बेलायत । ब्रेज मेस्रो फिल्म प्रोडक्सन घान्द्रुकको तेस्रो चलचित्र सैंर्बे म्रु (मनको राजा) को बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा भव्य प्रदर्शन सम्पन्न भएको छ।
चलचित्रको प्रदर्शनको औपचारिक कार्यक्रमको सभापतित्व चलचित्र सैंर्बे म्रु (मनको राजा) का निर्माता तथा कलाकार अमृत गुरुङले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा तमु धीँ यूकेका अध्यक्ष जुम काजी गुरुङ तथा उनका श्रीमती कमला देवी गुरुङको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा विशेष अतिथिका रूपमा Tamu Pye Lhu Sang UK का Vice President श्री अमर थर्जे तमु, आमा समूहकी Vice President श्रीमती मिना लेघे तमु, GSUK का Past President श्री नारायण सिंह गुरुङ, पूर्व आमा समूह अध्यक्ष श्रीमती हरिमाया गुरुङ, तथा तमु प्ये ल्हु संघ आमा समूहकी सचिव श्रीमती लक्ष्मी तुलाचनको उपस्थिति रहेको थियो।
चलचित्र सैंर्बे म्रु (मनको राजा)’ की अभिनेत्री लक्ष्मी गुरुङको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो । साथै, ब्रेज मेस्रो फिल्म प्रोडक्सन घान्द्रुकको पहिलो चलचित्रकी अभिनेत्री राजनी गुरुङको समेत उपस्थिति रहेको थियो ।
प्रदर्शनमा चलचित्र हेर्न दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित दर्शकहरूले चलचित्रलाई मन पराएको प्रतिक्रिया दिएका छन्। हलमा दर्शकहरूको उत्साहजनक सहभागिता देखिएको थियो भने चलचित्रप्रति दर्शकहरूको सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
ब्रेज मेस्रो फिल्म प्रोडक्सन घान्द्रुकको यस तेस्रो प्रस्तुतिले बेलायतमा रहेका नेपाली तथा तमु समुदायलाई मनोरञ्जनसँगै आफ्नो कला, संस्कृति र पहिचानसँग जोड्ने प्रयास गरेको छ।

