र अँगालेकी हुन् । लक्ष्मीको क्षमता र इच्छाशक्तिका कारण मौलिक सालैजो ‘लाहुरेको कर्म’, चुड्का ‘झुल्के घाम हेरौंला कान्छा’ लगायतमा अवसर पाइन् भने ०७९ मा आइपुग्दा ‘पूर्णिमाको जून’, ‘माइली’ कौरा/चुड्कासहित दुई दर्जन हाराहारीमा म्युजिक भिडियोमा खेलिसकिन् । त्यस्तै गीतकार मिलन तमु र आरके गुरुङको रोधीघर आँगन-३ जाला उमेर कौडा गीत, गायक शितल र अनु गुरुङको लोकगीत ‘तिम्रो माया छ केलाई छैन’मा समेत कला प्रस्तुत गरेकी छन् । 

आफूलाई यो क्षेत्रमा अघि बढ्न मौलिक गीत, संगीतका कोरियोग्राफर, चलचित्र निर्माता तथा निर्देशक दीप गुरुङको ठूलो देन रहेको सुनाइन् लक्ष्मीले । ‘यो फिल्डमा दीप दाइलाई बाबाआमापछिको अभिभावक मान्छु । उहाँले धेरै मलाई पुस गर्नुभएको छ,’ गोर्खा मिडिया संवाददातासँग अभिनेत्री लक्ष्मीले भनिन्, ‘दीप दाइले नै मलाई यो फिल्डमा ल्याउनुभएको हो ।’  

उनै गुरु दीप गुरुङ निर्देशित ‘नैना’मार्फत चलचित्र क्षेत्रमा डेब्यू गरिन् उनले । गत भदौ १८ मा उक्त चलचित्रको पहिलो प्रदर्शन काठमाडौंमा भएको थियो । लक्ष्मी नायिकाको रुपमा रहेको नैना तनहुँको आँबुखैरेनी, चितवन, गोरखाको सिरानचोकलगायत ठाउँमा प्रदर्शन भइसकेको छ ।   
०००
कलाकारिता होस् वा अन्य जुनसुकै विधा, कोही कसैले पुस गरेर मात्रै अघि बढ्न सकिँदैन । स्वयंमा चाहना र लगनशीलता हुनुपर्छ । लक्ष्मीमा पनि बालापनदेखि नै कलाक्षेत्रमा लाग्ने रहर जागेको थियो । र, उनमा क्षमता पनि देखियो । लक्ष्मीबारे निर्देशक दीप गुरुङले भने, ‘बहिनी लक्ष्मी अहिले गुरुङ मौलिक संगीतमा जल्दोबल्दो मोडल तथा नायिका हुन् । उनको पृथक्, दमदार अभिनय गर्ने खुबीले सबैको मन जित्न सफल भएकी छिन् ।’


०००
गोरखामा जन्मिए पनि लक्ष्मीले प्रवेशिका परीक्षा (एसएलसी) भने ०७२ मा पञ्चकन्या माध्यमिक विद्यालय छाउनी काठमाडौंबाट उत्तीर्ण गरेकी हुन् । प्लस टु (कक्षा ११/१२)मा होटल म्यानेजमेन्ट विषय लिएकी लक्ष्मीले कलाकारिताको व्यस्तताले औपचारिक पढाइ अघि बढाउन सकिनन् र कलाकारिताको ‘महाविद्यालय’मा धाइरहेकी छन् ।   

‘फस्टटर्मको परीक्षा बेला सुटिङका लागि बागलुङ गएँ । जुन पञ्चेबाजाको गीत थियो । त्यहाँबाट नै पढाइलाई निरन्तरता दिन सकिनँ,’ उनले सुनाइन् । लक्ष्मीको इच्छाअनुसार संगीत क्षेत्रका अग्रज र अभिभावकको पनि भरपुर सहयोग मिलेको छ । ‘बाबाममीले मेरो काम देखेर प्राउड गर्नुहुन्छ । छोरा भने पनि, छोरी भने पनि तैँ हो । तैँले जस्तो गरे पनि यहीमा गर्दै जा भन्नुहुन्छ,’ लक्ष्मीले हौसिँदै भनिन्, ‘बाबाममीको मप्रति फुल्ली सपोर्ट हो । मैले यो काम गर्छुभन्दा उहाँहरुले नाइँनास्ती गर्नुहुन्न ।’
०००
आफैंले कमाउँदै क्याम्पस पढेकी लक्ष्मीले कला क्षेत्रमा पनि घरबाट कुनै आर्थिक सहयोगबिना अगाडि बढेकी हुन् । अग्रजहरुले लक्ष्मीले यत्ति गर्न सक्छिन् भनेर जिम्मा दिने गरेका छन् । ‘मैलेचाहिँ डान्स प्लस याक्टिङ गर्छु । उहाँहरु (गुरु वा निर्देशक)ले दिनुभएको जिम्मेवारी जस्तोसुकै भए पनि म सक्छु भन्ने लाग्छ,’ लक्ष्मीले निर्धक्कका साथ भनिन्, ‘उहाँहरुले पनि यसले यत्तिको काम गर्न सक्छिन् भन्ने विश्वास गर्नुभएको छ ।’ 

 

आफूलाई कला क्षेत्रमा सशक्तरुपमा उभ्याउन सफल उनी दर्शकको माया अनि परिवार, आफन्तको आशीष पाइरहन्छिन् । ‘मेरा सँगै पढेका साथीहरुदेखि लिएर अग्रज दाइ, भाउजु दिदी, बाजे, फुपूहरु सबैले राम्रै गर्दैछेउ । यसरी नै जाउ । अझै अगाडि बढेको देख्न पाऔं । ठूल्ठूला पर्दामा पनि देख्न पाऔं भन्नुहुन्छ,’ उनले सुनाइन् । 
०००
यही फिल्डबाट धेरै मान्छेहरु चिनेर अगाडि बढ्न पाए राम्रो हुने उनको अपेक्षा छ । ‘आफूले जुन काम गर्दै गयो त्यही मन पर्दोरहेछ । त्यही काम सजिलो पनि । पर्दामा देखिनु पनि ठूलो कुराजस्तो भयो त्यो बेला । दुई/चार पैसामात्रै कमाइको कुरा भएन यस्तो गरियो भन्ने हुने भयो नि !,’ उनले पेसाप्रति गौरवबोध गर्दै भनिन् । तर कतिपय बेला यही पेसामा मात्रै दगुरेर हुँदैन कि भन्ने पनि लाग्छ उनलाई । ‘केही विजनेस त आफूले पर्सनल्ली गर्नैपर्छ । त्यो भएन भने यहीले मात्रै पुग्दैन होला ।’ उनले मेकअप क्लास लिइरहेकी छन् । कोर्स सकेपछि त्यही क्षेत्रमा केही समय खर्चने लक्ष्मीको लक्ष्य छ ।
०००
विद्यार्थी सँधैको विद्यार्थीमात्रै हुन्नन्, शिक्षक वा गुरु पनि बन्छन् । लक्ष्मीको प्रतिभा अरुले जर्ज गर्छन् । गरिरहेका छन् । उनी स्वयं पनि नृत्य प्रतियोगिताको निर्णायक बनेकी छन् । उनले पालुङटारमा यही २०७९ सालमा बौद्ध हिमालय क्लबको आयोजनामा भएको तीज कार्यक्रम र सिरानचोकमा भएको अर्को नृत्य प्रतियोगितामा निर्णायकको भूमिका निभाएकी छन् । 


०००
कलाकारितामा लागेको ६/७ वर्षको अन्तरालमै प्रगतिको उचाइ लिएकी लक्ष्मीले केही पुरस्कार र अवार्ड पाएकी छन् । उनले गुरुङ भाषाको खनमुले गीतबाट ‘दोस्रो नेपाली आर्टस् कल्चरल म्युजिक अवार्ड २०७८’ र ‘स्टार म्युजिक भिडियो अवार्ड २०७९’ प्राप्त गरेकी छन् । त्यस्तै हरिमाया गुरुङ अध्यक्षमा रहेको पश्चिमाञ्चल साँस्कृतिक केन्द्रबाट सामूहिक र एकल नृत्य प्रस्तुत गर्दा प्रथम भएर पुरस्कारहरु पाएको उनले सुनाइन् । 
०००
पछिल्लो समय कलाकारहरु राजनीतिमा औपचारिकरुपमा प्रवेश गरिरहेको बेला लक्ष्मीलाई त्यत्ति इच्छा छैन त्यसतर्फ । तर, पेसागत हकहित र जमघटका लागि खोलिएका तमु कलाकार संघ, गोर्खाली सांस्कृतिक समाज, पञ्चिमाञ्चल सांस्कृतिक केन्द्रमा भने सदस्यका रुपमा आबद्ध छिन् उनी ।     

गीत, संगीतको कामको सिलसिलामा गण्डकीका अधिकांश जिल्ला र वाग्मतीका काठमाडौंसहितका ठाउँ घुमेकी लक्ष्मीले नेपालबाहिर सिक्किम भ्रमण गरेकी छन् । उनले सम्झिन्, ‘ल्होछार कार्यक्रमका लागि तीन वर्षअघि सिक्किम गएकी थिएँ । १०/१२ दिन पछि फर्केँ ।’
०००
कलाकारितामा लाग्दा कुनै एउटा विधामात्रै अँगाल्दा बाँच्न धौ धौ हुने भएकोले डाइनामिक भएर आउन नयाँ पुस्तालाई उनको सुझाव छ । ‘मैले त प्रायः मौलिक गीत गरेकी छु । आउँदो जेनेरेसनले मौलिक गीतहरुमात्रै नभई क्लासहरु लिएर भए पनि डाइनामिक हुनुपर्छ । एउटै फिल्डमा मात्र गर्छु भन्ने अवस्था अहिले छैन नि त,’ उनले थपिन्, ‘धेरै किसिमका डान्सहरु आइसकेको छ । जुनसुकै किसिमका गर्न सक्छु भन्ने आँटसहित यो क्षेत्रमा आउनुहोला ।’

अभिभावक र अग्रजसँगै दर्शकको पनि बल पाएकी लक्ष्मीलाई यो क्षेत्रमा अघि सर्न झन् तागत बढेको देखिन्छ । ‘यो क्षेत्रमा लाग्न सुरुमा थोरै चिनजान त हुनै पर्‍यो । त्यसपछि आफूले काम गर्दै जाँदा झन् राम्रो हुँदै जान्छ । पछिल्लो समयमा मैले डान्सलाई अलि बढी प्राथमिकता दिएँ । प्लस एक्टिङ अलिअलि गर्थें । त्यसो भएर रुचाइदिनुभएको छ,’ उनले अठोट व्यक्त गरिन्, ‘अब नि यो क्षेत्रलाई निरन्तरता दिने हो । कति माथिसम्म पुग्छु, हेरुँ ।’

प्रस्तुति : टीकाराम तामाङ
 


प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप व्यक्तित्व
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला 
मृत्युको बोध गरेको मान्छेलाई धैरै कुराले बाँध्दैन :मनीषा कोइराला  शनिबार, फागुन १७, २०८१
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित]
समाजमा शिवकुमार गुरुङको शिरोधार्य काम [भिडियोसहित] बुधबार, मंसिर १९, २०८१
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित]
बेलायतमा नयाँ पुस्तालाई झक्झकाउँदै युवा समाजसेवी सिर्जना गुरुङ [भिडियोसहित] आइतबार, मंसिर २, २०८१
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई
पुर्खाको इतिहास राख्न निर्माता बनेका सुमन राई आइतबार, फागुन २७, २०८०
लोकदोहोरीमा उदीयमान सन्तराज
लोकदोहोरीमा उदीयमान सन्तराज बुधबार, पुस १८, २०८०
समाजसेवासँगै राजनीतिमा सक्रिय सांसद मनबहादुर गुरुङ 
समाजसेवासँगै राजनीतिमा सक्रिय सांसद मनबहादुर गुरुङ  शनिबार, मंसिर ९, २०८०
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्