लण्डन । रेडिङ नेपाली समाज यूकेको अध्यक्षमा भिमसेन खड्का निर्वाचित भएका छन् ।
समाजको १२ औं महाधिवेशनले खड्काको अध्यक्षतामा २०२३–०२४ का लागि २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा यादव श्रेष्ठ, प्रेम गुरुङ, सुरेशजंग थापा, कल्पना सुवेदी पण्डित र उदय घिसिङ, महासचिवमा ओमकार अधिकारी, सचिवमा भरत पौड्याल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा निर्वाचित भएका छन् ।
सदस्यहरुमा हरिमाया गुरुङ, विनस रिजाल, दुर्गा ढकाल, इन्दु सुब्बा, हिम्मत सिटौला, सुभास चापागाई, सुरेन्द्र उप्रेती, रोशन श्रेष्ठ, विक्रम श्रेष्ठ, चेत रेगामी, मिन कुमार गुरुङ, श्रया पौडेल तथा लक्ष्मण श्रेष्ठ गरि २३ जनाको टिम रहेका छन् ।
महाधिवेसनमा संस्थाका महासचिव ओमकार अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाको आयब्याय विवरण कोषाध्यक्ष सरोज थापा र लेखापाल विश्व पुडासनीले पेश गरेका थिए । निवर्तमान अध्यक्ष टेक गुरुङले अधिवेशनको अध्यक्षता गरेका थिए भने संस्थाका सल्लाहकार विश्वआदर्श पण्डित प्रमुख अतिथि र विशेष अतिथि राम गलामीमगर थिए ।
निर्वाचन अधिकृत कृष्ण अधिकारी, निर्वाचन सचिव सोब रेगामी, सदस्यहरु मान गुरुङ तथा जानकी कायस्थले निर्वाचन शान्त र सरल रूपमा सम्पन्न गरेका थिए । निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अधिकारीले पद तथा गोपनियताको शपथ गराएका थिए । समाजका निवर्तमान अध्यक्ष गुरुङले कोभिडमा गरिएको कामले रेडिङ नेपाली समाजलाई सम्मानितसंगै भोलिन्टियरका रुपमा पुरस्कृत गराएको बताए ।
उनले संस्थाको कामप्रति काउन्सिल, साउथ एसिया र अफ्रिकी मुलुकका संस्थासहित १८० भन्दा धेरै नेपाली संस्थाले थाहा पाउनु चानचुने कुरा नभएको बताए । प्रमुख अतिथी विश्वआदर्श पण्डितले संस्थाले गरेको गतिविधिलाई उच्च मूल्यांकन गरिएको जनाउंदै भविष्यमा अझ नौला र रोचक काम लिएर आउने विश्वास व्यक्त गरेका छन् ।
विशेष अतिथि राम गलामीले समाज सबैको छाता संगठन भएको र यो संस्थामा जो कोही पनि आउने भएकोले यसको संभावना धेरै रहेको उल्लेख गरे । नवनिर्वाचित अध्यक्ष भिमसेन खडकाले सबैप्रति धन्यवाद व्यक्त गरे । उनले संस्थाले विशेष गरि युवाहरुलाई उपयुक्त हुने कार्यक्रम लिएर आउने, संस्थाको सम्पर्क कार्यालय खडा गर्ने लगायत अन्य काम द्रुत रूपमा गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।