बेलायत । मगर संघ यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बेलायतको अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा आइतबार ९ अप्रिल २०२३ का दिन मगर संघ यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभा अध्यक्ष सिता पुन र संस्थापक अध्यक्ष थर्क रानाले संयुक्तरुपमा दीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । त्यसअघि महासचिव गुमान सिङ थापाले आपतकालीन अवस्थाबारेमा सूचना दिएका थिए ।
सभाको दोस्रो चरणमा संस्थाका महासचिव थापाले वर्षभरी संस्थाको तर्फबाट बेलायतमा स्थापित विभिन्न संघ-संस्थाहरुमा मगर संघ यूकेका अध्यक्षलगायत कार्यसमितिहरुले सहभागिता जनाएको संघ-संस्थाहरुको सूची प्रस्तुत गर्दै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष मोहन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने हाउजिङ्ग कोषाध्यक्ष थम रोकाले आफ्नो प्रस्तुत गरे । उक्त व्यापक छलफलपछि सर्वसम्मतबाट पारित गरिएको थियो ।
मगर मास्टर डिग्री तथा पीएचडी अक्षयकोषको नेपाल संयोजक मेजर कृष्णकुमार आलेले नेपालमा रहेको मगर मास्टर डिग्री तथा पीएचडी अक्षयकोषको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मगर मास्टर डिग्री तथा पीएचडीउपर उठेका प्रश्नहरुको सहजीकरण पनि मेजर आलेले गरेका थिए ।
सभाको तेस्रो चरणमा मगर संघ यूकेका रेडिङ्ग शाखाका अध्यक्ष सोब रेगामीमगर, केन्ट शाखाका अध्यक्ष क्याप्टेन नानीबाबु मगर, यूएचएसबी शाखाका अध्यक्ष ऋषिराम राना, वेम्बली शाखाका अध्यक्ष गंज आले, प्लमस्टेड शाखाका अध्यक्ष दलप्रसाद थापा, वेस्ट लन्डन शाखाका अध्यक्ष लोकबहादुर थापा र वेल्स शाखाका अध्यक्ष महादेव थापा, युथ समितिका अध्यक्ष अनिल थापालगायतले आ-आफ्नो शाखाको प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।
सभाले मगर संघ यूकेमा क्याप्टेन राम पुन, हेमा राना, जमुना पुनलाई ट्रस्टी चयन गरेको छ । त्यस्तै ६ वर्षको ट्रष्टी कार्यकाल पूरा गरेकाहरु मेजर सन्त पुन, राजेन राना र गोमा रानालाई खादा र प्रमाणपत्रले सम्मानसहित बिदा गरिएको थियो ।
बार्षिक साधारणसभामा मगर संघ यूकेका अध्यक्ष "एयर अफ द २०२२/२०२३ कार्यसमिति अवार्ड" पुरुषतर्फ महासचिव गुमान सिङ थापा र महिलातर्फ सहकोषाध्यक्ष सरला रोकामगर सम्मानित भएका छन् ।
मगर संघ यूकेका अध्यक्ष सिता पुनले अध्यक्षता गरेको कार्यक्रममा संस्थाको वरिष्ठ उपाध्यक्षलाल पुनले स्वागत मन्तव्य दिएका थिए भने महासचिव गुमानसिङ थापाले संचालन गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्षहरु, ट्रस्टीहरु, सल्लाहकारहरु, शाखाका अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, युथ कमिटीका अध्यक्षलगायत उपसमितिका सदस्यहरुको उपस्थिति थियो ।