पहिले चारभन्ज्याङ भनेको काठमाडौं उपत्यका बुझिन्थ्यो । तर आज चारभन्ज्याङ भनेर काठमाडौंको सम्बन्धमा चर्चा नगरी पर्वतको दक्षिणी भेकमा अवस्थित चारवटा भञ्ज्याङहरुको आधारमा नामकरण गरिएको भूभागको सम्बन्धमा चर्चा गर्न चाहन्छु । यो क्षेत्र नेपाल सरकारको राजनैतिक नाप नक्शामा आधारित नभई समान आवश्यकता, इच्छा, आकांक्षा भएकाहरुको सामाजिक संस्था हो । समाजको उन्नयन र सशक्तिकरणका लागि स्थापना भएको संस्था हो । संस्था आफैमा सबै कुरा होइन, समाजलाई चलायमान बनाउन संस्थामा आबद्ध व्यक्तिहरुको सोच, क्रियाकलाप ठूलो कुरा हो ।
२०५८ चैत १ गते सामाजिक अभियन्ता स्व. नारायण कोन्मे गुरुङको घर जावलाखेलमा सयौं चारभन्ज्याङवासीहरुको उपस्थितिमा यसको स्थापना भएको हो । २०४६ को राजनैतिक परिवर्तनपश्चात् हजारौं चारभन्ज्याङवासीहरु पोखरा, काठमाडौंमा बसाइँ सरेपछि नयाँ ठाउँ, नयाँ भूगोलमा आफ्ना संस्कार संस्कृतिलाई जिवन्त राख्न समूहको आवश्यकता एक्लैले भन्दा समूह मिलेर काम गर्दा धेरै ठूलो जटिलताहरुलाई पनि सम्बोधन गर्न सकिन्छ । संघ संस्था स्थापना गर्ने कारण यसैले हो । चारभन्ज्याङ सानो जस्तो लागे पनि यसको क्रियाशिलता, यसको शैलीलाई हेर्ने हो भने यो संस्था ठूलो भन्नेहरु भन्दा पनि ठूलो संस्था छ । यो संस्थामा वृद्ध केटाकेटीहरुदेखि लिएर महिलाहरु सबै अत्यन्त सक्रिय भएर लागेको देखिन्छ ।
नेपालमा पोखरा, काठमाडौं, हङकङ, बेलायत जहाँ पनि चारभन्ज्याङ तमु समाज भित्रको एकता, सामाजिक सद्भाव, अरु व्यक्ति र संस्थाहरुको लागि अनुकरणीय योग्य देखिन्छ । आज चारभन्ज्याङ तमु समाजको अन्तर्राष्ट्रिय सञ्जाल स्थापना भएको छ । जसले गर्दा संसारको जुनसुकै कुनामा रहे तापनि चारभन्ज्याङको लागि कुनै पनि काम सहज ढंगले गर्न सकिन्छ ।
चारभन्ज्याङ जानलाई पर्वतको कुश्माबाट फलेवास नगरपालिका हुँदै जान सकिन्छ साथै स्याङ्जाको नौडाँडाबाट पनि पुग्न सकिन्छ । तमु धीं युकेको अध्यक्ष हरि गुरुङको नेतृत्वमा नेपाल अवलोकन भ्रमणको टोली चारभन्ज्याङको लागि कुश्मामा बिहानको खाना खाने कार्यक्रमसहित पोखराबाट हिड्यौं ।
१. हरि गुरुङ अध्यक्ष तमु धीं युके
२. सन्ध्या गुरुङ अध्यक्ष तमु धीं युके आमा समूह
३. जुमकाजी गुरुङ वरिष्ठ उपाध्यक्ष तमु धीं युके
४. कमला गुरुङ वरिष्ठ उपाध्यक्ष तमु धीं युके आमा समूह
५. हितकाजी गुरुङ निवर्तमान अध्यक्ष तमु धीं युके
६. सीता गुरुङ निवर्तमान अध्यक्ष तमु धीं युके आमा समूह
७. मिन प्रसाद गुरुङ संस्थापक अध्यक्ष तमु धीं युके
८. मञ्जु गुरुङ राई संस्थापक सदस्य तमु धीं युके
९. सोनिया गुरुङ वैज्ञानिक युके (छोरी निवर्तमान अध्यक्ष हितकाजी गुरुङ)
१०. भोज गुरुङ का.स.स. तमु धीं युके
११. सिरी प्रसाद गुरुङ सल्लाहकार तमु धीं युके
१२. लोक बहादुर गुरुङ सल्लाहकार तमु धीं युके
१३. कृष्ण गुरुङ सल्लाहकार तमु धीं युके
१४. टेक बहादुर गुरुङ सल्लाहकार तमु धीं युके
१५. हुम बहादुर गुरुङ अध्यक्ष तमु धीं नेपाल
१६. विजय गुरुङ प्रबन्ध निर्देशक होटेल सिंगापुर
१७. काजी गुरुङ प्रबन्ध निर्देशक होटेल घान्द्रुक मेस्रोम
१८. बालकाशी गुरुङ प्रबन्ध निर्देशक रोंधी
१९. सुमन गुरुङ मिडिया फोटोग्राफर
२०. ले. नारायण गुरुङ सल्लाहकार तमु धीं युके
२१. श्रीमती युवा कुमारी गुरुङ चारभन्ज्याङ
२२. बेन कुमार गुरुङ अध्यक्ष चारभन्ज्याङ तमु समाज युके
२३. तारा गुरुङ फस्ट लेडी चारभन्ज्याङ तमु समाज युके
२४. ले. चन्द्र गुरुङ अध्यक्ष अन्र्तराष्ट्रिय चारभन्ज्याङ तमु समाज
२५. क्या. देउ बहादुर गुरुङ वरिष्ठ समाजसेवी चारभन्ज्याङ
२६. मेजर रिटायर्ड वारडल एमबीई यूके
२७. एकेन्द्र गुरुङ सल्लाहकार ट्रष्टी तमु धीं युके सम्मेलित थियौं ।
हामी कुश्मा र पारि बलेवाको पुल संसारकै दोस्रो अग्लो पुल अवलोकन गर्न पुग्यौं । हामी मध्येको कतिपय साथीहरुलाई त्यो पुल मुस्किलले मात्रै पार गर्न भ्याएको थियौं । हामी सबै पारी पुगेर घुमघाम फोटो खिच्ने काम भैसकेपछि मात्रै हाम्रो निवर्तमान अध्यक्ष आइपुग्नुभएको थियो । कुश्मा उहाँको आफ्नै घर भएकोले साथीभाइसँग भेटघाटको कारणले होला पछि आइपुग्नु भयो । उहाँसँग नेपाली कांग्रेसको पर्वत जिल्लाको उपसभापति युवराज जोशी पनि आइपुग्नुभएको थियो । हामीले खाना खाने, घुम्ने त्यो भीमकाप होटेल उहाँको आफ्नै होटल रहेछ । हाम्रो खानाको पैसा लिन मान्नु भएन । त्यत्रो मानिसलाई बिना पैसा खुवाउनु साधारण कुरा थिएन । त्यो सबै हाम्रा निवर्तमान अध्यक्ष हितकाजी गुरुङ भएकै कारण भएको थियो । जुन अत्यन्त प्रशंसनीय कुरो हो । हामीले कृतज्ञता ज्ञापन गर्यौं । उहाँसँग बिदाइको हात हल्लाएर चारभन्ज्याङको लागि हाम्रो गाडी अगाडि बढ्यो । हामी रमाइलोसँग बाटो काट्दै गयौं ।
हामी चारभन्ज्याङमा ठीक समयमा पुगेका थियौ । चारभन्ज्याङ क्रमश: थाना मौला (खाल्टे) दाद्रा, भगरा र लामेलाई समेटेर बनाएको सामाजिक संस्था हो । यो तत्कालीन समाजको अग्रजहरुको विचारले प्रेरित भएर स्थापना भएको हो । यस संस्थालाई परिचालन गर्न अग्रजहरुको क्रियाशिलताले गर्दा राजनैतिक निकायहरुभन्दा धेरै काम गरेको छ जुन प्रशंसायोग्य रहेको छ ।
हामी खाल्टेमा पुग्नै लाग्दा वर बाटैमा नौमती बाजाको धुन सुनिसकेका थियौं । हामी विद्यालय भवनको प्राङ्गणमा पुग्दा फूलको माला, खादा र अविरले स्वागत र सम्मान भएको थियो । हामीलाई चारभन्ज्याङ तमु समाज युकेको सक्रियतामा निर्माण भएको स्विईनफिन टेली मेडिसिन सेन्टरमा लैजानु भयो, त्यसपछि खानाको लागि खाना खाने खाने ठाउँमा गयौं । खाना खाइसकेपछि सुत्ने कोठामा पुग्यौं । सुत्नको लागि विद्यालयको कोठाहरुमा व्यवस्था मिलाएको रहेछ । बेलुकी हाम्रो स्वागत र सम्मानको लागि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । भोलिपल्ट अलि चाँडो उठ्नुपर्ने भएकोले हामी छिटो सुत्न लाग्यौं ।
स्थानीय जनज्योति मा.वि.को प्राङ्गणमा कार्यक्रम संचालन भएको थियो । भोलिपल्ट चिया खाएर हामी बाटो लाग्दै गर्दा हिजो आएकै बाटोबाट फर्किन पर्ने रहेछ । अलिकति हिँडेपछि हामी अर्कै बाटोतिर लाग्यौं । तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, जो गुरुङ संस्कार संस्कृतिको अध्येता हुनुहुन्छ, त्यो उहाँको गाउँ रहेछ । हामीले उहाँलाई धेरै मिस गर्यौं । जहाँ हाम्रो अध्यक्ष अगाडि नै गएर बाटोमा कुरिरहनुभएको थियो । सायद घरमा केही व्यवस्था मिलाउनु पर्ने भएर होला । बाटोमा हाम्रो लागि स्थानीय गाउँलेले चिया नास्ताको व्यवस्था गर्नुभएको थियो । स्थानीय क्षेत्रमा फलेको सुन्तला अत्यन्त स्वादिलो थियो जुन सबैले मीठो मानेर खाँयौं । धवलागिरि हिमालदेखि मनास्लु हिमालसम्मको हिम शिखरहरु सबै देख्न सकिने, हरियो जंगल, जंगलमा चराचुरुङ्गीको चिरविरले वातावरणमा थप रौनकता थपिएको थियो । दिउँसोको खाना लामेमा गरेका रहेछन् ।
चारभन्ज्याङ तमु समाज युकेको निवर्तमान अध्यक्ष मदनकुमार गुरुङ, चलचित्रकर्मी कृष्णकुमार गुरुङ र सफल व्यवसायी विजय गुरुङको जन्मस्थान रहेछ । लामेमा हामीलाई विद्यालयको परिसरमा भएको कार्यक्रममा सहभागी गराउनुभयो । त्यसपछि हामीलाई गुम्बामा लग्यो । त्यो गुम्बा त्यो वरिपरिको सबै भन्दा पुरानो गुम्बा रहेछ । त्यो गुम्बामा खानाको व्यवस्था गरेको रहेछ । गुम्बाको दर्शनपश्चात् खाना खायौ र दाद्रा र भंगराको लागि हामी निस्कियौं । त्यहाँ पनि मीठो खानाको परिकार, फूलको माला, खादा र अविरले हाम्रो स्वागत र सम्मान ज्यादै उच्च कोटीको रहेको थियो ।
हामी बेलुकी भगरा पुग्नु पर्ने थियो । त्यसैले छिटोछिटो फर्कन लाग्यौं । सबैसँग बिदा भएर हामी बाटो लाग्दा मनभरि लामेको छोटो अवधिको सुन्दर पल लिएर निस्कँदै थियौं । हामी दादरामा पुग्छौं, यो गाउँ वरिष्ठ समाजसेवी स्वर्गीय शेरबहादुर गुरुङको गाउँ रहेछ । हामीले उहाँको घरमा पुगेर फोटो पनि खिच्यौ । भंगरा पुग्दा केही साथीहरु सबै जम्मा भैनसकेकोले हाम्रो गति अलि धिम बनायौं । तर पनि साथीहरुको आगमन ढिलै हुने भएर होला हामी अगाडि बढ्यौ । त्यहाँ नपुग्दै नौमती बाजाको टोली हामी लिन बाटोमा आइसकेकोरहेछ । त्यहाँ पनि हामीलाई फूलको माला, खादा र अबिर लिएर आमा समूह बाटोसम्म आएका थिए । यहाँ हाम्रो स्वागतको लागि तमु बौद्ध सेवा समिति काठमाडौंको अध्यक्ष क्या. नारायण गुरुङ काठमाडौंबाट आउनुभएको थियो । पोखराबाट पनि धेरै गाउँलेहरु आउनुभएको रहेछ । युकेका अध्यक्ष बेनकुमार गुरुङकै घरमा हाम्रो खानपिनको व्यवस्था मिलाएको रहेछ । खानपिन अत्यन्तै मीठो, स्वादिलो र स्तरीय थियो । यो ठाउँ तमु धीं नेपालको अध्यक्ष हुमबहादुर गुरुङ, पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष अप्सरा गुरुङ र प्रदेश सांसद रेखा गुरुङको गाउँ रहेछ । बेलुकी आमा समूहको अत्यन्तै रमाइलो सांस्कृतिक कार्यक्रम भएको थियो । हामी भोलिपल्ट बिहानको खाना खाएर स्याङ्जाको शिरुबारीमा खाना खाने गरी निस्कियौं । चारभन्ज्याङ आफैमा क्रियाशील र चर्चित संस्था मात्रै नभएर देश र जनताका लागि महत्वपूर्ण योगदान दिएको, सपुतहरुलाई जन्माएको उर्वरभूमि पनि रहेछ । शेरबहादुर गुरुङ जसले २०११ सालमा नै गुरुङ कल्याणकारी संस्था खोलेर गुरुङहरुको हक हितलाई निदृष्ट गर्ने काम गरेको रहेछ । पछि उहाँ राज सभाको सदस्यमा मनोनीत हुनुभएको थियो । रेखा गुरुङ हाल नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशको सांसद हुनुहुन्छ । स्व. यामप्रसाद गुरुङ रेखाको बुवा जो पर्वत जिल्ला विकास समितिको सभापति पनि हुनुहुन्थ्यो । विष्णुबहादुर गुरुङ नेपाली सेनामा ब्रिगिडियर जनरल हुनुहुन्छ उहाँ तमु धीं युकेका अध्यक्ष हरि गुरुङको काका बुवा हुनुहुन्छ । त्यसरी नै गुरुङहरुको पहिलो क्याम्पस प्रमुख गणेश बहादुर गुरुङ
१. क्याम्पस प्रमुख पृथ्वीनारायण क्याम्पस पोखरा
२. क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस दाङ
३. अध्यक्ष सल्लाहकार समिति तमु धीं नेपाल
४. संरक्षक तमु ह्युल छोंज धीं राष्ट्रिय परिषद्
५. संस्थापक सदस्य पोखरा बहुमुखी क्याम्पस पोखरा
६. संस्थापक सदस्य जनप्रिय क्याम्पस पोखरा
७. पुर्व सम्माननीय सदस्य राज परिषद् स्थायी समिति ।
अहिले जति पनि गुरुङहरुको सक्रिय सहभागी हुने धेरै संघ संस्थाहरुमा चारभन्ज्याङको गुरुङहरुले नै नेतृत्व गरिरहेका अवस्था छ ।
१. हुम बहादुर गुरुङ अध्यक्ष तमु धीं नेपाल
२. क्या. नारायण गुरुङ अध्यक्ष तमु बौद्ध सेवा समिति काठमाडौं
३. हरि गुरुङ अध्यक्ष तमु धीं युके
४. ले. कुसाङ गुरुङ अध्यक्ष सहारा युके
५. ले. चन्द्र गुरुङ चारभन्ज्याङ तमु समाजको अन्र्तराष्ट्रिय अध्यक्ष
६. अप्सरा गुरुङ अध्यक्ष पर्वत वेलफेयर समाज युके
चारभन्ज्याङ तमु समाज युकेले गरेको उल्लेखनीय कामहरुः
१. स्वेन्फिन टेलिमेडिसिन सेन्टर,
२. जनज्योती उच्च मा.वि. खाल्टे
३. ग्रामोदया माध्यमिक विद्यालय, भँगरा
४. घण्टे देउराली, उ.मा.वि. दाद्रा,
५. चिसापानी देवी प्रा.वि. लामे
६. फलाम खानी विद्यालयको भौतिक पूर्वाधार, पुस्तकालय र भवन मुख्य रहेको छ । नेपाली डायस्पोरामा गुरुङहरुको चिरपरिचित नाम चारभन्ज्याङबाट खदा र फुलको मालाले बिदाइ भएर हामी पहिलो होमस्टे भनेर चिनिने सिरुबारीमा खाना खान जाने तयारीको साथ निस्क्यौं । बाटोमा चारभन्ज्याङको रंगिन पलहरु मन मुटुभरि छछल्किरहेको थियो । जीवनमा एक पटक पुग्नै पर्ने गाउँहरुमा पुगेर आफैमा रमाइलो र खुशी लिएर फर्किरहेको थियौं । शिरुबारी गाउँ सानो तर चिटिक्क परेको रहेछ ।
हामीलाई नौमती बाजा बजाउँदै गुम्बामा लिएर गए । गुम्बाको दर्शनपश्चात् समूह समूहमा बाँडिएर खाना खान गयौं । खानाको पैसा खाना खुवाउने घरमा नलिँदोरहेछ । संगोलमा व्यवस्थापन समितिले उठाउँदोरहेछ । शिरुबारीमा बिदा भएपछि हामी कतै नभुली पोखरामा आयौं । मनभरि मुटभरि चारभन्ज्याङको परिदृश्य लिएर साथीसँग छुटिएर घर पुग्दा पनि चारभन्ज्याङको ह्याङ ओभरले छाडेको थिएन । चारभन्ज्याङको सेरोफेरोतिरै मन अडिरहेको झैं भैरह्यो ।