बेलायत । Brecon Dhampus Twinning Association को Ambassador बन्नका लागि बेलायतकी चर्चित अभिनेत्री Dame Joanna Lumley सहमत भएकी छन् ।
नेपालसँग सम्बन्ध विस्तार गर्दै आएको Brecon Dhampus Twinning Association ले Joanna Lumley लाई Ambassador का रूपमा पाउनु गौरवको विषय भएको जनाएको छ । सन् २०१७ मा ब्रेकन सहरको क्रिसमस बत्ती बाल्ने कार्यक्रममा सहभागी भएकी Joanna Lumley ले संस्थाको Ambassador बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छन् । उनले ‘धन्यवादसहित यो जिम्मेवारी स्वीकार गर्न पाउँदा खुसी छु । यसले मलाई निकै गर्व महसुस गराउनेछ’ भनेकी छन् ।
Joanna Lumley ले लामो समयदेखि अवकाशप्राप्त गोर्खा सैनिकहरूको अधिकारका लागि अभियान चलाउँदै आएकी छन् । उनका बुबा पनि गोर्खा रेजिमेन्टमा अधिकृतका रूपमा कार्यरत थिए। बेलायती सेनाको गोर्खा कम्पनी ब्रेकनमा रहेको छ भने उक्त सहरमा धम्पुसबा६ करिब ८० नेपाली परिवार ब्रेकनमा बसोबास गर्दै आएका छन् ।
Brecon Dhampus Twinning Association की अध्यक्ष Ann Mathias ले लुम्ली संस्थाको Ambassador बन्न सहमत भएकोमा खुसी व्यक्त गरिन्। Joanna Lumley वर्षौंदेखि संस्थासँग आबद्ध रहँदै आएको र नेपालमा संस्थाले गर्दै आएका सहयोगबारे जानकार रहेको उनले बताइन् । संस्थाले धम्पुसलगायत यान्चोक र पाल्पालगायत नेपालका विभिन्न गाउँका स्थानीय विद्यालयलाई आर्थिक सहयोग गर्नुका साथै उपचारका लागि आर्थिक अभाव भएका व्यक्तिलाई पनि सहयोग गर्दै आएको छ ।
त्यस्तै, पोखरामा सडक बालबालिकाको संरक्षण र शिक्षामा काम गर्दै आएको किडासा नामक संस्थालाई समेत सहयोग गर्दै आएको Mathias ले बताइन् । संस्थाका केही सदस्यले नेपाल भ्रमण गरी किडासाले गरिरहेको कामको प्रत्यक्ष अवलोकनसमेत गरेका छन् । यसैबीच, ब्रेकन सहरका टाउन क्लर्क फियोना विलियम्स र म्याथियसले हालै लन्डनस्थित नेपाली दूतावास पुगेर नेपालका प्रधानमन्त्रीको विपद् राहत कोषका लागि ब्रेकनमा संकलन गरिएको रकमबारे छलफल गरेका छन् । ब्रेकन रोटरीसँग सहकार्य गरेर सञ्चालन गरिएको अभियानबाट हालसम्म सात हजार पाउन्डभन्दा बढी रकम संकलन भएको छ ।
कार्यक्रममा कार्यवाहक राजदूत बिपिन दुवाडीले विपद् राहत कोषमा ब्रेकनवासीले देखाएको उदारताप्रति आभार व्यक्त गरे । उनले ब्रेकनमा बसोबास गर्ने नेपाली समुदायसँगको सम्बन्ध सुदृढ बनाउन भइरहेका गतिविधिबारे पनि चासो व्यक्त गरेका थिए । एसोसिएसनले आगामी नोभेम्बर २९ आइतबार ब्रेकनको मार्केट हलमा आयोजना हुने ‘ब्रेकन विथ बेल्स अन’ कार्यक्रममा स्टल राख्ने भएको छ । उक्त स्टलबाट प्राप्त हुने सम्पूर्ण रकम नेपालका प्रधानमन्त्रीको विपद् राहत कोषमा जम्मा गरिने संस्थाले जनाएको छ ।
स्मरण रहोस् ब्रेकनका पूर्व काउन्सिलर डेभिड मरिडिच र मेजर खुसीमान गुरुङ ब्रेकन र धम्पुसको भगिनी सन् २०१९ सालमा स्थापना भएको थियो । यो भगिनी नेपाल र युकेको पहिलो आधिकारिक गाउँको रुपमा भएको थियो । त्यसपछि ब्रेकनबाट नेपाल गएर वार्षिक रुपमा मनाइदै आइएको Anniversery पेन्डेमिकपछि एक वर्ष नेपालमा र अर्को वर्ष बेलायतमा मनाइदै आएको छ ।
