लन्डन । संस्थाका पूर्वअध्यक्ष मेजर जीसीओ स्वर्गीय लालबहादुर गुरुङको परिवारसँग तमु धीं यूकेको टोलीले भेटघाट गरेको छ ।
तमु धीं यूकेको कार्यसमिति, ट्रस्टी र सल्लाहकारसहितको टोलीले बिहीबार स्व. गुरुङकी श्रीमती दिलमाया गुरुङसँग उनको निवासमा पुगेर भेटघाट एवं सहयोग हस्तान्तरण गरेको हो ।
सुरुमा कार्यसमिति सदस्य प्रकाश गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । त्यसपछि अध्यक्ष जुमकाजी गुरुङ र आमा समूह अध्यक्ष कमलादेवी गुरुङले स्व. गुरुङको फोटो, फूल र सहयोग रकम हस्तान्तरण गरे । अध्यक्ष गुरुङले आफ्नो मन्तव्य राखेर कार्यक्रम समापन भएको थियो ।
टोलीमा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ र ग्याम गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सल्लाहकारहरू क्याप्टेन तीर्थमान गुरुङ, राम गुरुङ र उनकी धर्मपत्नी, क्याप्टेन चित्र गुरुङ र उनकी धर्मपत्नी, आजीवन सदस्य माया गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायत उपस्थित थिए ।
तमु धीं यूकेको विधानअनुसार संस्थाका आजीवन सदस्यको स्वर्गवास भएमा आर्थिक सहयोग गर्ने चलन छ । सोही अनुरूप टोलीले आफ्ना पूर्वअध्यक्षको निवासमा गएर भेटघाट तथा आर्थिक सहयोग गरेको हो ।
गुरुङको ७७ वर्षको उमेरमा गत अप्रिल २९ मा निधन भएको थियो । उनी सैन्य सेवाबाट अवकाशपछि सामाजिक कार्यमा सक्रिय भएका थिए ।
टू जीआर सिरमुर साथिज यूके र खिलाङ गुरुङ समाजका संस्थापक अध्यक्ष हुनुका साथै तमु कल्चरल फोरमका बोर्ड काउन्सिल अध्यक्षसमेत थिए ।