लन्डन । तनहुँ समाज युकेको १९ औँ वार्षिक भेटघाट तथा समर बार्बिक्यू कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महत, कौराहा किंग दुर्गा गुरुङ,चर्चित लोक दोहरी गायिकाहरु शर्मिला गुरुङ र रूपी सिंजाली मगरले सहभागीहरुलाई भरपूर मनोरञ्जन दिए । शनिबार बेलायतको अल्डरसटस्थित आल्डरवुड लिजर सेन्टरमा आयोजित कार्यक्रममा सहभागी हुन अमेरिका निवासी गायक महत बेलायत आएका थिए भने अन्य तीनजना कलाकार हरू नेपालबाट आएका थिए। त्यसतै स्थानीय कलाकारहरूले पनि गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकारहरूको प्रस्तुतिमा सहभागीहरु झुमेका थिए ।
मनोरन्जनअघि भएको औपचारिक सत्रको अध्यक्षता समाजका अध्यक्ष सन्त गुरुङले गरेका थिए भने सन्चालन महासचिव महेन्द्र आलेले गरेका थिए । उपाध्यक्ष निर्मला थापाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको प्रमुख अतिथि रसमुर काउन्सिलका उपमेयर जीव बेल्बासे रहेका थिए ।कार्यक्रमको उदघाटन प्रमुख अतिथी समाजको अध्यक्ष,प्रमुख प्रायोजक केशर गुरुंग ज्यू ले पानसमा दीप प्रजोलित गरेर र विभिन्न संघ संथा बाट आउनु भएका अतिथीहरु ,समाज को संरक्षक ,वरिष्ठ सल्लाहाकार हरु तथा सल्लाहाकार हरुले रिबन काटेर सयुक्त रूपमा उदघाटन गरेका थिए।
कार्यक्रममा कार्यक्रमका प्रायोजकहरू केशर गुरुङ, द प्यालेस रेष्टुरेन्ट, एभरेष्ट सुपरस्टोर ,ए स्टार मोर्गेजेज ,डा.प्रकाश गौतम तथा कलाकारहरूलाई सम्मानपत्र दिइएको थियो । साथै बेलायतमा भएको सुटिङ प्रतियोगितामा प्रथम भएका निश्चल थापा ,कौराहा गुरु मोहन बीर थापा र प्रथम कौराहा नायिका शबिता राना लाई पनि सम्मान गरिएको थियो ।
गत वर्ष प्रदान गर्न थाँती रहेको उत्कृष्ट समाजसेवा सम्मान सल्लाहकार रन्जन मल्ललाई संरक्षक लेख गुरुङ र पूर्वअध्यक्ष केशर रानाले प्रदान गरेका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन मनसुधन थापा र यम थापाले गरेका थिए ।
कार्यक्रममा मौलिक प्रत्यक्ष कौराहा स्थानीय कलाकारहरू प्रकाश समालले गायन तथा शबिता राना,माया थापा, यासिका थापा, रोनिसा आले, आर्चिता गौतम, रचना राना अधिकारी, नमश राना ,प्रिंशु पोखरेल सुनगाभा राना लगायतले नृत्य प्रस्तुत गरेका थिए।




