Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 13, October, 2025 सोमबार, असोज २७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
विचार/व्लग
  • Home
  • विचार/व्लग
  • के हो बेलायतवासी नेपालीको मुख्य अभिभारा ?
के हो बेलायतवासी नेपालीको मुख्य अभिभारा ?
मान गुरुङ
मान गुरुङ शनिबार, भदौ ९, २०८०

नेपालीहरु बेलायतमा बसोबास तथा सम्बन्ध भएको दुई शताब्दीभन्दा लामो समय भए पनि नेपाली बेलायतमा स्थायीरुपमा बस्न थालेको केही दशक भयो । पछिल्लो समयमा बेलायतमा बसोबास गर्ने नेपाली समुदायको संख्या उल्लेख्य वृद्धि भएको छ । जसमा पहिले ब्रिटिस गोर्खा सैनिक र उनीहरुको परिवार थिए, पछि विद्यार्थी, शरण खोज्ने, दक्ष पेसाकर्मी, व्यापारी र विभिन्न पेसाकर्मीहरुसहित विभिन्न क्षेत्रका मानिस छन् । केही उद्यमीहरु बेलायतमा बजारमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन् ।
 
नेपालीहरु बेलायतमा विभिन्न क्षेत्रमा योगदान र अनुभव हासिल गरे पनि बेलायती समाजमा आफूलाई पूर्णरुपमा समायोजन गर्न र आफ्नो सम्भावनाअनुसार भूमिका निर्वाह गर्न सकेका सकेका छैनन् । जसका विभिन्न कारणहरु छन् । त्यस्ता चुनौतीहरु के-के हुन् र संभावित समाधान के हुन सक्छन् । जसले बेलायतमा नेपाली समुदाय र नेपालमा रहेका नेपालीहरुको 
आर्थिक विकास तथा संस्कृतिलाई समृद्ध बनाउने काम गर्दछ भन्नेबारे केही विषयहरु बुँदागत रुपमा समावेश गरेको छु । 

१) भाषा तथा संस्कृति 
बेलायतमा रहेका नेपाली समुदायले सामना गरेको सबैभन्दा ठूलो कठिनाइ सांस्कृतिक तथा भाषिक हो । भाषामा रहेको सीमितता, प्रभावकारी सञ्चार तथा बेलायतको बृहत्तर संस्कृतिमा सहभागिताका लागि सबैभन्दा ठूलो व्यवधानको रुपमा रहेको छ । जसको परिणाम समाजबाट एक्लिनु परेको छ । त्यसले मानसिक स्वास्थ्यमा हानी पुर्‍याएको छ र त्यहाँको परिस्थिति अनुकूलन हुने प्रक्रियामा अवरोध सिर्जना गर्दै आएको छ । नयाँ परिस्थितिमा त्यस देशको संस्कृतिको सबल पक्षलाई अंगीकार गर्न नसक्दा रमाउन नसक्नु र शान्ति नहुनाले यसको नकारात्मक असरहरु परिरहेको छ । 

नेपाली समुदायमा दुई दशकभन्दा बढी केन्द्रित रहेको एउटा सामाजिक कार्यकर्ताको रुपमा मैले फरक प्रकारको चुनौती सामना गर्नु परेको छ । यस्तो अवस्थामा पहिले हुने गरेको थिएन । असामान्य प्रकारको चुनौतीहरु छन् । हङकङको साथै नेपालबाट पनि नेपालीहरुको बसाइसरेपछि उल्लेख यी समस्याहरू विकसित भएका हुन् । यी कठिनाइहरूको बाबजुद हामी यी समस्याहरू समाधान गर्न दृढ प्रयास गरिरहेका छौं । त्यसमा नेपाली समुदायले खोलेका विभिन्न प्रकारको संघ तथा संगठनहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने आवश्यक ठान्दछु । 

बेलायतमा नेपालीहरुको संस्थाहरु बग्रेल्ली खुलेका छन् । गाउँ, भेग, जिल्ला, जात, धर्म, पेसा, लिंग, आकांक्षा आदि-इत्यादि विषयलाई आधार बनाएर ३ सयदेखि ४ सयसम्मको हाराहारीमा संस्थाहरु खुलेका छन् । तर उनीहरुको भूमिका सानो समूहको स्वार्थभन्दा पनि नेपाली समुदायको बृहत्तर हितमा हुनुपर्ने हो । यस्ता संघसंस्थाहरुले भूमिका  सामाजिक सहयोग, शिक्षा तथा मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्ने अभियानलले समुदायले सामना गरिरहेको समस्यालाई समाधान गर्न र सहकार्यलाई प्रवर्द्धन गर्छ । 

Sanvi jeeler
Maoustail service

२) आर्थिक समस्याहरु तथा नेतृत्वमा समस्या
बेलायतमा रहेको नेपाली समुदाय आर्थिकरुपमा संघर्षरत छ । यसमा मुख्यरुपमा कम सिप भएका, श्रमिक र शरण खोज्नेहरु समस्या बढी छ । आर्थिक चुनौतीलाई सामना गर्ने दिगो स्रोतको अभाव, राम्रो शिक्षामा पहुँचको कमी र उचित अवसरको कमी रहेको छ ।  

नेपाली व्यापारीको सानो समूह बेलायती बजारमा आफ्नो प्रभाव विस्तार गर्न खोज्दै छन् । भाषा, संस्कृति, शिक्षा र प्रणालीमा असमानताले ल्याएको प्रारम्भिक कठिनाइहरू सुरुआतमै आउने भए पनि केही वर्षभित्र हट्नु पर्ने हो । तर रैथाने र नेपाली 'डायस्पोरा'सँग उनीहरुलाई आफूलाई समायोजित गर्ने प्रयास गरे तापनि स्थानीय संस्कृति, प्रक्रिया र आनीबानी बुझ्ने तथा अपनाउने विषयमा भने अझै ठूलै अन्तर देखिन्छ । जसले गर्दा बेलायतमा रहेका नेपालीको जेजति संभावना छ त्यो भन्दा कम उपलब्धि हासिल गर्न सकेको मेरो बुझाइ छ । आफ्नो संभावनालाई पूर्ण उपयोग नभएर खुम्चिएको छ ।
 
अर्कोतर्फ नेतृत्वको अभावले त्यस्तो समस्याहरुको ठोस समाधानका लागि गरिने प्रयासहरुको अभाव पनि रहेको छ । दल, गाउँ, भेग, जिल्लाजस्ता विभिन्न क्षेत्रका सामाजिक संस्था भए पनि मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा जेष्ठ नागरिकहरुलाई सहयोगसहितको सामाजिक कामका विषयहरु चर्चामा सीमित भएका छन् । समुदायका संस्थाहरुले फरक प्रकारको भूमिका निर्वाह गर्नुपर्ने हो । उनीहरुले सानो झुन्डको स्वार्थभन्दा माथि उठेर समुदायको बृहत्तर हितमा काम गर्नुपर्छ ।

नेतृत्वको पनि समस्या देखिन्छ । सैन्य पृष्ठभूमिको कारण धेरै जस्तो राजनीति वा संगठनहरुमा आउन हिचकिचाउँछौं । जसले गर्दा कमजोर पृष्ठभूमि भएका वा विवादमा परेका मानिसले नेतृत्वमा पुग्ने अवसर पाउँछ । जसले समाजलाई विभाजित गर्दछ । त्यसैको फाइदा उठाउँदै असक्षमहरुको झुन्ड नेतृत्वमा पुग्ने गरेको छ । जसले बृहत्‌ हितमा भन्दा सानो झुन्डको स्वार्थमा काम गर्दा विभिन्न कुरामा कठिनाइ उत्पन्न हुने गरेको छ । 
 
३) सिप विकास तथा शिक्षामार्फत सशक्तीकरण
शिक्षा र सिप विकासमार्फत बेलायतमा रहेका नेपाली समुदायले आफूलाई परिवर्तन गर्ने अवसर छ । नेपाली युवाहरुलाई बेलायतको श्रम बजारको आवश्यकताअनुसार उच्चशिक्षा र व्यावसायिक तालिमका लागि जोड दिनुपर्छ । जसले उनीहरुलाई आर्थिकरुपमा शक्तिशाली बनाउने छ । अंग्रेजी भाषामा दक्षता एउटा महत्वपूर्ण सिप हो । जसले संवादलाई सुधार्छ र रोजगारीको अवसर बढाउँछ । 

बेलायतमा सफल हुनका लागि सिप हासिल गर्नु, स्थानीय संस्कृति अपनाउनु र आफ्नो धारणालाई विश्वस्तरको बनाउन आवश्यक छ । यस्ता सामाजिक संस्थाहरुले कार्यशाला, भाषा कक्षाहरु तथा मेन्टरशीप कार्यक्रममार्फत गर्न सक्दछ । 

४) नेपालसँग साझेदारी : आर्थिक वृद्धिलाई प्रवर्द्धन
बेलायतमा रहेको नेपाली समुदायले आर्थिक वृद्धि गरेर, सूचना र सिप साझा गरेर र रचनात्मक सहभागितालाई प्रोत्साहित गरेर नेपाली डायस्पोराले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्न सक्छन् । विदेशमा काम गरेर नेपाल पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा ओगटेको छ । प्रविधि, पर्यटन तथा दियो विकासको क्षेत्रमा रणनीति लगानीमा आर्थिक सहयोग वृद्धि गर्न सक्छौं ।  

समुदायमा आधारित संघ/संस्थाहरुले पनि एक्स्चेन्ज कार्यक्रम, कार्यशाला र गोष्ठीहरुमार्फत आफ्नो ज्ञानलाई हस्तान्तरण गर्न सक्छन् । जसले दिगो अभ्यास र नवप्रवर्द्धनका लागि ज्ञान र अनुभव तथा दिगो अभ्यास तथा प्रवर्द्धनलाई अभिवृद्धि गर्नसक्छ । 

कसले पायो र कसले गुमायो ? हामीबीचमा मिलाप हुन सकेन र एकसाथ आउन सकेनौं भने हामीले निश्चितरुपमा गुमाउने छौं । हामीलाई भनेको आर्थिक लाभ, खुसी, स्रोतमा अत्याधिक पहुँच पुर्‍याउने हो । 

नेपाल देशका लागि अहिले चाहिएको भनेको दान, लगानी, भ्रमण, सिप र ज्ञान तथा सकारात्मक प्रतिक्रिया हो । विचार, रणनीति, कार्य तथा योजनामा यस रुपको विभाजनले हाम्रो उद्देश्य बेलायतमा न नेपालमा प्राप्त गर्ने गर्न सक्छौं । अहिले जे जस्तो अवस्थामा हामी छौं त्यसमा रहन्छौं । अर्थात् हामी यथास्थितिमा सीमित रहिरहने छौं । 

बेलायत र नेपालको नयाँ पुस्ताका लागि यो समय सोच्ने, परामर्श गर्ने, संवाद गर्ने, समझदारी गर्ने र त्याग गर्ने समय हो । किनभने हामीले यसअघि नै बेलायतमा बस्नका लागि धेरै कुरा त्यागिसकेका छौं र अर्कोतर्फ हामीले त्यहाँ के प्राप्त गर्‍यौ त्यसको पनि कदर गर्नै पर्छ । हामी एक हुन चाह्यौ भनेमात्रै बेलायत र नेपालमा हामीले आर्थिक समृद्धि प्राप्त गर्न सक्छौं । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आर्थिक तथा राजनीतिक शक्तिकेन्द्र बनेका भारत र चीनको आर्थिक समृद्धिबाट फाइदा लिनै पर्दछ । भारत र चीनले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेको उपलब्धिमा जोडिनु सक्नु पर्दछ । सबै जनाको धारणा एक नभई त्यो संभव पनि छैन । यो विषयलाई ढिलो नगरी मनन गर्न आवश्यक छ । 

बेलायतमा रहेका नेपालीहरुलाई स्थानीय स्रोत, विज्ञता, सिकाई तथा विकास, कोचिङ, परामर्श तथा मनोरञ्जनका लागि उचित वातावरण आवश्यक छ । यस  विषयमा गहन विचार गर्न र बेलायतको नेपाली समुदाय र नेपालमा यसको कार्यान्वयन गर्न आवश्यक छ । यी विषयहरूमा सावधानीपूर्वक सोच्नु, बेलायत र नेपाल दुवैमा नेपाली समुदाय विश्वस्तरमा विकास भई सफलता हासिल गर्नु पर्दछ । तबमात्र नेपालीहरुको जीवनस्तर बृहत्तर हित, शान्ति, खुसी र सुखी समाजमा परिणत हुन्छ । 
 
(लेखक ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष हुनुहुन्छ ।)


प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ००:०५
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप विचार/व्लग
विचार : नेपालमा नयाँ पुस्ताको नेतृत्व माग
विचार : नेपालमा नयाँ पुस्ताको नेतृत्व माग शुक्रबार, असोज ३, २०८२
बाबाको फिलिप्स रेडियो र स्वरसम्राट नारायण गोपाल
बाबाको फिलिप्स रेडियो र स्वरसम्राट नारायण गोपाल बिहीबार, साउन २९, २०८२
पुनर्जन्म, आत्मा र परमात्माको विश्लेषण
पुनर्जन्म, आत्मा र परमात्माको विश्लेषण शनिबार, साउन ३, २०८२
मेरा लागि अत्यन्त सुखद सप्ताहान्त
मेरा लागि अत्यन्त सुखद सप्ताहान्त मंगलबार, वैशाख ३०, २०८२
ट्रम्प, ट्रेड वार र विश्व प्रभाव : मेरो एक संक्षिप्त अवलोकन
ट्रम्प, ट्रेड वार र विश्व प्रभाव : मेरो एक संक्षिप्त अवलोकन बिहीबार, वैशाख २५, २०८२
छापा पत्रकारिता : सम्भावना र रणनीति
छापा पत्रकारिता : सम्भावना र रणनीति बुधबार, वैशाख १७, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्