लन्डन । वेलायतको फार्नबोरो अल्डरसटमा बस्ने केहि नेपाली परिवारहरुले माष्टर ईन्द्र गुरुङ र श्रीमती राजीश्वरी श्रेष्ठ गुरुङको साथमा संसारको अनाहत चक्र ग्लास्टनबुरी टोरमा गई ध्यान हिलिङ गरे।
माष्टर कनसियोस्नेस ट्रेनर, कोच र आकश हिलर ईन्द्र गुरुङले संसारको चक्रहरु मध्ये हर्ट चक्र बेलायतमा अवस्थित छ भन्नै जानकारी २०१६को बेलायत भ्रमण ताकानै वेलायतबासीहरुलाई भनेका थिए। संभवत पहिलो पटक नेपालीहरु सामुहिक रुपमा ‘टोर’ पुगी ध्यान हिलिङ्ग गरेको ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङ बताउँछन्।
लन्डन देखि दक्षिण पश्चिममा पर्ने उक्त ठाउँ फार्नबोरो देखि २ घण्टा ड्राभिङ्गमा सजिलै पुग्न सकिन्छ।
१३ जनाको समुह बिहानै फार्नबोरो देखि ग्लास्टनबुरी टोरमा पुगेका थिए। हार्टचक्रमा पुग्नसाथै सबै जना उत्साहित थिए। माष्टर ईन्द्र र ईनर्जी हिलर, ट्रेनर राजेश्वरी श्रेष्ठ गुरुङ दुवैले मानव शरीरमा हुने सात चक्र र विश्वमा भएको सात चक्रका बारे शुरुमै जानकारी गराएर वकिङ्ग शुरु गरेका थिए। नजिकैको कार पार्क देखि १० मिनेट हिडेर सेन्ट माईकल टावरमा पुगियो। त्यहि हरियाली डाँडाको टुप्पा १५८ मिटर उचाईनै हार्टचक्रको केन्द्र बिन्दु ‘टोर’ मानिदो रहेछ।
त्यहि डाँडामा सबै जनालाई ईन्द्र र राजेश्वरीले चक्र ब्यालेन्सिङ, कस्मिक मिडिटेसन विश्व शान्तिका लागि गराएका थिए। हार्ट चक्रको वास्तविकता प्रेम करुणा र दया सँग भएकोले त्यहि ठाउँ गएर ध्यान गर्न पाउँनु सबैको सौभाग्य भएको ईन्द्र बताउँछन् । उक्त समुह संसारको जिओम्याग्नेटिक ईनर्जी सेन्टर मध्ये सल्सबुरी प्लेनमा अवस्थित प्रागैतिहासिक स्मारक स्टोनहेजमा पनि पुगे।
मे रि टिकेन्द्र देवान जे पी, मिलन देवान, मान गुरुङ, मेग गुरुङ, रोहित गुरुङ, शुष्म गुरुङ, प्रकाश गुरुङ, संगीना गुरुङ, रोशनी गुरुङ र सन्ध्या गुरुङको सहभागि थिए। सबै जनाले उक्तदिन अतिनै फलदायी भएको बताए। ईन्द्र र राजेश्वरी जस्तो प्रोफेसनल ट्रेनर, हिलरको साथ पाईरहे जीवन सधै सुगम हुने प्रतिक्रिया दिए। ईन्द्र र राजेश्वरीका युवा छोरा रोनाल्डले बाबुआमाको काममा साथ दिईरहेका थिए। रोनाल्ड पनि आकाश हिलर हुन्।
आकश हिलर र कस्मिक मेडिटेसनका फाउन्डर ज्याक मकानी डेनमार्कका हुन्। हालमा साइप्रस बस्छन्। सबैले ज्याकलाई धन्याबाद दिए।