धन गुरुङ
बेलायत । नेपालमा हालै आएको भोटेकोसी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ प्हच्कूईरो भाईखलक यूकेले आर्थिक सहयोग गरेको छ । २० सेप्टेम्बर २०२६, आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष कप्तान जीबन कुमार गुरुङले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलाई रु ४ लाख तीस हजारको चेक हस्तान्तरण गरेका थिए ।
भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण प्रभावित भएका बाढीपीडित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले हाम्रो प्हच्कूईरों भाईखलकको पहलमा सहयोग रकम संकलन गरिएको थियो।
कार्यक्रममा प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा पीडित परिवारहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले गरिएको यस सहयोगमा साथ दिनुहुने सम्पूर्ण सहयोगदाता, प्हच्कूईरों भाईखलक यु केका दाजुभाइ चेलीबेटी तथा भान्जाभान्जिहरु तथा शुभेच्छुकहरू प्रति संस्थाका अध्यक्ष कप्तान जीबन कुमार गुरुङले हार्दिक आभार व्यक्त गरे । आगामी दिनमा पनि विपद्मा परेका नागरिकहरूको सहयोग र सेवामा प्हच्कूईरो भाईखलक यूके निरन्तर सक्रिय रहने प्रतिबद्धता अध्यक्ष कप्तान जीबन कुमार गुरुङले व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्हच्कूईरों भाईखलक यूकेका अध्यक्ष कप्तान जीबन कुमार गुरुङले युके मा भयको नेपाली समाजकै सबैभन्दा प्रतिष्ठित ठुलो संस्था साथै गुरुङ समुदायको साझा संस्थाका रूपमा तमु धींयूके प्रति विश्वास व्यक्त गर्दै नेपालका बाढीपीडितका लागि आफ्नो प्हच्कूईरों भाई खलकबाट संकलित सम्पूर्ण रकम तमु धीं यूके मार्फत प्रधानमन्त्रि बाडी पिडित कोष सम्म पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको बताए। आगामी दिनमा थप सहयोग रकम संकलन भएमा पनि तमु धीं यूकेमार्फत नै पीडितलाई सहयोग गरिने अध्यक्ष जीबन कुमार गुरुङले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले सहयोग रकम सम्बन्धित बाढीपीडितसम्म पारदर्शी र प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुम काजी गुरुङ, र कार्यसमीतीका सदस्यहरुको साथै विभिन्न संघ संस्थाका महानुभाबहरुको गहीरो उपस्थीती रहनुका साथै प्हच्कूईरों भाई खलक यूकेका अध्यक्ष कप्तानजीबन कुमार गुरुङ, उपाध्यक्ष धन गुरुङ, ओम गुरुङ, जगन बहादुर गुरुङ, शान्त गुरुङ, कमल गुरुङ, अशोक गुरुङको सहभागिता रहेको थियो।