काठमाडौं । स्व. डा. चन्द्रकुमार लक्सम्बाको बहुआयामिक जीवनी र उनका लेखहरू समेटिएको पुस्तक ‘ताप्लेजुङदेखि अक्सफोर्डसम्म’ लोकार्पण गरिएको छ ।
२२ अप्रिल २०२३ (बैशाख ९ गते शनिबार) का दिन होटल हिमालय, ललितपुरमा एक कार्यक्रमकाबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त पुस्तक विमोचन गरेमा हुन् । कार्यक्रममा पुस्तक चर्चा/संस्मरण आदि वैरागी काइँला, (पूर्व उपकुलपति, प्रज्ञा प्रतिष्ठान), योगेश भट्टराई (सांसद, प्रतिनिधिसभा), सुशीला श्रेष्ठ (सांसद, प्रतिनिधिसभा), प्रा. गणेशमान गुरुङ (कुलपति, गण्डकी विश्वविद्यालय), प्रा. शिलु मानन्धर, (उपकुलपति नेपाल खुला विश्वविद्यालय), प्रा. अभि सुवेदी (लेखक, कवि, नाटककार), डा. विष्णुराज उप्रेती (सल्लाहकार, सिएनएस युके/पूर्व अध्यक्ष, नीति अनुसन्धान प्रतिष्ठान); प्रा. रमेश भट्टराई र डा. लेखनाथ शर्मा पाठकले गरेका थिए ।
उक्त कार्यक्रममा उर्मिला थेबे (सांसद, प्रतिनिधि सभा), लीला बखिम (सांसद, प्रतिनिधि सभा), पूर्व मन्त्री पम्फा भुसाल, संविधान सभाका (पूर्व) सदस्यहरू डम्बरध्वज तुम्बाहाम्फे, भुपेन्द्र थेबे, पासाङ शेर्पा, टंक कार्की (चीनका लागि पूर्व राजदूत), डा. विजयकान्त कर्ण (डेनमार्कका लागि पूर्व राजदूत) लगायतको उपस्थिति थियो । उपस्थितिका लागि आयोजक टिमले धन्यवाद व्यक्त गरेको छ।
कल्पना लक्सम्बाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले गरेका थिए । कार्यक्रममा लेक्स लिम्बुले स्वागत गरेका थिए । आयोजक नेपाल अध्ययन केन्द्र (CNSUK) का नरेश खपाङ्गी मगरले कल्पना लक्सम्बाको लेख वाचन गरेका थिए । डा. कृष्ण अधिकारीले पुस्तकको सम्पादकीय मन्तव्य र खाका प्रस्तुत गर्दै डा. चन्द्रकुमार लक्सम्बाको बहुआयामिक व्यक्तित्व र आलेखहरूबारे प्रस्तुति दिएका थिए । बहार लक्सम्बाले धन्यवाद ज्ञापन गरेका थिए ।
लक्सम्बा परिवारको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रमको अन्त्यमा खानपानको आयोजना गरिएको थियो । कार्यक्रममा सिएनएसयुकेमा पूर्व तथा वर्तमानमा आवद्ध पदाधिकारीहरू डा. कृष्ण अधिकारी, डा.गोविन्द दाहाल (संस्थापक निर्देशक), डा. विष्णुराज उप्रेदी, डा. अच्युत गौतम, श्री बराल, नरेश खपाङ्गी मगर र लक्सम्बा परिवारको उपस्थिति रहेको थियो ।