लन्डन । चार भञ्ज्याङ तमू समाज युकेको १३ औं बार्षिक च्यारिटी डिनर नाइट भब्यताका साथ सम्पन्न भएको छ ।
समाजका अध्यक्ष बेनकुमार गुरुङको अध्यक्षतामा र बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य र श्रीमति सुनिता आचार्यको प्रमुख आतिथ्यतामा २५ फेब्रअरी २०२३ शनिबारका दिन फेल्थाम कम्युनिटी स्कुल लन्डनमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महामहिम राजदूत र समाजका अध्यक्ष गुरुङले पानसमा बत्ति बालेर गरेका थिए । कार्यक्रममा दूतावासका डीपुटि चिफ अफ मिसन (डीसीएम) रोशन खनाल, आइसीसी एनआरएनए डिपुटि जेनरल सेक्रेटरी रामशरण शिंखडा, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, श्रीमति सन्ध्या गुरुङ, तुम समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र श्रीमति मिना गुरुङ, काउन्सिलर बिष्णु गुरुङ र जित रानाभाट, धर्म गुरु खेम्पो सन्तोष गुरूङ, चारभञ्ज्याङ तमु समाज यूकेका ट्रष्टीहरू, स्विन्फेन च्यारिटी ट्रष्टका मेजर ह्युज बार्डेल, MBE, तमु प्ये ल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम तोर्जे गुरुङ, सहारा युकेका अध्यक्ष कुसाङ कुमार गुरुङ तथा सहारा परिवार, बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ र गुम्बा परिवार, तमूधिं लन्डन इकाईका अध्यक्ष बिष्णु गुरुङ र परिवार, तमु धीं साउथ इष्ट लन्डन इकाइका अध्यक्ष हेरी गुरुङ र परिवार, बुद्धिष्ट गुम्बा रिडिङका अध्यक्ष इ. खेम बहादुर गुरुङ र परिवार, लमजुङ समाजका अध्यक्ष दल गुरुङ र परिवार, बेजिङस्टोक समाजका अध्यक्ष ओम गुरुङ, स्याङ्जा जिल्ला समाज युकेको अध्यक्ष सारदा गुरुङ, तमु धीं युकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङ, निबर्तमान अध्यक्ष हितकाजी गुरुङ तथा तमु धीं युके परिवार धम्पुस समाज युकेका अध्यक्ष तथा KG3 Vice Chairman कुमार गुरुङ, चेलिबेटी प्रमुख चन्द्रदेबी गुरुङ, महसचिव लिना गुरुङ, दिलरास गुरुङ अध्यक्ष बगर भाई खलक युके, अोएनयस युकेका महासचिव र बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । समाजका महासचिव अमर गुरूङले सन्चालन उक्त कार्यक्रमको कोर्डिनेशन समाजका उपाध्यक्ष दुर्गा गुरुङले गरेका थिए । कार्यक्रमको उदेश्य र महत्वबारे चार भन्ज्याङ बृतचित्त भिडियो पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा चार भन्ज्याङ आइसीसी अध्यक्ष ले.चन्द्र गुरुङ, आइसीसी एनआरएनए डिपुटी जेनरल सेक्रेटरी रामशरण शिंखडा, तमु धीं अध्यक्ष हरी गुरुङ र प्रमुख अतिथि महामहिम ज्ञानचन्द्र आचार्यले चेरेटी कार्यक्रम बारे प्रकाश पार्दै आफ्नो मन्तव्य राखेका थिए ।
च्यारिटीको महत्व बारे प्रकाश पार्दै अध्यक्ष बेनकुमार गुरुङले बिबिध जानकारी गराए । समाजले हरेक बर्ष कार्यक्रम गर्दै आएको र कार्यक्रमबाट उठेको रकम नेपाल स्थित चारभन्ज्याङ गाउँ मा स्थापित टेलिमेडिसीन क्लिनिकमा सहयोग गर्ने गरेको छ ।
सन् २०१३ मा स्थापना भएको क्लिनिकमा आवश्यक औषधी, स्वास्थ्य सामग्री, बिबिध उपकरण मा सहयोग गर्ने गरिएको छ । उक्त क्लिनिकमा चारभञ्ज्याङ बाहेक अन्य द्दिमेकी जिल्ला बाट विरामी हरू उपचार गर्न आउने गरेका छन् । हालसम्म २६ हजारलाई निःशुल्क सेवा प्रवाह भएको छ । संसार भरि करिब ९६ देशसंग टेलिमेडिसीन सम्पर्क सेवा रहेका छन भने ७०० भन्दा बढी स्वस्थ चिकित्सक हरु रहेको छ ल्
समाजले शिक्षा क्षेत्र, विद्यालयको भौतिक निर्माण, शैक्षिक सामग्री, कम्प्युटर तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । कोभिड संक्रमणका समयमा अक्सिजन कन्सनट्रेटर, पीपीए, सर्जिकल, मास्क लगायतको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
एनआरएनए युके , तमुधिं यूके, सहारा युके र बिभिन्न परोपकारी अभियानमा नेपाल सरकारलाई सहयोग गर्दै आएको अध्यक्ष बेनकुमार गुरुङले जनाए । समाजले सामुदायिक भवन, गुम्बा तथा
भविष्यमा एग्रो टुरिजम र पर्यटकीय परियोजना सञ्चालन गर्ने र सहयोग गर्ने अध्यक्ष गुरुङले बताए ।
समाजलाई स्थापनाकालदेखि सहयोग र योगदान गर्दै आएका रोजर विल्लिस, विलिस र जेनि विलिएस लाई दम्पती ,नवनिर्वाचित तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ र श्रीमति सन्ध्या गुरुङ, साहारा युके का अध्यक्ष ले. कुसाङ गुरुङ र श्रीमति पञ्च गुरुङलाई सम्मान गरिएका थिए । समाज मा एक लाख भन्दा बढी अक्षय कोष मा सहयोग पुर्याउने ट्रष्टिज हरू शान्त र किरण गुरुङ, कमल र कोमल गुरुङ, याम र शिला गुरूङ, राम र नन्द गुरूङ र स्वर्गीय बल बहादुर गुरुङ, उच्च शिक्षा हासिल गरेका नानी हरू स्रेया गुरुङ, ऐेन गुरुङ र रूष्मा गुरुङ सम्मानित गरिएका थिए । कार्यक्रममा निशुल्क पेयपदार्थ उपलब्ध गराउने गुमान गुरुङ र परिबार, सुपथ मूल्यमा भोजन उपलब्ध गराउने दरबार रेष्टुरेन्टका प्रोप्राइटर धन बहादुर गुरुङ र परिवार, साउन्ड सिस्टममा सहयोग पुर्याउने कृष्ण गुरुङ, फोटो ग्राफर, पाइपर तथा बिबिध पक्षमा सहयोग पुर्याउने समाजका पुर्ब अध्यक्षहरू, कार्य समिति, ट्रष्टिज, सल्लाहकारहरू, आमा समूह र जुवाइ चेलिबेटी, भान्जा भान्जीहरूलाई अध्यक्ष गुरुङले धन्यवाद ब्यक्त गरे ।
नेपालबाट आएकी लोक गायिका रूपा घर्तीमगरको बेजोड साँस्कृतिक प्रस्तुति तथा समाज का नानीहरु अनमोल गुरूङ, सुदिद्द्या गुरुङ, निशचल गुरुङ र मेगान गुरुङले नृत्य प्रस्तुत गरेका थिए ।