लण्डन । काठमाडौंमा आयोजना भइरहेको विश्व इतिहासको पहिलो नेपाली रियालिटी शो ‘दी पोएट् आइडल’ २०२३ को फाइनलमा सिक्किमकी निलम गुरुङ पुगेकी छिन् ।
प्रतियोगितामा सिक्किमलाई प्रतिनिधित्व गरिरहेकी निलम गुरुङ टप ४ मा पर्न सफल भएकी हुन् । उनको कवितालाई विश्वभरी छरिएर रहेका नेपालीहरुले मन पराएका छन् । निलम गुरुङ सपोर्ट क्लबले प्रतियोगिताको अन्तिम चक्रमा प्रवेश गरेकी उनलाई सहयोग गर्न अनुरोध गरेको छ ।
‘साहित्यलाई सम्मान निलम गुरुङलाई मतदान, साहित्यको विजय हाम्रो विजय’ भन्ने नाराका साथ उनलाई जिताउन सर्पोट क्लब लागिपरेको छ । उनको साहित्यिक नेतृत्वका क्षमता, साहस, अथक परिश्रम अनि कर्मले सिक्किम राज्य सरकार, स्वदेश तथा विदेशका विभिन्न साहित्यिक, धार्मिक अनि शैक्षिक संघसंस्थानका नेतृत्वगण, साथै सबै तह अनि वर्गका साहित्य अनुरागी, शुभचिन्तक आदिका प्रत्यक्ष अप्रत्यक्ष प्रचुर साथ, सहयोग र समर्थनले नै उनी यो स्थानमा आइपुगेको क्लबले जनाएको छ ।
शीर्ष १४ देखि यो अन्तिम चक्रमा प्रवेश गर्न सफल बनेकोमा क्लबले बधाई व्यक्त गर्दै उनलाई बिजयी गराउन अनुरोध गरेको छ । सबैको सहयोगप्रति धन्यवाद समेत ज्ञापन गरेको छ । उनलाई बिजयी बनाउन पनि आग्रह गरेको छ । क्लबले ‘विजय श्रीपेच’ को हकदार बनाउन सबैमा अपिल गरेको छ ।
कवि निलमले कविता मात्र बाचन गर्दै हुर्केको पुस्तालाई कवितामा अभिनय र संगीतको मज्जा लिन शोले सहयोग गरेको बताइन् । रियालिटी शोमा आएर सिक्ने अवसर पाएको बताइन् ।
युवा पिढी पनि साहित्यमा आउनुपर्छ भन्ने तर्क राख्ने गरेकी उनले सबै ठाउँमा रहेका नेपालीहरुको माया र साथ पाएको बताइन् । ओसर कनेक्टको भोटिङ एप डाउनलोड गरी भोट गर्न अनुरोध गरेकी छिन् । फाइनलमा जित हासिल गर्ने पनि विश्वास लिएकी छिन् ।