धन गुरुङ
बेलायत । नेपालमा हालै आएको भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ धम्पुस परिवार यूकेले आर्थिक सहयोग गरेको छ । २० सेप्टेम्बर २०२६, आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष धन बहादुर गुरुङले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलाई रु २ लाख ३८ हजार ( £ ११६१.००) रुपैयाँ को चेक हस्तान्तरण गरेका थिए ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभावित भएका बाढीपीडित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धम्पुस परिवार यूकेको पहलमा सहयोग रकम संकलन गरिएको थियो।
कार्यक्रममा प्राकृतिक विपत्तिको यस कठिन परिस्थितिमा पीडित परिवारहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले गरिएको यस सहयोगमा साथ दिनुहुने सम्पूर्ण सहयोगदाता, धम्पुस परिवार यु के का सदस्यहरु तथा शुभेच्छुकहरू प्रति संस्थाका अध्यक्ष धन बहादुर गुरुङले हार्दिकआभार व्यक्त गरे । आगामी दिनमा पनि विपद्मा परेका नागरिकहरूको सहयोग र सेवामा धम्पुस परिवार यूके निरन्तर सक्रिय रहने प्रतिबद्धता अध्यक्ष धन बहादुर गुरुङले व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष धन बहादुर गुरुङले युके मा भयको नेपाली समाजकै सबैभन्दा प्रतिष्ठित ठुलो संस्था साथै गुरुङ समुदायको साझा संस्थाका रूपमा तमु धीं यूके प्रति विश्वास व्यक्त गर्दै नेपालका बाढीपीडितका लागि आफ्नो सस्था बाट संकलित सम्पूर्ण रकम तमु धीं यूके मार्फत प्रधानमन्त्रि बाडी पिडितकोष सम्म पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको बताए । आगामी दिनमा थप सहयोग रकम संकलन भएमापनि तमु धीं यूकेमार्फत नै पीडितलाई सहयोग गरिने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले सहयोग रकम सम्बन्धित बाढीपीडितसम्म पारदर्शी रप्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुम काजी गुरुङ र कार्यसमीतीका सदस्यहरु साथै बीभीन्न संघ संस्थाका महानुभाबहरुको बाक्लो उपस्थिति थियो । त्यस्तै धम्पुस परिवार यूकेका अध्यक्ष धन बहादुर गुरुङ, कुल प्रसाद गुरुङ, अशोक गुरुङ र कमल गुरुङ जयन्ती गुरुङको सहभागिता रहेको थियो ।
तमु धीं यूकेका अनुसार अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक तथा उपाध्यक कमल गुरुङ (घम्पुसे) महासचिव डा. विशाल गुरुङ र सचिव विमल गुरुङ सम्मिलित ५ सदस्यीय टोली २० सेप्टेम्बर २०२६ मा नेपाल हिँडेको छ ।