लन्डन । पासा पुछ: गुठी यूकेमा नयाँ कार्यसमिति (२०२३-०२५) चयन भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार २६ फेब्रुअरी २०२३ का दिन सम्पन्न पासा पुछ: गुठी यूकेको वार्षिक साधारणसभाबाट केशवबहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिमा अध्यक्षमा केशवबहादुर श्रेष्ठ, उपाध्यक्षहरुमा पन्ना श्रेष्ठ, प्रतिमा जोशी, महासचिव प्रजेश श्रेष्ठ र कोषाध्यक्ष श्याम श्रेष्ठ चयन भएका छन् । सहसचिव, सहकोषाध्यक्ष र युवा संयोजकको पद रिक्त राखिएको छ । यस्तै इभेन्ट कोअर्डिनेटर सपन प्रधान, महिला कोअर्डिनेटर रिना श्रेष्ठ, कार्यसमिति सदस्यहरुमा वसन्त श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, प्रेमलाल श्रेष्ठ, मनिष श्रेष्ठ, बुद्धिमान श्रेष्ठ चयन भएको महासचिव प्रजेश श्रेष्ठले जानकारी दिए । साधारणसभाबाट राजन माली, परशुराम बदगामी र सुवास कायस्थ सल्लाहकारमा चयन भएका छन् ।
यसैगरी शंकरमान श्रेष्ठको संयोजकत्वमा नेवा हाउस प्रोजेक्ट कमिटी चयन गरिएको छ । जसमा क्या विष्णु श्रेष्ठ, हरिकुमार श्रेष्ठ, शुक्र श्रेष्ठ, मदनमान श्रेष्ठ, सपन प्रधान, मोतीमान बज्रचार्य र प्रजेश श्रेष्ठ छन् । नयाँ कार्यसमिति चयनका लागि परशुराम बदगामी, हरिकुमार श्रेष्ठ र शुक्र श्रेष्ठ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।