लन्डन । इन्टेक १९७४ ले आफ्नो ५२औँ वार्षिकोत्सव एवं ७० वर्षको जन्मोत्सव मनाएको छ ।
संस्थाले १५ अगस्टका दिन अल्डरसटको द प्यालेसमा भव्य समारोहबिच कार्यक्रम सम्पन्न गरेको हो । सुरुमा सदस्य हर्कमान गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए ।
चेयरमेन एवं कार्यक्रम संयोजक तीर्थमान गुरुङले कार्यक्रमको रूपरेखाबारे जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए ।
त्यसपछि स्व. निम्सदाइसहित सम्पूर्ण दिवंगतहरूप्रति मौनधारण गरिएको थियो । नेपाली र अंग्रेजी राष्ट्रिय गान गाएका थिए ।
७० वर्ष पुगेको उपलक्षमा उपस्थित सबै जनालाई खादा लगाएर स्वागत तथा सम्मान गरिएको थियो । सबैभन्दा जुनियर नम्बरी लेप्टेन शीवसरण गुरुङले यसको अगुवाइ गरेका थिए भने बालेश गुरुङले उनलाई सहयोग गरेका थिए ।
खादा लगाइदिएपछि सामूहिक फोटोसेसन भएको थियो । एनिभर्सरी केक र बर्थडे केक काटेर भव्य सेलिब्रेसन गरिएको थियो ।
मेजर नरकाजी गुरुङले शुभकामना मन्तव्य राखेका थिए । उनले नम्बरीहरूको बारेमा केही जानकारी गराउँदै चेयसमेनसहित सबैलाई धन्यवाद दिए ।
त्यसपछि नम्बरीहरूले आ-आफ्नो कला प्रस्तुत गरेर मनोरञ्जन गरे । क्याप्टेन कर्णबहादुर थापा गोर्खा (नेपालस्थित ब्रिटिस गोर्खा म्युजियमको चेयरमेन), चन्द्रबहादुर गुरुङ एमभीओ, जगना गुरुङ, हर्कमान गुरुङ, लेप्टेन शीवसरण गुरुङ, लेप्टेन कर्णप्रसाद गुरुङ प्रेरणा गुरुङ, कलासाजन दिलीप महरा, डब्ल्यु टु बिसन थापा, लेप्टेन गोपाल गुरुङ क्युजीले प्रस्तुति दिए । उनीहरू कसैले गीत, कसैले कविता, हास्यव्यंग्य प्रस्तुत गरे ।
नेपालबाट आएकी कलाकार रेस्मा तामाङको गीतमा झुमेका थिए । नाचेर र गाएर रमाइलो गरेका थिए । स्याम्फेन फोरेरसमेत सेलिब्रेसन गरेका थिए ।
सो अवसरमा हर्कबहादुर गुरङ र जगना गुरुङले संस्थालाई ५०० पाउन्ड सहयोग गरेका थिए । उनीहरूलाई धन्यवाद तथा आभार प्रकट गरिएको थियो ।
अन्त्यमा चेयरमेन गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै २८ अगस्ट २०२७ मा पुनः भेट्ने वाचासहित छुट्टिएका थिए ।