बेलायत । २१ असोज २०८३ (तदानुसार ७ अक्टोबर २०२६) का दिन ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (CNCBG) का उपाध्यक्ष दल बहादुर बुढाथोकी तथा CNCBG नेपाल च्याप्टर (भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपाल) का अध्यक्ष हुम बहादुर थापाको संयुक्त नेतृत्वमा सम्बद्ध सहयोगी संस्थाहरूको एक प्रतिनिधिमण्डल ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, सिंहदरबार पुगेर बाढिपिडीतलाई आर्थिक सहयोग गरेको छ ।
प्रतिनिधिमण्डलले मन्त्री विराज भक्त श्रेष्ठलाई भेट गरी बेलायतमा रहेका विभिन्न संघसंस्था र व्यक्ति विशेषद्वारा CNCBG मार्फत सङ्कलन गरिएको एकमुष्ट रु. २८ लाख ९८ हजार ६७९।- (अक्षरेपि अठ्ठाइस लाख अन्ठान्नब्बे हजार छ सय उनान्साठी रुपैयाँ) को सहयोग चेक हस्तान्तरण गर्यो । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संकलन गरिएको उक्त रकम यसअघि नै 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा सिधै जम्मा (Transfer) भइसकेको थियो ।
सहयोग गर्ने दाताहरूको संक्षिप्त विवरण यस प्रकार छ:
CNCBG का सदस्यहरूबाट: रु. ७,७२,५२४.६२
पदम बहादुर थापा: रु. १,००,००१.८६
CNCBG को आन्तरिक खाताबाट: रु. १,३३,०२१.८४
गोर्खा नेपाली कम्युनिटी, पिटरबरा: रु. २,६३,९००.००
पैंयु खोला मगर समाज, युके: रु. २,५०,०००.००
नेपाली आर्टिस्ट एन्ड पर्फर्मेन्स सोसाइटी, युके: रु. ४२,८३३.००
रुम्जाटार सोसाइटी, युके: रु. १३,३६,३९९.००
पवित्र उद्देश्यका लागि सहयोग गर्ने सम्पूर्ण महानुभावहरू तथा संघसंस्थाहरू प्रति CNCBG का सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकका तर्फबाट धन्यवाद तथा साधुवाद प्रकट गरिएको CNCBG का अध्यक्ष थर्क रानाले बताए ।