लन्डन । तमु प्ये ल्हु संघ युकेका आजीवन सदस्यहरुलाई सदस्यता कार्ड वितरण तथा प्रवचन कार्यक्रम २५ फेब्रुअरी २०२३ शनिबारका दिन मिडल्याण्डमा सम्पन्न भएको छ ।
कार्ड बितरण तथा प्रबचन कार्यक्रम क्षेत्रीय सल्लाहकार ओमप्रकाश ल्हेगे तमु एमबिईको सभापतित्वमा र संघका अध्यक्ष रणबहादुर टु क्ल्हेप्रीको प्रमुख आतिथ्यतामा भब्य र सभ्य तरिकाले सम्पन्न भएको हो ।
कार्यक्रमको उद्देश्यको बारेमा संघका सल्लाहकार पूर्णबीर प्हच्युले प्रकाश पारेका थिए । तमु प्ये ल्हु संघ युके र ननिटन बासीहरूवीच सामिप्यता बढाउन र एकापसमा परिचय गराउन यो कार्यक्रम महत्वपूर्ण रहेको संघले जनाएको छ । संघको लागि सदस्यहरूको महत्वको बारेमा प्रमुख अतिथिले जानकारी गराएका थिए । उनले कार्यक्रममा आमाबाबा, दाजुभाई, दिदीबहिनी, भान्जाभान्जीहरु संग छलफल गर्ने बातावरण पाएकोमा खुशी व्यक्त गरे ।
खेगी गुरुहरुबाट क्ल्हेपृी चिबा हिरा म्होब्जे र पच्यू पैंडी चिबा जित क्रोम्जेले प्ये (शास्त्र) मा आधारित शास्त्रीय दर्शनको बारेमाज्ञान दिएका थिए । सल्लाहकार ठाकुर क्होलाको सक्रियतामा सहयोगी आमा, बाबा तथा युबा समितीको सक्रियताले कार्यक्रम सफल भएको र स्वादिलो खाना र पिउने व्यवस्थापन गरेकोमा संघका अध्यक्ष रणबहादुर टु क्ल्हेप्रीले धन्यवाद व्यक्त गरे ।
कोभिड संक्रमणको कारणले करिव ३१ जना सदस्यहरुलाई कार्ड वितरण गर्न नपाएकोमा अहिले वितरण गरिएको हो । उक्त दिन थप २१ जनाले संघको आजीवन सदस्यता दर्ता गराएका छन् ।
कोभिडको समयमा आजीवन सदस्या तिल योज तथा श्रीमति रिनमाया त्होर्चै तमुस्योको छोरा नलिन बोअरी एलि, छोरी नजमा, जुवाई गिरिसको शुभ विवाहको शुभ उपलक्ष्यमा २५० पाउण्ड ह २ = २५० पाउण्ड गरि जम्मा ५०० पाउण्ड तमु प्ये ल्हु संघ युकेका आमा समूहलाई सहयोग गरेकोमा स परिवारलाई आमा समूह तथा संघको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।
कार्यक्रमको अन्त्यमा नेपालको स्थानीय गाउँठाउँको आभास दिलाउने लोकभाका र खैंचडी तालमा आमा टोलीले भरपुर मनोरन्जन दिलाएका थिए । कार्यक्रमको सन्चालन सल्लाहकार भेग च्हाक्ली तमुले गरेका थिए ।