Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Tue 26, September, 2023 मंगलबार, असोज ९, २०८०
Gurkha Media
GHale Morgage GHale Morgage
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Real Laxmi Final Real Laxmi Final
Gss Gss
HA Bannr HA Bannr
AABBCC AABBCC
Hit gurung Hit gurung
Narayan Kandel Narayan Kandel
London pheshon house London pheshon house
Sahara Uk Sahara Uk
Parshu Gurung Parshu Gurung
Shiva Gurung Shiva Gurung
Shree prasad gurung Shree prasad gurung
Sunil babu khadka Sunil babu khadka
Surendra Gurung Surendra Gurung
Tikendra dal dewan Tikendra dal dewan
NIna Gurung NIna Gurung
Amrit gurung Amrit gurung
Bijaye MAya gurung Bijaye MAya gurung
Bijaye Bhatta Bijaye Bhatta
chandra bdr gurung chandra bdr gurung
Chandradevi Chandradevi
Chitra bdr gurung Chitra bdr gurung
Damber kaji gurung Damber kaji gurung
Delip gurg Delip gurg
Deukaji grg Deukaji grg
Dev tamang Dev tamang
Dhan sarki Dhan sarki
Ekendra gurung Ekendra gurung
Ghan thapa Ghan thapa
Golman Gurung Golman Gurung
Hari gurung Hari gurung
Hari Kaji gurung Hari Kaji gurung
Jib Belwase Jib Belwase
Krishna gurung Krishna gurung
Kulraj Gurung Kulraj Gurung
Kumar Gurung Kumar Gurung
Kusang Gurung Kusang Gurung
Laxmi Rai Laxmi Rai
LILa Seling Mabo LILa Seling Mabo
Maila Kanxa Maila Kanxa
Man Gurung Man Gurung
Narayansing Gurung Narayansing Gurung
Prem Ghaha magar Prem Ghaha magar
Rajang Khakural Rajang Khakural
Ramraj Malla Ramraj Malla
Ranabdr Gurung Ranabdr Gurung
Santosh Rai Santosh Rai
Santa ra Rupa grg Santa ra Rupa grg
Sandya congratulations from GM Sandya congratulations from GM
Condolence hira Condolence hira
hira Kumari hira Kumari
Maeme's Piri Maeme's Piri
NG HAir NG HAir
yesmin yesmin
विचार/व्लग
  • Home
  • विचार/व्लग
  • रुम्जाटारमा तमुधिंसँग
रुम्जाटारमा तमुधिंसँग
एकेन्द्र गुरुङ
एकेन्द्र गुरुङ आइतबार, भदौ २४, २०८०

तमुधिं यूकेको अध्यक्ष हरि गुरुङको नेतृत्वमा रुम्जाटार जानको लागि पोखराबाट हामीहरुः
१. हरि गुरुङ अध्यक्ष तमुधिं यूके
२. सन्ध्या गुरुङ अध्यक्ष तमुधिं यूके आमा समूह
३. जुमकाजी गुरुङ वरिष्ठ उपाध्यक्ष तमुधिं यूके
४. कमला गुरुङ वरिष्ठ उपाध्यक्ष तमुधिं यूके आमा समूह
५. हित काजी गुरुङ निवर्तमान अध्यक्ष तमुधिं यूके
६. मञ्जु सीता गुरुङ निवर्तमान अध्यक्ष तमुधिं यूके आमा समूह
७. मञ्जु गुरुङ राई संस्थापक सदस्य तमुधिं यूके
८. हुम गुरुङ अध्यक्ष तमुधिं नेपाल
९. कृष्ण गुरुङ सल्लाहकार तमुधिं यूके
१०. सोनिया गुरुङ वैज्ञानिक यूके (छोरी निवर्तमान अध्यक्ष हित काजी गुरुङ)
११. बालकाशी गुरुङ प्रबन्ध निर्देशक रोंधी कार्यक्रम पोखरा नेपाल
१२. सुमन गुरुङ मिडिया फोटोग्राफर
१३. एकेन्द्र गुरुङ सल्लाहकार ट्रष्टी तमुधिं यूके

काठमाडौं जाँदै थियौ । बाटोमा हामी सकेसम्म शिष्ट र मर्यादित भएर रमाइलो गफ गरेर बाटो कटाउने कोसिस गर्छौं । यद्यपि हामी एक आपसमा व्यंग्य र ख्यालठट्टा गर्ने पनि गर्छौं । हामी काठमाडौं चाँडै पुग्नुपर्ने थियौं । तमु बौद्ध सेवा समितिसँग एउटा कार्यक्रम थियो । पृथ्वी राजमार्गको ट्राफिक जामले गर्दा हामी ढिला भएका थियौं । 

तमु बौद्ध सेवा समिति काठमाडौं गुरुङहरुको एउटा अग्रणी संस्था हो । काठमाडौंमा साथीहरु हाम्रो पर्खाइले गर्दा थाकिसकेका थिए । हामी पुग्नसाथ कार्यक्रम सुरु भयो । तमु बौद्ध सेवा समितिको अध्यक्ष क्या. नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव पुष्पबहादुर गुरुङले संचालन गरेका थिए । अतिथिहरुलाई खादा र मायाको चिनो प्रदान गरिएको थियो । 

त्यसैगरी तमुधिं यूकेको तर्फबाट पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमपश्चात् छिटो-छिटो खाना खाएर कोठामा फर्कियौं । भोलिपल्ट ब्रेकफास्ट खाएर भद्र घले दिदीको घरमा उहाँलाई भेट्न गयौं । उहाँले हामीलाई उहाँ आफैले लेख्नुभएको थुप्रै पुस्तक उपहारस्वरुप दिनुभएको थियो । हामी चाडै रुम्जाटारको लागि गाडी चढ्यौं । 

Gandak Gandak
Paper work

हाम्रो लागि रुम्जाटार नितान्त नौलो थियो, कसरी जानुपर्छ ? कुन बाटो राम्रो हुन्छ ? थाहा थिएन । तरपनि रुम्जाटारकै धनबहादुर गुरुङ हामीलाई रुम्जाटार घुमाउन यूकेबाट आउनुभएको रहेछ । उहाँलाई पिकअप गर्न महाराजगञ्ज जाँदा अरु साथीहरु पनि हामीसँग जोडिनुभएको थियो । उहाँहरुः
१) पर्शु गुरुङ उपाध्यक्ष तमुधिं यूके
२) नन्दा गुरुङ उपाध्यक्ष आमा समूह तमुधिं यूके
३) धनबहादुर गुरुङ अध्यक्ष रुम्जाटार सोसाईटी यूके
४) कुन्दन गुरुङ रुम्जाटार

यतिखेर बाटो चिन्ने व्यक्ति भएपछि हामी ढुक्क भएका थियौं । महिला साथीहरु छुट्टै एउटा गाडीमा चढ्नु भयो । हामी पुरुषहरु मिलेर दुईवटा गाडीमा चढ्यौं । सन् २००८ मा म हङकङबाट यूके आउँदा तमुधिं यूकेले मलाई आउनेबित्तिकै सल्लाहकारमा मनोनीत गरेको थियो । त्यही बेलादेखि अहिलेसम्म अविछिन्न सल्लाहकारको र पछि ट्रष्टीजको भूमिकामा रहेको छु । मैले भ्याएसम्म कुनै बैठक र कार्यक्रमहरु मिस गर्न मन लाग्दैन । मलाई थाहा छैन यति साह्रै लगाव किन हुन्छ कुन्नी ? अरु काम छोडेर भनेपनि तमुधिंसँग म जोडिरहन भैराख्न मन लाग्छ । यो सबै तमुधिंको साथीहरुले मलाई दिएको माया, ममता, आदर र सद्भावले होला । 

मेरो तमुधिं प्रतिको निकटता तमुधिंको साथीहरुले मलाईं सम्बोधन गर्ने दुईवटा साइनो बढी प्रचलित छ । एउटा एकेन्द्र सर र अर्को भेना । यिनै यस्तै कारणले होला म जहिले तहिले तमुधिं भन्दै हिडिरहेको हुन्छु । साथीहरुले मलाई अगाडीको सिटमा बस्न आग्रह गर्नुभयो । हाम्रो समूहमा अध्यक्ष हरि, निवर्तमान अध्यक्ष हितकाजी, वरिष्ठ उपाध्यक्ष जुमकाजी र उपाध्यक्ष पर्शु थियौं । जस्ले गर्दा एक आपसमा कुरा गर्दा अप्ठ्यारो नहुने भएको थियो । तर पनि हाम्रो भाषा अलिकति घुमाउरो अलिकति व्यंग्य हुन्थ्यो त्यो पनि सभ्य र मर्यादित लवजमा । त्यो सबै बुझिने तर अलिकति व्यंग्य तसर्थ हाम्रो यात्रा रमाइलो थियो । गाडी भित्रको रमाइलो माहोलले गर्दा बाहिर कहाँ पुग्दैछ, के हुदैछ ? केही मेसो हुँदैन थियो ।

गाडीभित्र हाम्रो छुट्टै संसार थियो, जुन हामी सबैले रमाइलो महसुस गरेका थियौं । त्यहाँ विशेषगरी सुन्तला र डाँडाभरि गाडीएको सिसाको टुक्राको रमाइलो किस्सा भएको थियो जुन हामीले बाटो कटाउने मसला बनाएका थियौं । हामी काठमाडौं, भक्तपुर, काभ्रे, रामेछाप, उदयपुर, ओखलढुंगा हुँदै रुम्जाटार पुग्दा त्यहाँ पनि फूलको माला, खादा लिएर हामीलाई स्वागत र सम्मान गर्न कुरिरहेको रुम्जाटारेलीहरु आत्तिसकेको देखिन्थ्यो । पर्खिने भन्ने कुरा त्यति सजिलो कसैलाई पनि हुँदैन । हाम्रो गाडी पदमा होटेलको अगाडि पुगेर रोकिएको थियो । छिटो गरेर खाना खाएपछि हाम्रो स्वागत सम्मानको लागि कार्यक्रम भएको थियो । क्लबको बाबुनानीहरुको सांस्कृतिक कार्यक्रम साथै हाम्रो स्वागत सम्मान सकिएपछि हामी सुत्न लाग्यौं । लामो बाटो सबै थकित थियौं । सबैलाई शुभरात्रिको कामना गर्दै आफ्नो कोठाभित्र छिर्‍यौं ।
 
भोलिपल्ट बिहान उठेर, नित्यकर्म गरेपछि बिहानको नास्ता गुम्बामा थियो । हामी रुम्जाटार घुम्न निस्कियौं । हामीले कहिले खुट्टाले हिँडेर कहिले गाडीमा गुडेर धनबहादुर गुरुङ र कुन्दन गुरुङलाई अगाडि लाएर घुम्दै हिड्यौं । रुम्जाटारमा सबैभन्दा पहिले लामाथरको गुरुङहरु आएर राईहरुलाई विस्थापित गरेर बसोबास गरेको जनश्रुति रहेछ । नेपालमा सबैभन्दा पहिले कलकत्तामा गएर गीत रेकर्ड गर्ने गायिका मेलवादेवी रुम्जाटारकै हुन् । उहाँ आफ्नै गीत लेख्ने, संगीत दिने र गाउने गर्नुहुन्थ्यो । त्यस्तो प्रतिभाशाली मेलवादेवी गुरुङको गीत “सवारी मेरो सरर रेलैमा” भन्ने नै पहिलो नेपाली गीत हो । रुम्जाटारमा उहाँको प्रतिमा स्थापित गरेको रहेछ । 

मेलवा देवीको सालिक अगाडि बसेर हामी सबैले फोटो खिच्यौ । “घुमिफिरि रुम्जाटार” भन्ने उखान नेपालमा सबैले सुन्ने प्रचलित उखान हो । त्यो भन्दा पृथक तर पूर्वतिर धेरै चलन चल्तीमा आउने अर्को उखान पनि सुनियो । त्यो हो “रुम्जाटारको कोदोको ढिडो निर्गुणको दाउन, धर्म कर्म गुरुङले गरे छक्क परे बाउन । यो उक्तिबाट के प्रस्ट हुन्छ भने रुम्जाटारको गुरुङहरु धर्म कर्ममा लाग्ने गर्दछ । त्यहाँ शक्तिको आरध्य देवी भगवतीको मन्दिर पनि रहेछ । त्यस्तै विशाल कम्पाउण्डभित्र भव्य अलिसान भवनभित्र बुद्ध भगवानको मूर्तिले भगवान बुद्धको आस्था र विश्वास प्रस्ट बुझिन्थ्यो । यसले त्यहाँ धार्मिक सहिष्णुता भएको देखिन्थ्यो । गुम्बालाई तमुधिं यूकेले तल उल्लेख भएअनुसार सहयोग गरेको थियो । साथै हाम्रा भ्रमण दलको साथीहरुबाट पनि केहि रकम सहयोग भएको थियो । जुन निम्नानुसार रहेको छ । 
१. तमुधिं यूके १,००,०००।–
२. हरि गुरुङ अध्यक्ष तमुधिं यूके  १,००,०००।–
३. जुमकाजी गुरुङ वरिष्ठ उपाध्यक्ष तमुधिं यूके १,००,०००।–
४. पर्शु गुरुङ उपाध्यक्ष तमुधिं यूके १,००,०००।–
५. कृष्ण गुरुङ सल्लाहकार तमुधिं यूके  १,००,०००।–

रुम्जाटार डाँफे चर्ने हिमाली वुक्यानीदेखि लिएर मयुर नाच्ने मधेससम्म आफ्नो वर्चस्व कायम गरेर बसेको एउटा रोल मोडल गाउँ रहेछ । राजनैतिक, सामाजिक, आर्थिक, ऐतिहासिक, सांस्कृतिक र सैनिक सौर्य पक्षमा यो गाउँले राष्ट्रियस्तरमा आफ्नो दह्रो उपस्थिति जनाउँदै एउटा फरक र विशिष्ट विरासत राख्न सफल भएको रहेछ । प्रथम गायिका मेलवादेवी गुरुङ, गायिका गंगा राणा गुरुङ, मौसमी गुरुङ, निर्देशक रामबाबु गुरुङ, संचारकर्मी बद्रीकाजी गुरुङ र जीवराम भण्डारी सबै रुम्जाटारका रहेछन् । 

वरिष्ठ समाजसेवी पूर्वमन्त्री भद्रकुमारी घले, माइती नेपालको अध्यक्ष अनुराधा कोइराला गुरुङ, राजा महेन्द्रको रानी रवीन्द्र शाहको आमा रानीरम्भा देवी शाह गुरुङ, राजा वीरेन्द्रकी धाईआमा (धा.आमा) हायना गुरुङ (जसलाई राजा वीरेन्द्रले आमा भनेर सम्बोधन गर्थिन्), कनककुमारी (रामकुमारी गुरुङ) श्री ३ भीम शमशेरको छोरा जेनरल राम शमशेरको श्रीमती रुम्जाटारकै चेली थिइन्, पूर्वउपलकुलपति प्रा.डा. गणेश गुरुङ, पूर्वउपरथी गोविन्द गुरुङ, पूर्वसहायक रथी प्रल्हाद सिं गुरुङ, पुर्व अञ्चलाधीश नवराज गुरुङ, पूर्वकर्णेल ध्रुवकुमार गुरुङ, पूर्वगोर्खा मेजर हिमराज गुरुङ, सि.आई. टेकबहादुर गुरुङ रुम्जाटारकै हुन् । यसबाट प्रस्ट हुन्छ कि रुम्जाटार भूगोलको दृष्टिकोणले मात्रै उर्वर नभएर नेपाली गीत, संगीत, कला, साहित्य, सौर्य शक्ति (सैनिक सेवा) पनि उत्पादन गर्न उर्वरभूमि भनेर चिनिन्छ । 

रुम्जाटार भन्ने नाम कसरी रहन गएको हो भन्ने सवालमा एउटा जनश्रुति रहेछ । त्यो के हो भने झागल गुरुङको नेतृत्वमा रुम राईलाई लखेटेर बस्ती बसालेको ठाउँ भएकोले रुम राईभन्दा भन्दै पछि अपभुश भएर रुम्जाटार हुन गएको हो । रुम्जाटार र ओखलढुंगाको बीचमा रहेको रुम्दी खोला शत्रु भगाएपछि उक्त खोलामा आफ्ना हातहतियार धोईपखाली गरेकोले आजसम्म पनि लामाथरका गुरुङहरुले त्यहाँको पानी पिउँदैन (गौरव गुरुङ रुम्जाटार) । आफ्नो पुर्खाको हत्या गरेको हतियार धोई पखाल गरेको अनि आफ्नो दिवंगत पुर्खाहरुप्रति श्रद्धा र सम्मान व्यक्त गर्न त्यहाको पानी अहिलेसम्म पनि पिएको छैनन् । 

यहाँ एउटा अर्को रोचक प्रसंग पनि रहेछ । श्री राम शमशेरले रामकुमारी राणा गुरुङलाई टंगाल दरबारमा राख्ने रहेछ । उनको जेठी श्रीमती समुद्रकुमारी राणाले राम शमशेरको नाममा कोलकाता हाईकोटमा मुद्दा हालेका रहेछन् । मुद्दामा गुरुङ जाति शुद्र हो भनेको रहेछ । जुन आरोपअनुसार त्यो बेलाको मुलुकी ऐनमा शुद्र तल्लो जातिको हो । तल्लो जातिसँग विवाह गरेको ठहरेमा श्री राम शमशेरको सम्पत्ति सबै सरकारले लिने प्रावधान रहेछ । त्यही समय मेजर जनरल मीनबहादुर गुरुङले महेन्द्रको राज्यभिषेकमा शुद्रको तर्फबाट जल चढाउने तयारी गर्दै रहेछ । यस्तो जटिल परिस्थितिमा यो समस्या समाधान गर्न माननीय मे. दीपक गुरुङ र सम्माननीय समाजसेवी शेरबहादुर गुरुङ (चारभञ्ज्याङ मिलेर तत्कालीन नेताहरु बीपी कोइराला, ध्रुबवर सिंह र सूर्यप्रसाद उपाध्यायलाई भेटेर गुरुङ जाति शुद्र होइन भनेर रेडियो नेपाल, गोरखापत्रमा विज्ञप्ति दिन लगाएर गुरुङ जाति शुद्र हुनबाट बचाएको रहेछ (मा. मेजर दीपक गुरुङ पेज ११४) । रामकुमारी राणा गुरुङ र सिंगो गुरुङ जाति शुद्र हुनबाट बचेको थियो । जुन बेला रामकुमारी टंगोलमा बस्थिन् । त्यहाँ उनको बैनीको छोरी पनि सँगै बस्ने गर्थिन् जुनपछि उपमन्त्री खगेन्द्र गुरुङ (लमजुङ) सँग विवाह गरेको रहेछन् ।
 
त्यतिखेरको समाज बल र पाखुरालाई सर्वोपरी ठान्दा थिए । जसको शक्ति उसको भक्ति भनेजस्तै रुम्जाटार पनि त्यो प्रवृत्तिबाट अछुतो थिएन रुम्जाटारमा त्यसैले तत्कालीन सरकारले विशेष अधिकारसहित लमजुङ चेपे खोलाको धनवर कोने (घोताने) गुरुङलाई पठाएको रहेछ । प्रा.डा. धनबहादुर कुँवर (रुम्जाटार) । त्यस्तो अख्तियार पाएर आएको व्यक्तिलाई निसान (लिसान) भन्दा रहेछ । पछि उहाँको कोही सन्तान लमजुङको प्यारजुङ गाउँ फर्कि गएको बुझिन्छ । निसान घर रुम्जाटारको धनवर कोने गुरुङको ११ औं सन्तान हुन् । 

रुम्जाटारको गुरुङहरुसँग गुरुङ संस्कृति यथेष्ट पाइन्छ तर भाषा पाइँदैन । हाम्रो अवलोकन भ्रमणको क्रममा हामीले ३ जना गुरुङभाषीलाई भेट्यौं । एकजनाले अनलाइन कक्षामार्फत भर्खर सिक्नुभएको जसले पंक्तिकारसँग खुलेर गुरुङ भाषामा संवाद गरेको थियो । अरु एउटा पोखरा वुद्ध अर्घौ सदनमा अध्ययन गर्न बसेका लाप्लेजुङ घर भएका रुम्जाटारकै गुम्बाको लामा गुरुङ र अर्को पोखराकै एउटा चेली विवाह भएर आएका । रुम्जाटारमा घुम्दै गर्दा अनायसै हामी एउटा त्यस्तो घरमा पुग्यौ जहाँ विशुद्ध गुरुङको संस्कृति भाति जाँड खाने । जुन गुरुङको पुरानो परम्परा रुम्जाटारमा अझै पाईने रहेछ । त्यो काँसको भाँडोलाई नेपालीमा बोटुका र गुरुङ भाषामा “खुरी” भन्दछ । त्यहाँ अर्को संस्कृति भेडी गोठको जुन पश्चिममा हराइसकेको छ तर रुम्जाटारमा अझै पनि रहेछ र त्यहाँ अझै राडी, पाखी, बख्खु बुन्दै गरेको पाउँदा हामी खुशी भयौं ।

गुरुङहरुको आर्थिक हैसियत मापन गर्ने कि उन कि सुन भन्ने सुनेको थिएँ । जुन जनश्रुति रुम्जाटारमा पनि रहेछ । यो पंक्तिकारको जिल्ला लमजुङमा कसैको छोरी विवाह गर्नु पर्‍यो भने केटा कि लाहुरे हुनु पर्‍यो कि भेडी गोठाले हुनु पर्‍यो । लाहुरे र भेडी गोठाले रोजीसकेपछि मात्रै अरुले पाउँथे । यो  जनश्रुती रुम्जाटारमा पनि रहेछ । वैदेशिक रोजगारले भेडीगोठ विस्थापित भइसकेको छ । २०३३ सालतिर रुम्जाटारमा १४० वटा रहेको भेडी गोठ अहिले मुश्किलले ३/४ वटा मात्र रहेको बुझिन्छ (डा. भोजबहादुर श्रेत्री रुम्जाटार) । आफ्नो भौगोलिक बनावटको कारण रुम्जाटार पुर्वको एक रत्नको रुपमा लिन सकिन्छ । बहादुर शाह नेपाल विस्तारको क्रममा पूर्वतिरको किरात अथवा सिक्किम हान्न हिँडेको गोर्खाली फौजले धान कुट्न बनाएको ओखललाई लिएर जिल्लाकै नाम ओखलढुंगा रहन गएको रहेछ (प्रा.डा. गणेश गुरुङ) ।

समान उमेर समूहको युवा युवतीहरु अथवा महिला पुरुषहरु पनि हुन सक्छन् । एक आपसमा मिलेर पर्मा लगाउनेलाई “हुरी” लगाउने भनिन्छ । मौसमअनुसार यो फरक-फरक हुन्छ । जेठमा खेतको कान्ला आलि खन्ने, कोदो रोप्ने, रोपाइँ गर्ने काम हुन्छ । यो पर्मा लगाउने प्रक्रियालाई गुरुङ भाषामा नोकोरा भन्दछ । “नो” भनेको पर्मा “कोरा” भनेको वृत्ताकार वा घेरो भनेको हो । जति जना हुन्छ त्यतिकै दिन पालैपालो काम गर्नेलाई पर्मा लगाउने (हुरी लगाउने) अथवा गुरुङ भाषामा नो कोरा लगाउने भन्दछ । पालैपालो सबैजना सबैको खेतमा गएर काम गर्नुपर्छ । यसरी काम गर्दा समूह मिलेर काम गर्ने भएकोले काम धेरै गर्न सकिन्छ, रमाइलो वातावरणमा काम हुन्छ । काममा गफ गर्ने, गीत गाउने, हसाउने पनि हुन्छ त्यसैले यो काम पर्मा लगाउन नभई कतै जात्रा गए जस्तो महसुस हुन्छ । यसरी हुरी लगाउने समय आएपछि युवतीहरुले युवाहरुको घरमा गएर (घुम) स्याखु ल्याएर आफुसँग राख्नुपर्छ । यो पर्मा लगाउन जाने दिन भन्दा २/३ दिन अगाडी ल्याउनु पर्छ । कतै कतै त कोदालो पनि ल्याउँदोरहेछ । 

काम सकेर बेलुकी घर आउँदा, बिहान काममा जाने बेलामा केटीहरुले केटाको स्याखु बोकीदिने चलन हुन्छ । यसरी घुम ल्याउनुको कारण उक्त घुम ल्याउने केटीहरुको समूहमा सँगै काम गर्न अनुरोध गरेको जस्तै हो । बिहान बेलुकी घुम बोक्ने काम पर्म नसकुनजेल हुन्छ । यदि केटीहरुले केटाको स्याखु बोकेन भने त्यो भद्रता, शिष्टता, मर्यादा नभएको र संस्कारविहीनरहेछ भनेर बुझ्दछ । यो पर्मा लगाउने काम सकिएपछि केटाकेटीहरु मिलेर सहभोज खान्छन् । यस्तो भोजमा केटाहरुले मासु र केटीहरुले रोटी, चामल र रक्सी प्रबन्ध गर्छन् र सबैसँग मिलेर खान्छन् । लमजुङमा यसलाई स्योंकै भनिन्छ । 

रुम्जाटारमा यसलाई “पर्मेली मेला” भोज भन्ने रहेछ । धान रोप्दा दाइँ हाल्ने ठूलो गराको बीचमा धानको बीउ र फूलहरु मिलाएर घुमाउरो किसिमले आकर्षक तरिकाले रोपिन्छ, यसलाई खले गरो रोप्ने भनिन्छ । यस्ता किसिमको मसिनो सुन्दर संस्कारहरु पश्चिमबाटै आफूसँगै लिएर गएको जस्तो लाग्छ । हाम्रो बीचमा धेरै चलन चल्तीहरु मिल्दोजुल्दो रहेछन् । रुम्जाटार प्राकृतिक रुपले सुन्दरमात्रै नभएर कला संस्कृतिले पनि धनी रहेछ । दुई दिन बस्ने कार्यक्रम छोट्याएर रुम्जाटारबाट बिदा भएर निस्कँदा रुम्जाटारको माला र खादासँगै मनैभरि रुम्जाटारलाई सजाएर फर्कियौं ।


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:४३
UGSS123 UGSS123
IME IME
Gurkha traval Gurkha traval
प्रतिक्रिया दिनुहोस्
property property
Sunlit Sunlit
Netra condo Netra condo
लोकप्रिय
  • Week
  • Month
सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक राष्ट्र राईको निधन
सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक राष्ट्र राईको निधन
अभिनेता धीरेन अभिनीत ‘गैरी गाउँकी साइली’ सार्वजनिक
अभिनेता धीरेन अभिनीत ‘गैरी गाउँकी साइली’ सार्वजनिक
धम्पुस पोखरी घोताने परिवार यूकेको १३ औं वार्षिक भेटघाट
धम्पुस पोखरी घोताने परिवार यूकेको १३ औं वार्षिक भेटघाट
तमु धीं यूकेको घान्द्रुक अवलोकन भ्रमण
तमु धीं यूकेको घान्द्रुक अवलोकन भ्रमण
तमुधिं यूकेले मनायो डा. हर्क गुरुङ र डा. चन्द्र गुरूङको स्मृति दिवस
तमुधिं यूकेले मनायो डा. हर्क गुरुङ र डा. चन्द्र गुरूङको स्मृति दिवस
गुरुङ फिल्मका पहिलो निर्देशक प्रितमले त्यागे जिफान
गुरुङ फिल्मका पहिलो निर्देशक प्रितमले त्यागे जिफान
द लन्डन गोर्खा ब्वाइज टिमका चार युवाले पूरा गरे १०० किमिको दौड
द लन्डन गोर्खा ब्वाइज टिमका चार युवाले पूरा गरे १०० किमिको दौड
जिगेसाको निःशुल्क स्वास्थ्य शिविर
जिगेसाको निःशुल्क स्वास्थ्य शिविर
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको पूजाअर्चना
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media

23 Reeves Road, Aldershot, Hampshire GU12 4NT

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© Gurkha Media - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्