लण्डन । तमुधीं यूके लण्डन इकाईले वेलायत भ्रमणमा रहेका समाजसेवी तथा बिन्ध्यबासिनी हाईड्रो पावरका प्रबन्ध निर्देशक ओम गुरुङ,गायक तथा तमु चलचित्रका नायक तमु ह्यूला छोंज धीं नेपाल उपत्यका प्रमुख राजु गुरुङ, नेपाली लोक दोहोरी गीत संगीतकी सर्जक गायीका शर्मीला गुरुङ र नेपालको गण्डक क्षेत्रमा अति नै प्रचलित कौडा चुड्का गीतका सर्जक कौडा किङ्ग दुर्गा गुरुङलाई लण्डन गोल्डेनसिप नेपाली रेष्टुरेण्ट साऊथ ह्यारोमा अगष्ट सात शुक्रबार साँझ भब्य समारोहको बिच संस्थागत स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।
स्वागत तथा सम्मानमा लण्डन इकाईका अध्यक्ष भरत गुरुङ, आमा अध्यक्ष देवकला गुरुङले चारजना अथितिहरुलाई क्रेगी र खादा साथम लण्डन इकाईको लोगो रहित मायाको चिनो अर्पण गरेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रममा गत मे महिना वेलायतको स्थानीय निर्बाचनमा लण्डन बरोअफ बार्नेटबाट काऊन्सिलर पदमा अत्याधिक मतका साथ निर्वाचित हुनु भएका लण्डन इकाईका प्रमुख सल्लाहकार तथा काउन्सीलर लक्ष्य बहादुर गुरुङ, वेलायत भ्रमणमा रहेका दुई समाजसेवी अथिति द्बय गंगा बहादुर गुरुङ, पुष्पा माया गुरुङलाई पनि बधाई तथा सम्मान गरेका थिए।
कार्यक्रममा समाजसेवी ओम गुरुङले पस गाउँको प्रकृतिक सौन्दर्य गाउँको गुरुङ सम्पदा र संस्कृतिलाई प्रवर्द्बनको लागि नेपालको पर्यटन क्षेत्रसॅंग जोड्दै आज भन्दा २६ बर्ष पहिलर् पस गाउँमा होमस्टेसाथै गाउँलाई सडक निर्माण मोटरबाटोमा जोड्न महत्वपूर्ण भूमीकाको साथ अग्रसर भएर लाग्दै प्रशंसनीय कार्यको पनि उनको परिचयसॅंग अनिवार्य रहेको लण्डन इकाईका महासचिस रक गुरुङले बताए । नेपालका राष्ट्रिय कलाकार तमु कलाकार संघ नेपालका संस्थापक अध्यक्ष, नेपाल राष्ट्रपतीबाट विभूषीत राजु गुरुङ, लोक दोहोरी,सालैजो गीतका सर्जक गायीका शर्मीला गुरुङ, कौडा गीतका सर्जक (कौडा किङ्ग) दुर्गा गुरुङले नेपाली लोक तथा गुरुङ कला र नेपाली लोक संस्कृतिको जगेर्नाको लागि अग्रसर भएर कलाकारिताको क्षेत्रबाट पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थाको तर्फबाट स्वागत तथा सम्मान गर्न पाउँदा तमु धीं लण्डन इकाई परिवार गौरवान्वित भएको लण्डन इकाईका अध्यक्ष भरत गुरुङले बताए ।
संस्थाको अनुरोधलाई स्विकार्दै ऊपस्थित भईदिनुहुने सम्पूर्ण अग्रज तथा समाजसेवी इकाईका आमा समुह दिदिबहिनीहरु,पदाधिकारी एवं सदस्य सबैलाई धन्यवाद ब्यक्त गरे ।
ऊक्त साँझ लण्डन इकाईका सक्रिय पदाधिकारी आमा समुह कोषाध्यक्ष एवं तमु धीं यूके सांस्कृतिक सचिव गुडु गुरुङ (पार्वती) ले संयोजक गरेको कौडा किङ्ग दुर्गा गुरुङ एकल साँझमा लण्डन इकाईका ५० जना पदाधिकारी तथा सदस्यहरुरको उल्लासमय ऊपस्थितिले एकल साँझको सांगीतीक माहोल थप ऊत्साहले भरिएको थियो ।
तनहुँ चण्डीका लाल अमर बालगृह अनाथालयलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको एकल साँझ कार्यक्रममा इकाईका अध्यक्ष भरत कुमार गुरुङ र प्रथम महिला सृजना गुरुङले स्वर्गीय बुबा (ससुरा) चन्द्रबहादुर गुरुङको सम्झनामा ५० हजार रुपैयाँ, आमा समुहकी अध्यक्ष देवकला गुरुङ र ईश्वर गुरुङको तर्फबाट स्वर्गीय बुबा (ससुरा) हनेरी लेप्टेन लाल बहादुर गुरुङको नामबाट ५० हजार रुपैयाँ अर्पण गरेका थिए ।
साथमा लण्डन इकाईको तर्फबाट उपस्थित सम्पूर्ण पदाधिकारी सदस्यहरुले स्वईच्छाले अनिवार्य आर्थीक सहयोग गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा उपस्थित, संस्थाका प्रमुख संरक्षक खुशीमान गुरुङ, तमुधीं यूकेका प्रथम महिला उपाध्यक्ष डिलमाया गुरुङ, NRNAUK का प्रुखक संरक्षक लण्डन इकाईका पूर्व अध्यक्ष एवं ट्रष्टिज दिपक गुरुङ (डेबिड), सोंपाल समाज यूकेका अध्यक्ष जगदिश गुरुङ, काउन्सिलर लक्ष्य बहादुर गुरुङ, CBTSUK का संस्थापक अध्यक्ष TDLEका ट्रष्टिज ले.रि.नारायण प्रसाद गुरुङ(BEM), तनहॅुं समाज यूकेका अध्यक्ष शान्त बहादुर गुरुङ, सोंपाल समाज यूकेका पूर्व अध्यक्ष एवं इकाईका ट्रष्टिज क्य.रि.प्रेम बहादुर गुरुङ, रुम्जाटार यूकेका निबर्तमान अध्यक्ष धन बहादुर गुरुङ, ट्रष्टिज कमला गुरुङ, BGNAUK पूर्व अध्यक्ष देउ बहादुर गुरुङ, चार भन्ज्याङ्ग यूकेका निबर्तमान अध्यक्ष बेन कुमार गुरुङ, रेडिङ तमु समाजका पूर्व अध्यक्ष ओमेन्द्र गुरुङ, तमुधीं यूकेका सल्लाहकार श्रीप्रसाद गुरुङ, नातागोता परिवार यूकेका अध्यक्ष धनकाजी गुरुङ, इकाईका ट्रष्टिज पूर्व आमा समुह अध्यक्ष समाजसेवी हुम कुमारी गुरुङ, पैकीं लामा (लामा) परिवार यूकेका संस्थापक चेलेवेटी प्रमुख बिनु गुरुङ, बोर्नटोक नेपाली समाज यूकेका महासचिव हेलिसा गुरुङलगायत धेरैभदा धेरै सदस्यहरुको उपस्थिति रहेको अतिथि स्वागत तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।