लन्डन । अल्डरसटमा कलाकारहरूलाई शुक्रबार स्वागत तथा बिदाइ कार्यक्रम आयोजना गरिएको छ ।
चलचित्र कबड्डी ५ का निर्देशक रामबाबु गुरुङ तथा नायिकाहरू सिर्जना गुरुङ र रेश्मा गुरुङलाई स्वागत र चलचित्र पेन्सनपट्टाकी नायिका पशुपति राईलाई बिदाइ गरिएको हो ।
पेन्सनपट्टाका निर्माताद्वय मीनप्रसाद गुरुङ र भोज गुरुङको संयोजनमा आयोजना गरिएको कार्यक्रम टंक मार्टिनले सञ्चालन गरेका थिए । स्वास्थ्य र सुरक्षाबारे पनि उनैले जानकारी गराएका थिए ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी र आमा समूहका अध्यक्ष कमलादेवी गुरुङले यूके आएका निर्देशक रामबाबु र नायिकाद्वयलाई फेटा, खादा, फूलको गुच्छा र कर्मुले स्वागत गरेका थिए । यूकेबाट फर्किन लागेकी नायिका पशुपतीलाई निर्माताद्वयले मीनप्रसाद र भोजले खादा, फूलको गुच्छा र नगद दिएर बिदाइ गरे ।
तमु धीं यूकेको निमन्त्रणामा यूके आएकी पशुपतिले नेपाली मेलामा जर्जको भूमिका निर्वाह गरेकी थिइन् । उनलाई तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, उपाध्यक्ष कमल गुरुङ तथा पूर्वअध्यक्षहरूले पनि बिदाइ गरेका थिए ।

कार्यक्रममा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङ, रामचन्द्र गुरुङ, ट्रस्टी सूर्य गुरुङ, सल्लाहकारहरू दिलराज गुरुङ, सन्तबहादुर गुरुङ, अनरि लेप्टेन चन्द्र गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, महासचिव प्रकाश गुरुङ, पूर्वअध्यक्ष मीनबहादुर गुरुङ, ओम लामा, सपनकुमार राई, मञ्जु गुरुङ राई, गायिकाद्वय प्रिया गुरुङ र पवित्र गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुसहित शुभचिन्तकहरूको उपस्थिति थियो ।
कार्यक्रम आयोजना गरिएकामा निर्देशक रामबाबुले खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । निर्माता मीनप्रासद र अध्यक्ष जुमकाजीले पनि स्वागत र बिदाइ गर्न पाएकामा खुसी व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।