लन्डन । संसारको सबैभन्दा ठूलो च्यारिटी संस्था क्यान्सर रिसर्च यूके (CRUK)की एम्बासडर पुनम गुरुङ क्यान्सरप्रति सचेतना जगाउने उद्देश्यसहित बन्जी जम्प गरेकी छन् । क्यान्सरका कारण मृत्यु भएका आफ्ना बुवा स्व. ले. कर्णेल मनिन्द्र गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मानस्वरुप जम्प गरेको उनले जनाएकी छन् ।
यो जम्पलाई उनले ‘शक्ति, जागरूकता र क्यान्सरमुक्त भविष्यको प्रतिबद्धता’को प्रतीकका रुपमा प्रस्तुत गरेकी छन् । क्यान्सरबाट जुधिरहेका तथा क्यान्सरका कारण परिवार गुमाएका सबैलाई सन्देश दिन चाहेको उनको भनाइ छ ।

जम्पलाई सफल बनाउन सहयोग गर्ने CRUK टिम, तमु धीं यूके आमा समूह, Basingstoke Nepalese Community, गोर्खा मिडियालाई धन्यवाद दिएकी छन् । यस्तै, आमा कृष्णा गुरुङ, भाउजु यशोदा, सोल्टिनी लक्ष्मी, भदा विजय गुरुङ, भाइ जितेन्द्र गुरुङ, बुहारी जसुदा र छोरी सर्विकासहित परिवार तथा साथीभाइलाई पनि उनले धन्यवाद दिएका छन्।
क्यान्सर रिसर्च यूकेसँग सन् २०१३ देखि स्वयमंसेवीका रूपमा जोडिएकी गुरुङ विगत तीन वर्षदेखि भने एम्बासडर रहेकी छन् ।क्यान्सर रिसर्च यूके स्वयसंसेवकहरूले फन्ड रेज गरेर सञ्चालन भइरहेको छ । यसले क्यान्सरलाई निर्मूण पार्ने लक्ष्यसहित काम गरिरहेको छ ।
