लन्डन । सहारा यूकेको तीन दिने क्याम्पिङ सम्पन्न भएको छ । यूकेको ब्रिस्टलस्थित मनोर फर्ममा यही अगस्ट ७ देखि ९ सम्म क्याम्पिङ भएको हो ।
पहिलो दिन दिउँसो १२ बजे सबैजना क्याम्पिङस्थलमा पुगिसकेका थिए । त्यसपछि kitchen र dining area को setting पूरा गरी सबैले आ–आफ्नो tent लगाए ।
सबैजना भेला भएपछि Camping Coordinator क्याप्टेन पीताम्बर गुरुङले camping area तथा स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । त्यसपछि कार्यक्रमको औपचारिक सुरुवात महासचिव प्रकाश गुरुङले गरे ।
डिनरपछि सबैजना नाचगान तथा मनोरञ्जनमा सरिक भए । म्युजिक सिस्टम तथा डीजेको व्यवस्था डीजे सपन कुमार राईले गरेका थिए ।
दोस्रो दिन बिहान चिया र कफीपछि मेडिटेसन सेसन सञ्चालन गरिएको थियो । उक्त सेसन सल्लाहकार लेप्टेन चन्द्र गुरुङले सञ्चालन गरे । यसबाट सहभागीले खुशी, आनन्द र सकारात्मक अनुभव प्राप्त गरेको बताए । उनीहरूले आगामी वर्ष पनि मेडिटेसन राख्न सुझाए ।
ब्रेकफास्टपछि कोही हाइकिङ तथा कोही Longleat Safari Park घुम्न गए । सोही दिन Men’s Football, Women’s Volleyball, Musical Chair तथा विभिन्न गीत–संगीतका कार्यक्रम भएका थिए ।
Musical Chair प्रतियोगितामा ध्रुव गुरुङ प्रथम र क्याप्टेन पीताम्बर गुरुङ दोस्रो भए । तेस्रो तथा अन्तिम दिन चिया, कफी तथा ब्रेकफास्टपछि सहारा यूकेको नवौँ EC Members सम्बन्धी छलफल तथा बैठक भएको थियो ।
बैठक सम्पन्न भएपछि सबैजना आ–आफ्नो टेन्ट हटाएर camping area सफा गरी फर्किएका थिए । कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता थियो ।