लन्डन । धम्पुस परिवार यूकेको चेलीबेटी तथा भान्जा भान्जीसँगको १८औँ वार्षिक भेला सम्पन्न भएको छ । अध्यक्ष धन गुरुङको अध्यक्षतामा शनिबार २९ अगस्ट २०२६ मा सामलकुडी स्कुल, फार्नबोरोमा भव्यताका साथ भेला सम्पन्न भएको हो ।
संस्थाका महासचिव चीजकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । धम्पुस परिवारका उपाध्यक्ष गोलमान गुरुङले स्वागत मन्तव्य राख्दै सबैलाई स्वागत गरेका थिए ।
संस्थाका अध्यक्ष धन गुरुङ, संरक्षक मेजर खुशीमान गुरुङ एमभीओ तथा सल्लाहकार अमर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
पहिलो चरणमा सम्मान तथा शुभकामना को क्रममा समाजसेवी कुमार गुरुङ, कमल गुरुङ, मेजर खुसीमान गुरुङ एमभीओ र गोलमान गुरुङलाई धम्पुस गाँउ र DPUK प्रति पुर्याएको योगदान र सहयोगको सम्मान स्वरूप उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२६ बाट सम्मानित गरिएको थियो l
यसैगरी DPUK का ज्येष्ठ नागरिकहरू किमबहादुर गुरुङ र इन्द्रकुमारी गुरुङ, लेप्टन जसबहादुर गुरुङ र कप्तान प्रेमबहादुर गुरुङ साथै मनकुमारी गुरुङलाई ८४ वर्ष पुगेको उपलक्ष्यमा ज्येष्ठ नागरिक सम्मान पत्रले सम्मान गरिएको थियो l
संस्थाका नयाँ तथा उनीहरूका परिवारलाई पनि स्वागत गरिएको थियो l समाजका नव विवाहित दम्पती र उच्च शिक्षा हासिल गर्ने परिवारका सदस्यलाई सम्मानसहित शुभकामना व्यक्त गरियो ।

कार्यक्रममा खानाको व्यवस्थापन AM O’ZONE रेस्टुरेन्टले गरेको थियो । पेय पदार्थका साथै बार सञ्चालन अमर गुरुङ, अर्जुन गुरुङ, टीका गुरुङ, रबी गुरुङ, तीर्थ गुरुङ, अम्बर गुरुङ, पूर्ण गुरुङ, सुधीर गुरुङले गरेका थिए ।
कार्यक्रममा RAFFLE DRAW पनि आयोजना गरिएको थियो । साथै, आकर्षक पुरस्कार रहेकोले कार्यक्रम अझै रोचक बनेको थियो l राफल र मनोरञ्जन कार्यक्रम देवेन्द्र र मिलन गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा सम्पूर्ण परिवार साथै चेलीबेटी भान्जा भान्जीहरूले सामूहिक नृत्य गरी भरपूर्ण मनोरञ्जन गरेका थिए l नेपालबाट आएका कलाकार प्रिया गुरुङ र शर्मिला (शर्मिला) गुरुङको प्रस्तुति समावेश गरिएको थियो ।
अन्त्यमा संस्थाका अध्यक्ष धन गुरुङले DPUK ले सालभरी गरेका क्रियाकलापबारे जानकारी गराए । DPUK भित्र पर्ने दुःख सुख र प्राकृतिक विपत् लगायतका कार्यहरूमा हामीले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता जारी राख्ने प्रतिबद्धता जनाए ।
उनले धम्पुस गाउँको इतिहासको बारे पनि जानकारी दिएका थिए । संस्थाका अध्यक्ष धन गुरुङले वार्षिक भेटघाट कार्यक्रममा सहभागी भई सुनमा सुगन्ध थपिदिएकामा सबैप्रति धन्यवाद व्यक्त गरे ।