नेपाल, भारत र बेलायत सरकारबीचको त्रिपक्षीय सन्धिअनुसार म ब्रिटिस गोर्खा सैनिकमा भर्ती भएको ३७ वर्ष नाघिसकेको छ । सैनिक सेवारत रहँदा विश्वका विभिन्न मुलुक पुगेँ । तर अवकाश पाएपछि भने प्राय: समय बेलायतमा बितिरहेको छ । हामी दम्पती दुई छोरीसहित फानबोरो ह्यामसायरमा बस्दै आएका छौं ।
बाध्यता वा परिस्थिति जे भनुँ जागिरे जीवन/नोकरीलाई निरन्तरता दिनु पर्ने, अन्य कारणले जन्मभूमि नेपालमा फर्केर स्थायी स्थायी बसोबासको मेसो मिलेको छैन । तन परदेशी भूमिमा भए पनि मन नेपालमा रहेका वयोवृद्ध आमा, परिवार र समाज अनि देशमै फर्कने गर्छ । मनमात्रै नभई, पछिल्ला केही सालयता भने वर्षको दुईपटक नेपाल आउने/जाने गरिरहेको छु । ३० अप्रिल २०२३ मा त्रिभुवन इन्टरनेसनल एयरपोट (टिआईए)बाट उडेपछि फेरि ३० अक्टोबरमा त्यही ल्यान्ड गरेँ ।
बेलायतमा जारी जागिरको जति नै मेसो मिलाए पनि नेपाल बसाइ छोटो लाग्ने गर्छ । यसपटक छोटो समय भए पनि यात्रा भने मीठो रह्यो । मुख्य उद्देश्य त ८९ वर्षीया आमाको केही दिन साथ रहेर माया दिनुको साथै आफन्त भेटघाट हो । केही अन्य विषयहरु पनि विस्तार गर्नु थियो । आफन्त र साथीभाइको साथसहयोगले यसपालीको नेपाल यात्रा अतिप्रभावकारी भएको मैले महसुस गरेको छ ।
पछिल्ला केही वर्षदेखि मैले जागिरे जीवनबाट बचेको र बचाएर सञ्चार माध्यममा समय दिँदै आएको छु । त्यसको नाताले म बेलायतबाट सञ्चालित गोर्खा मिडिया डटकम न्यूज पोर्टलमा आबद्ध छु । मिडियामा जोडिएको र केही बेलायत बेस समाजहरुमा सक्रिय भूमिका रहेकाले नेपाल बसाइको मौकामा अन्तर्वार्ता लिने/दिने काम निकै भयो । प्रकृतिप्रेमी हुनुको नाताले भ्याएसम्म प्रकृतिसँगै नजिक रहेँ ।
मैले यो गरेँ, त्यो गरेँ भनेर आत्मप्रशंसा गर्न खोजेको कदापि होइन । तर समय निकालेर छुट्टीमा पनि केही गर्न सकिन्छ भन्ने केही उदाहरण पेस गर्न खोजेको मात्र । जसले समाजमा केही टेवा पुग्न सक्छ भन्ने पनि हो । यी सब सकारात्मक सोचले मात्र सम्भव रहन्छ । भन्छु ।
अन्तर्वार्ता दिइयो :
१. एबीसी टेलिभिजन नेपाल - डण्ड गुरुङसँग
२. एभरेष्ट एफएम ९३ मेगाहर्ज - दिपेन्द्र श्रेष्ठसँग
३. रेडियो थाहा संचार ९९.४ मेगाहर्ज- ओम भण्डारीसँग
भनिन्छ, मान्छे आफू परिवर्तन हुनलाई संगत सुधार्नुपर्छ । यसपटकको नेपाल बसाइका क्रममा मैले सोही अनुभूत गरेँ । नेपालका ख्यातिप्राप्त टेलिभिजनकर्मी र रेडियोकर्मीसँग जोडिने संयोजक मिल्यो । उहाँहरुले म लामो समयदेखि बेलायतमा सक्रिय नेपाली संघ संस्थामा आबद्ध भएको नाताले र विशेषगरी गोर्खा समुदायको आवाज र अधिकारका लागि पहलकदमी लिइरहेको गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लूएस) को प्रवक्ताको जिम्मेवारीमा रहेकोले सम्झनु भयो सायद । आफ्ना समुदायको विषयवस्तुलाई मैले विभिन्न फोरममा भन्नु र कतिपय विषय प्रस्ट पार्नुलाई अहसज ठानिनँ । त्यसकारण दुई रेडियो र एक टेलिभिजनमा प्रस्तोताको जिज्ञासा मेटाउने प्रयास गरेँ । तीनै जना व्यावसायिक पत्रकारको चोटिला प्रश्न म एक मिडियाकर्मीबाटै सामना गरियो । जसलाई मैले अवसरको रुपमा ग्रहण गरेको छु ।
अन्तर्वार्ता लिइयो :
१. क्या. रि. भुवनसिङ्ग गुरुङ - अध्यक्ष तमु बौद्ध संघ रामघाट पोखरा
२. क्या. रि. हितमान गुरुङ एमबीई - होटल माला, पोखरा
३. विशाल गुरुङ - होटल फेवा ट्रिप, पोखरा
४. डा. निकुञ्ज योगी - उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल, काठमाडौं
५. रिमेब्रेन्स डे को लाईभ प्रसारण पोखराबाट
ट्रेक
४ दिने ट्रेक - १८ जनाको टोली, खुमैडाँडा
१ दिने ट्रेक - ५ जनाको टोली, पञ्चासे
७३.२ माईल्स दौडियो पनि ।
विशेष भेटघाट
१. ईन्द्र गुरुङ - लिडरसीप कन्सियस्नेस कोच, भिजीनेरी इन्टरनेस्नलका सीईओ
२. राजीश्वरी श्रेष्ठ गुरुङ - भिजीनेरी इन्टरनेस्नलका डाइरेक्टर, साइक्लोजिस्ट, एनएलपीका माष्टर ट्रेनर
३. दोर्जे शेर्पा - भीपी गोकर्ण फरेष्ट रिसोर्ट
४. मिन गुरुङ - सिईओ उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल, काठमाडौं
५. डा. रामजी बराल - गण्डकी हस्पिटल, पोखरा
६. हुमबहादुर गुरुङ - अध्यक्ष, तमुधिँ नेपाल
७. सुदर्शन रन्जित - फोटो जर्नलिस्ट
८. सविन गुरुङ - प्याराग्लाइडिङ्ग पाईलट
९. दिलीप गुरुङ/सन्ध्या गुरुङ - होटल तारा, पोखरा
१०. टिकाराम तामाङ - पत्रकार, कान्तिपुर मिडिया ग्रुप
११. विष्णु पौडेल - मुक्तक लेखक
१२. तेजबहादुर गुरुङ - नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष
यस्तै गोर्खाली रेडियो १०६ मेगाहर्ज पोखराको वार्षिक कार्यक्रममा रेडियो मेनेजर खिमा गुरुङ र तमुधिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङबाट विशेष सम्मान ग्रहण गरेँ ।
गोर्खा मिडिया लिमिटेडको तेस्रो वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको पुरस्कार तथा सम्मान होटल हिरन्य, काठमाडौंमा मुख्य अतिथिको भूमिका निभाउँदै विशेष व्यक्तित्वहरुको उपस्थितिमा गायक सन्तराज बिक र सञ्चारकर्मी भावना लम्साललाई प्रदान गरियो । यसपालिको नेपाल बसाइमानिकै धेरै साथीभाइ र आफन्तहरुसँग भेटियो । तर सबैको नाम समावेश गर्न असमर्थ छु । धन्यवाद सबैलाई । इन्द्र गुरुङ र राजी गुरुङलाई धेरै धन्यवाद । नत्र अन्याय हुन जान्छ । फेरि छिट्टै भेट्नेछु यहाँहरुलाई ।
अन्तमा मेरी श्रीमती संगीना गुरुङ र दुवै छोरीहरुलाई साथ सहयोगका लागि धन्यवाद ! बिदा ।
(काठमाडौंदेखि लन्डनयात्रामा कुवेत ट्रान्जिट हुँदा ड्युटी फ्रि दोकान अगाडिको ४ नम्बर कुर्चीमा बसेर लेखिएको छोटो यात्रा संस्मरण)