बेलायत । बेलायतमा रेडिङ म्युजिकल नाइट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । २२ अगस्ट, २०२६ शनिबार साउथ रेडिङ कम्युनिटी हलमा म्युजिकल नाइट कार्यक्रम भएको कार्यक्रम संयोजक महेन्द्र आलेले दिए ।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता रिडिङ नेपाली समाज को अध्यक्ष भीमसेन खड्काले गरेका थिए भने प्रमुख अतिथिमा रेडिङ बोरो काउन्सिल को मेयर Paul Gittings, विशिष्ट अतिथिहरुमा डिपुटी मेयर Amjad Tarar, काउन्सिलर प्रतिक्षा गुरुङ र मगर सङ्घ युकेको अध्यक्ष लाल पुन, अतिथिहरूमा तमुधी यूकेको उपाध्यक्ष कमल गुरुङ ,मगर संघ युके को उपाध्यक्ष विष्णु सिरीस ,पूर्व उपाध्यक्ष अनिता राना, सचिव अनिल थापा, सांस्कृतिक उपसचिव रुक आले, तनहु समाज युकेको अध्यक्ष सन्त गुरुङ, संरक्षक लेख गुरुङ, वरिष्ठ सल्लाहकार रञ्जन मल्ल, NRNA को कोषाध्यक्ष सरोज थापा र रिडिङका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको गरिमामय उपस्थिति थियो ।
कार्यक्रमको दोस्रो सत्रमा वरिष्ठ लोक गायक प्रेम राजा महत ,कौरा किङ दुर्गा गुरुङ, Voice of nepal season 7 को विजेता निता थापा मगर, तनहुँ समाज युकेको मौलिक लाइभ कौरा र स्थानीय कलाकार हरुले बेजोड प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सुनचादीका गहनाका आकर्षक पुरस्कार सहितको राफल ड्र र सुपथ मूल्यमा स्वादिष्ट नेपाली खानाहरूको व्यवस्था गरेको थियो । यसैगरी कार्यक्रमलाई प्रचारप्रसारको माध्यमबाट सहयोग गर्ने गोरखा मिडिया, एभरेस्ट टाइम्स यूके ,We Nepali.com, सितलपार्टी News, BFBS Radio तथा चर्चित Vlogger हरु मचाङ राना ,भीम थापा मगर ,गोविन्द अर्मजा, लोकेन्द्र गुरुङ र माया मगरको महत्वपूर्ण भूमिका रह्यो।
टिकटको प्रायोजक Kings gate finance,Raffle Draw को प्रायोजकहरु यो मोमोज, A star Mortgage र बुद्ध मोर्टगेज ले गरेका थिए । व्यस्त समयका बावजुद पनि कार्यक्रमको शोभा बढाउन आएका प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अतिथिहरू, कलाकारहरू, स्पोन्सरहरू सञ्चारकर्मी र सम्पूर्ण दर्शक श्रोताहरूलाई कार्यक्रम संयोजक महेन्द्र आलेले धन्यवाद दिएका थिए ।




