लन्डन । ईलमपोखरी समाज यूकेको वार्षिक गृष्मकालीन कार्यक्रम सम्पन्न भएको छ । शनिबार १५ अगस्टमा Alderwood Leisure Centre Aldershot को परिसरमा सभ्य र भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।
लमजुङ समाज यूकेका अध्यक्ष तथा ईसमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्य रहेको थियो । विशेष अतिथि लमजुङ समाज यूके आमा समूहकी अध्यक्ष तारा गुरुङ र उनका श्रीमान् लमजुङ समाज यूकेका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ रहेका थिए ।
अतिथिहरूमा गोरखाली समाजका अध्यक्ष टकमाया गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ र उनकी धर्मपत्नी चुन्नु गुरुङ, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङ, लमजुङ समाज यूकेका आमा समूहकी निवर्तमान अध्यक्ष श्रीमती माला घले, ईलमपोखरी समाज यूकेका मानार्थ सदस्य लमजुङ समाज यूकेका पूर्वाध्यक्ष बोहत गुरुङ, उनकी धर्मपत्नी लक्ष्मी गुरुङ, अर्की मानार्थ सदस्य इन्द्र गुरुङ रहेका थिए ।
कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरण बाह्य खेलकुद, जसमा पुरुषहरूका लागि भलिबल, फुटबल र महिलाहरूबितच भकुण्डो पास गर्ने Musical Fun Game रहेको थियो । समाजका सल्लाहकार हरि गुरुङ र लोकप्रिय गायिका मञ्जु विकबिच भएको ठाडो भाकाको भिडन्तमा सबैजना रमाएका थिए ।
हलभित्र औपचारिक कार्यक्रम, स्वागत तथा सम्मान, सांस्कृतिक कार्यक्रम र भाग्योदय चिट्टा समावेश गरिएको थियो । महिला फन गेममा समाजका प्रथम महिला नन्दा गुरुङले प्रायोजन गरेको पुरस्कारमा
समाजका सल्लाहकार तथा लमजुङ समाजकी पूर्वअध्यक्ष जुना गुरुङ प्रथम र कमला गुरुङ द्वितीय भई हात पारेका थिए ।
परशु गुरुङको अध्यक्षतामा सचिव कुमार गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई अध्यक्ष परशु गुरुङ, प्रमुख अतिथि पूर्ण राज गुरुङ, संस्थापक अध्यक्ष मोहनसिं गुरुङ र विशेष अतिथि तारा गुरुङद्वारा पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरिएको थियो ।
प्रारम्भमा राष्ट्रिय धुनपश्चात् भर्खर मात्र देवाहसान भएका समाजका सदस्य स्व. ज्ञानबहादुर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणा गरिएको थियो ।
उपाध्यक्ष प्रकाश गुरुङको स्वागत मन्तव्यपश्चात् अध्यक्ष परशु गुरुङ र श्रीमती नन्दा गुरुङले गोरखाली समाज यूकेका अध्यक्ष श्रीमती टकमाया गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ र उनकी धर्मपत्नी चुन्नु गुरुङ, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङलाई खादा क्रेगी र क्रमु लगाई सम्मान गरिएका थिए ।
नेपालबाट आएका कलाकारहरू प्रिया गुरुङ, मञ्जु बिक र लक्ष्मी गुरुङलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई उनले बेलायतमा मात्र नभएर स्वदेश नेपालमा विभिन्न क्षेत्रमा पत्रकारिताको माध्यमबाट पुऱ्याएको अतुलनीय योगदान प्रति प्रशंसा गर्दै क्रेगी खादा लगाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष परशु गुरुङले सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमलाई समापन गरिएको थियो ।
सांस्कृतिक सचिव मोतीप्रसाद गुरुङको संयोजकत्वमा राखिएको सांस्कृतिक कार्यक्रममा पूर्वी लमजुङमा लोकप्रिय बाह्रमासे घाटु नाच २०१६ मा नेपाली मेलामा नृत्यमा प्रथम भएका जुम्ल्याहा कलाकार श्रेया र विशेष अतिथि लमजुङ समाजका आमा प्रमुख तारा गुरुङको बेजोड प्रस्तुतिका साथ स्थानीय कलाकारको सुन्दर नृत्य प्रस्तुत गरिएको थियो ।
सबिता गुरुङको उद्घोषणमा चर्चित कलाकारहरू लक्ष्मी गुरुङको मनमोहक नृत्य प्रिया गुरुङ र मञ्जु विकको दमदार गायन प्रस्तुतिमा कार्यक्रममा उपस्थित भएका सबै वर्गका दर्शकहरूले नाचेर भरपुर मनोरञ्जन गरेका थिए ।
कार्यक्रमको अर्को रौनकता राफल ड्र थियो। आकर्षक पुरस्कारहरू सहितको राफल ड्रलाई समाजका सचिव मनोज गुरुङ र कार्यसमितिका सदस्य सबिता (कार्यक्रम उद्घोषिका) ले आकर्षक ढंगले सञ्चालन गरेका थिए ।
अन्त्यमा अतिथि कलाकारहरू लक्ष्मी गुरुङ, प्रिया गुरुङ, मञ्जु बिक, स्थानीय कलाकार शिल्बु गुरुङ, ईली गुरुङ, श्रेया गुरुङ र श्रीमती तारा गुरुङलाई अध्यक्ष परशु गुरुङ, सचिव कुमार गुरुङ र सांस्कृतिक सचिव मोतीप्रसाद गुरुङ र नन्दा गुरुङले उपहार प्रदान गरी धन्यवाद ज्ञापन गरी बिदाइ गरेका थिए ।
समाजका सल्लाहकार तथा लमजुङ समाजका पूर्वअध्यक्ष तुलाराम गुरुङको संयोजकत्वमा दि लाउन्ज रेस्टुरेन्ट एन्ड बारले बिबिक्यू तथा खाना उपलब्ध गराएका थिए ।
बाह्य खेलकुद सहसचिव मनोज गुरुङको संयोजकत्वमा सञ्चालन भएको थियो भने आमा समूहको Fun Game को सञ्चालन सचिव कुमार गुरुङ र उपा गुरुङले प्रतिनिधित्व गरेका थिए ।
सुरक्षा सम्बन्धी र प्राथमिक उपचारमा उपाध्यक्ष प्रकाश गुरुङले प्रतिनिधित्व गरेका थिए । करिब २७५ जनाको उपस्थिति रहेको कार्यक्रममा दिनेश गुरुङ (DMT) ले Sound System को प्रबन्ध गरेका थिए ।