पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३४औँ साधारणसभा तथा सातौँ महाधिवेशनबाट हितकाजी टु क्ल्हेप्री तमु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनले हितकाजीको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा एकाजङ्ग प्ल्हे तमु चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा गण्डकीबाट हर्क बहादुर योज तमु, बागमतीबाट तुलाराम तमु, लुम्बिनीबाट देवी प्रसाद पह्च्यु तमु, कोशीबाट धर्मराज पह्च्यु तमु र नरेन्द्र तमु चयन भएका छन्। महासचिवमा अर्जुन प्ल्हे तमु, सह–महासचिवमा इन्द्रकुमारी ङोप्छें तमु र उपमहासचिवमा बम बहादुर टु क्ल्हेप्री तमु निर्वाचित भएका छन् ।
सचिवमा शेखर ल्हेगे तमु, कोषाध्यक्षमा मन्जु कुब्जे तमु र सह–कोषाध्यक्षमा कुल प्रसाद क्रोम्छें तमु चयन भएका छन् ।
केन्द्रीय सदस्यमा सुवेदार ओम बहादुर तमु, लालजित तमु, अमृता तमु, हरिकुमारी तमु, शमशेर बहादुर तमु, जमुना तमु, जसबहादुर तमु, रमा तमु, महेन्द्र तमु, घमानसिंह तमु, तिलप्रसाद तमु, कमलप्रसाद तमु, प्रेमकुमारी तमु, देउकुमार तमु, युद्धजंग तमु, मोमप्रसाद तमु, सुकमाया तमु, लोक बहादुर तमु, धनमाया तमु, क्या. लोककृष्ण तमु, दुर्गालक्ष्मी तमु, पुष्पकला तमु, सुशिल तमु, केशवराज तमु र सोमराज तमु चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले तमु प्ये ल्हु संघको संस्थागत विकास, तमु समुदायको भाषा, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।